विकासन्युज

बेलकोटगढी नगरपालिकामा रु १० करोड पूरक बजेट

काठमाडौं । नुवाकोटकाे बेलकोटगढी नगरपालिकाले रु १० करोड पूरक बजेट विनियोजन गरेको छ । चौथो नगरसभाले नगरपालिकाभित्र आवश्यक योजना सञ्चालनका लागि रु १० करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिएका छन् । वडाध्यक्ष लोहनीका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, विभिन्न पाँच वटा वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ । नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन, २०७५ र घर निर्माण आचार संहिता सम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाको भनाइ रहेको छ । रासस

विपक्षीको अन्तर्राष्ट्रिय सहायता आउने पुललाई भेनेजुएलाले गर्‍यो बन्द

काठमाडौं। भेनेजुएला सरकारले विदेशी सहायता आउने मुख्य नाकालाई बन्द गरेको छ । राष्ट्रपति निकोलस मदुरोको नेतृत्वमा भेनेजुएला सरकारले कोलम्बियासँग जोडिएको भेनेजुएलाको पुललाई बन्द गरेको हो। कोलम्बियाका अधिकारीहरुले भेनेजुएलाको यो कदमले विपक्षीहरको मानवीय सहायताको रोकिने दाबी गरेका छन् । सीएनएनले सार्वजनिक गरेको एक तस्विरमा पुलमा सुन्तला रंगको तेलको ट्यान्कर र दुई ठूला नीला कन्टेनरहरू कुकुटा, कोलम्बिया र भेनेजुएला जोड्ने ३ लेनको पुलमा राखिएको छ। क्यूकुटालाई अन्तर्राष्ट्रिय मानवअधिकार सहायताको लागि भेनेजुएलाको विपक्षी नेता र भेनेजुएलाका स्वोघोसित राष्ट्रपति जुआन गुआईडोले भेनेजुएलामा सहायताको अपिल गरेका थिए । मडुरोले भने, हामी माग्न होइनौं भन्दै अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरिसकेका छन्। कोलम्बियाका एक प्रवक्ता जुआन काईकेडोले पुल भेनेजुएलाको सेनाले पुल मंगलबार नै बन्द गरेको बताएका छन्।

एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार सम्बन्धि सम्झौता

काठमाडौं । एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभरि हाल ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

नेपाल बैंकका सबै प्रादेशिक कार्यालय सञ्चालनमा

काठमाडौं । नेपाल बैंकले  ७ प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको छ । स्मरण रहोस्,वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैक लिमिटेड्ले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा उपलव्ध गराउंदै आएको छ ।

जनता बैंकको नाफा ९६ प्रतिशतले वृद्धि

काठमाडौं । जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा २६ करोडले बढाएर ५३ करोड पुर्याएको हो । बैंकले १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ । जनता बैंकले पछिल्लो ३ महिनामा ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा ६८ अर्ब पुर्याएको हो । असोज मसान्तमा ५८ अर्ब रहेको कर्जा लगानी पनि पुसमा बढाएर ६३ अर्ब पुर्याएको छ । जनताको सिसिडी रेसियो ७८.९८ प्रतिशत रहेको छ । ८ अर्ब चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा ३ अर्ब रुपैंयाँ रहेको छ । जनताको कस्ट अफ फण्ड ७.८० प्रतिशत छ भने आधार ब्याज दर ११.०४ प्रतिशत छ । १.५३ प्रतिशत खराब कर्जा रहेको बैंकको स्प्रेड दर ४.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ रहेको छ ।

नविलको एक नम्बर खोसियो, २ अर्ब १७ करोड नाफा कमाउँदै राष्ट्रिय बाणिज्य बैंक बन्यो पहिलो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब १७ करोड नाफा कमाएको छ । पुर्ण सरकारी स्वामित्वको बाणिज्य बैंकले २०७५ पुस मसान्तसम्म सबै भन्दा धेरै कमाउने बैंकका रुपमा नविल बैंकलाई उछिनेको छ । नविल बैंकले २ अर्ब ४ करोड नाफा कमाएको थियो । बाणिज्य बैंकले निक्षेप। कर्जा लगानीमा पनि नविललाई उछिनेको छ । बाणिज्यले १ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १३४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो पनि ६९.२४ प्रतिशत मात्रै रहेको छ । बैंकले ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले असोज मसान्तपछि मात्रै १३ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ । बैंकको कस्ट अफ फण्ड ३.०१ प्रतिशत छ भने खराब कर्जा ३.४० प्रतिशत छ । आधार ब्याजदर ५.६० प्रतिशत रहँदा प्रति सेयर आम्दानी ५३.५३ रुपैंयाँ रहेको छ ।

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । २०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो । मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

युनाइटेड ट्रेडर्सले सार्वजनिक गर्यो टोयोटा ड्रिम कार कन्टेस्टका विजेताको नाम

काठमाडौँ । टोयटाको नेपालकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले टोयोटा ड्रिम कार राष्ट्रिय प्रतियोगिताको बिजेताको नाम सार्वजनिकसमारोहको आयोजना गरेको छ । २०१८ नोभेम्बर २०१८ देखि २०१९ फेब्रुअरीसम्म संचालित सो प्रतियोगितामा ९०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रवेश भएका सहभागीहरु मध्ये हरेक चरणका ३ उत्कृष्ट बिजेताहरुलाई छनौट गरि जापानमा हुन गइ रहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको कम्पनीले जनाएको छ । प्रतियोगिताले विश्वव्यापक रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाई चित्रण गरी भबिष्यको सवारी उत्पादनमा नयाँ स्वोरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो । हरेक आविष्कार सपनाको अद्भुत स्वरुप हो (एभ्री ग्रेट आइडिया वाज बोर्न इन दि ग्लिमर अफ अ ड्रिम), यस मूल मन्त्रलाई आत्मसाथ गरी टोयोटाले आफ्नो हरेक उत्पादनलाई नयाँ उचाइ तर्फ लग्ने र यस्ता प्रतियोगिताले अझ आउने पिढीलाई प्रोत्शाहन र प्रेरणा गर्नेमा टोयोटा बिश्वस्त रहेको जनाइएको छ ।