किसानको ‘डियुरास्ट्रिम’ सिपिभिसी पाइप नेपाली बजारमा, ५० वर्षको ग्यारेण्टी
काठमाडौं । किसान पाइप प्रडक्ट्स प्रालीले ‘किसान डियुरास्ट्रिम’ नामक नयाँ सिपिभिसी पाइप नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ उत्पादन उक्त सिपिभिसी पाइप बजारमा सार्वजनिक गरेको हो । जापानको विश्व प्रसिद्ध सिक्वीसी कम्पनीले सिपिभिसी उत्पादन डियुरास्ट्रिम नेपाली साझेदारीका रुपमा सिपिभिसी पाइप उत्पादन शुरु गरेको हो । जापानीज कम्पनीबाट आयातित कच्चा पदार्थ तथा जापानी प्रविधि र गुणस्तरका मापदण्डलाई पालना गरी यस सिपिभीसी पाइपको उत्पादन भएको हो । किसानले यस अघि बजारमा पुर्याएका सबै उत्पादनहरुले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । साथै, सिपिभिसीले निकट भविष्यमै नेपाल गुणस्तर चिन्ह(एनएस) प्राप्त गर्ने प्रतिवद्धता रहेको कम्पनीका अध्यक्ष विष्णु पाण्डेले बताएका छन् । बजारमा सजिलै पाइने यस पाइपमा ५० वर्षको ग्यारेण्टी रहेको कम्पनीले जनाएको छ । ०.५ इन्चदेखि २ इन्च साइजमा यी सिपिभिसी पाइप उपलब्ध छन् । साथै, किसानले सिपिभिसी फिटिङ्सका सामान पनि उपलब्ध गर्दै आएको छ । नवलपरासीको बर्दघाटमा आफ्नो उद्योग रहेको किसान पाइपले उपभोक्ताको माग अनुसारको उत्पादनहरुका साथै सिपिभिसी फिटिङ्सका सामान पनि उपलब्ध गराउँदै आएको छ । त्यस्तै, कम्पनीका अनुसार यस किसानले वार्षिक करोडौंको व्यवसाय गर्दै आएको छ । साथै, यसलाई आगामी दिनसम्म निरन्तर साथ दिईरहने प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले बताएका छन् ।
झापाको भृकुटीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा, कार्कीले पाए पीओएस मेसिन
काठमाडौं । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भृकुटीमा ३९औं शाखारहित बैंकिङ्ग सेवाको शुरु गरेको छ । उक्त शाखाको उद्घाटन ज्येष्ठ नागरिक सेवा समीतिको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले एक समारोहकाबीच गरेका हुन् । सो समारोहमा ठाकुरप्रसाद शिवाकोटी र पुर्णबहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल(पीओएस) मेसिन हस्तान्तरण गरेका छन् । हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीए मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना गरेको छ ।
एन्टीबायोटिक्सको जथाभावी प्रयोगले रोगहरुमा यसको प्रभाव घट्दै, करोडौं मानिसको मृत्यु हुने
काठमाडौं। जथाभवी एन्टीबायोटिक्सको प्रयोगले विभिन्न रोगमाथि औषधीको प्रभाव घट्दै गएको पाईएको छ । आईतबार विश्व एन्टीबायोटिक्स सप्ताहको अवसरमा शुक्रराज ट्रपिकलका निर्दशक बासुदेव पान्डेले यस्तो बताएका हुन् । एन्टीबायोटिक्स ब्याक्टेरियाको कारण हुने संक्रमण वा रोगलाई निको पार्न प्रयोगमा राख्ने औषधीहरुको समुह हो । यसको विकास भएसँगै संक्रमण रोगहरुबाट मानिसको मृत्युदरमा कमि आएको थियो। मानिस, जिवजन्तु र वनस्पतिमा हुने संक्रमण रोगहरुमा प्रयोग गरिदैं आएको छ । पछिल्लो समयमा एन्टिबायोटिकको दुरुपयोगको कारण एन्टीबायोटिक्सले काम गर्न छाडेको छ। विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रयोग हुँदा ब्याक्टेरियाले दिने प्रतिकृयाबाट रेसिस्टेन्स हुने जनाएको छ। विश्व स्वास्थ्य संगठनले एन्टीबायोटिक्स काम गर्न छाडेमा सन् २०५० पछि प्रतिवर्ष ब्याक्टेरियाको कारणबाट हुने संक्रमणबाट विश्वमा एक करोड मानिसको मृत्यु हुने अनुमान गरेको छ। पहिला प्रभावकारी भएको एन्टीबायोटिक्सले अब त्यहीँ ब्याक्टेरियामा काम गर्न नसक्ने अवस्था आईसकेको छ। ब्याक्टेरियाले एन्टीबायोटिक्ससँग लड्ने क्षमता बिकास गरिसकेको छ। जसलाई एन्टीबायोटिक्स रेसिस्ट्यान्स भनिन्छ। ब्याक्टेरियाले नयाँ क्षमता वृद्धि गरी एन्टिबायोटिकलाई व्य्वस्थापन गर्दैछ। यसको जथाभावी प्रयोगले ब्याक्टेरियाले आफ्नो क्षमता बढाउँदै गएको विभिन्न अनुसन्धानहरुले देखाएको छ । नेपालकै अस्पतालहरुमा आईसियुमा गरिएको अनुसन्धानमे पनि कतिपय एन्टीबायोटिक्सले काम गर्न छाडिसकेको छ । चिकित्सकको सिफारिस बिना एन्टीबायोटिक्स प्रयोग गर्न नपाईने कानुनी व्यवस्था भएपनि नेपालमा यसको जथाभावी प्रयोग भने रोकिएको छैन। विश्व स्वास्थ्य संगठनले स्पस्टसँग भनेको छ, ‘एन्टीबायोटिक्स रेसिस्ट्यान्स त्यो बेला हुन्छ जब ब्याक्टेरियाले एन्टिबायोटिकको प्रयोग हुँदा प्रतिकृया दिन्छ।’ खेतिपाती गरिएको जमिन मा किटाणु, किरा, फट्याङग्राले सब्जी बालिको नाश नगरुन् भन्ने आशयले किटनाशर्क एन्टीबायोटिक्सको प्रयोग गरिन्छ तर जथाभावी ढंगले तिनिहरुको प्रयोग हुँदा एन्टीबायोटिक्स रेसिस्ट्यान्सको झनै वृद्धि भएको छ । केन्द्रीय पशु चिकित्सा प्रयोगशालाका पशुपन्छी विशेषज्ञ तुल्सी राम भन्छन् ’यदी यही क्रममा एन्टीबायोटिक्सले पशुपन्छीमा काम गर्न छाडे करिब ३ करोड मानिसहरु गरीबीको रेखा मुनिपर्ने पर्नेछन्। ’ एन्टीबायोटिक्सको जथाभावी प्रयोगको प्रभावबाट समयमानै प्रत्येक जिवलाई नबचाए वातवरनिय सन्तुलन बिग्रिएर सबैलाई असर पर्ने विज्ञहरु बताउँछन्।
मनकामना दर्शनले २१औं वार्षिकोत्सव मनायो
काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो २१औं वार्षिकोत्सव एक कार्यक्रम को आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो । कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो । उक्त लक्की ड्र मार्फत प्रथम पुरस्कार एल्जी ४३ ईन्च टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९ त्यसै गरी दितीय पुरस्कार एल्जी ३२ ईन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ्ग स्मार्ट फोन टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो । विसं. २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउँदै आएको छ ।
अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वाेच्चकाे आदेश
काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएका बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतले सोमबार श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले उनलाई एक कराेड रूपैंया धराैटीमा छाड्न आदेश दिएको हो । उनीसँगै बैंक अफ काठमाण्डूका अर्का कर्मचारी किरण कुमार बोहोरालाई पनि छाड्न आदेश दिइएको छ । श्रेष्ठलाई पाटन जिल्ला अदालतले गत असोज १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेशलाई सर्वोच्चले उल्ट्याएको हो । मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको निरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो । बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठलाई पक्राउ गरेको थियो । सो ऋण प्रवाहमा कर्मचारीहरुको मिलेमतो देखिएपछि सीआईबीले बैंकका अन्य ५ जना कर्मचारीहरुलाई समेत पक्राउ गरेको हो जसमध्ये ३ जना हाल बैंकमा कार्यरत रहेको बैंकले जनाएको छ । ५ करोड रुपैंयाको ऋण स्वीकृतिमा तात्कालिन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठकै हस्ताक्षर थियो । सोही कारण उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । तर हस्ताक्षर गरेका सबै फाइलका आधारमा बैंकरलाई पक्राउ गर्ने हो भने कोही बैंकर पनि बाँकी नरहने भन्दै बैंकरहरुले श्रेष्ठलाई पक्राउ नगर्न आग्रह गरेका थिए ।
नलगाड जलविद्युत् आयोजना प्रभावितको प्रश्नः हाम्रो अपनत्व खोई ?
काठमाडाैं । जाजरकोट जिल्लामा आयोजना स्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय महत्वमा समावेश छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा सहयोग उपलब्ध गराउन जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरिसकेको छ । सो आयोजनामा लगानीका लागि जापानी व्यवसायी एवम् जाइकाले समेत इच्छा व्यक्त गरेको छ । सरकारले आयोजना प्रभावित ६५७ घरपरिवारलाई दुई अर्ब ७२ करोड रूपैयाँ मुआब्जा बाँड्ने तयारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत भदौ ३१ गते सार्वजनिक सूचनामार्फत आयोजना प्रभावितका लागि मुआब्जा लिन आउन आग्रह गरेको थियो । हाल आयोजनाको विस्तृत परियोजनना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समेत आयोजना प्रभावितलाई मुआब्जा वितरण गरी निर्माण शुरु गर्ने कार्यक्रम समावेश गरिएको छ । प्रदेशगत सन्तुलन एवम् ऊर्जाको माग र आपूर्ति मिलाउनका लागि सरकारले सो आयोजना निर्माण गर्न लागेको हो । शुरुमा कूल ४१० मेगावाट क्षमतामा निर्माण गर्ने भनिएको आयोजनाको हाल सात मेगावाटले वृद्धि भई ४१७ पुगेको छ । डिपिआर सकिएलगत्तै सरकारले आयोजना निर्माणको काम शुरु गर्ने तयारीसमेत गरेको छ । डिपिआरको काम चलिरहेको बेला आयोजनाले पार्ने वातावरणीय प्रभावलगायतका विषयमा आज आयोजित कार्यक्रमका वक्ताले आयोजना जाजरकोटका लागि मात्रै नभई समग्र कर्णाली प्रदेशका लागिसमेत महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने भएकाले शुरुआती चरणमा नै विशेष ध्यान दिन आग्रह गरेका थिए । उनीहरुले आयोजनाले पार्ने वातावरणीय एवम् जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिए । आयोजनाको जलाशयले माथिल्लो तटीय क्षेत्र ५६९ वर्ग किलोमिटरमा फैलिएको छ भने जम्मा तटीय क्षेत्र तल्लो क्षेत्रसहित ६७७ वर्ग किलोमिटर रहेको छ । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवम् रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ । आयोजना निर्माणका लागि ६ वर्ष ६ महिना लाग्ने अनुमान छ । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार आयोजनामा २१० मिटर अग्लो र ५४५ मिटर चौडाइको जलाशय हुनेछ । पानी पूर्णरुपमा भरिँदा चार अर्ब ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आयोजनाले नलगाड नगरपालिका-५ र ७, बारेकोट गाँउपालिका-१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । छलफलमा कर्णाली प्रदेशसभाका सदस्य गणेशप्रसाद सिंहले प्रभावित क्षेत्रका नागरिकको व्यवस्थापन गर्नुपर्ने, जल, जङ्गल र जमिनको उचित संरक्षण गर्नुपर्नेमा जोड दिए । “आयोजना निर्माण हुने खबरले जाजरकोटवासीलाई मात्रै होइन, समग्र कर्णाली प्रदेशलाई समेत फाइदा हुने भएकाले आयोजना प्रभावित क्षेत्रको उचित माग सम्बोधन गरिनुपर्छ”, उनले भने। कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले आयोजना प्रभावित क्षेत्रका महिला, बालबालिका, अल्पसङ्ख्यक समुदायको विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कर्णाली प्रदेश सरकारलाई विशेष रुपमा सहभागी गराउन आग्रह गरे । नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वातवरणीय प्रभाव मूल्याङ्कनले आयोजना प्रभावित तथा आसपासको क्षेत्रको समग्र विवरण नआएको गुनासो गरे । “विश्वको दुर्लभ रेडपाण्डा, तिरकालिज, सुनगिद्ध, पानीओत, फलाम र तामाखानी, शिलाजीत, कस्तुरीलगायतका बहुउपयोगी सामग्री ती स्थानमा पाइन्छन् तर प्रतिवेदनले ती विषयलाई छुटाएको छ”, उनले भने । नगरप्रमुख रावलले स्थानीयवासीलाई आवश्यकताका आधारमा भन्दा पनि चाहे जति शेयर दिने व्यवस्था गर्न माग गरेका छन् । सरकारले आयोजना प्रभावितलाई १० प्रतिशत शेयर दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ । बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले प्रभावित क्षेत्रका जनताको स्थायी बसोबासको सुनिश्चितता गर्दै स्थानीय जनतालाई आयोजना आफ्नो हो भन्ने विश्वास दिलाउनु पर्ने बताए । “स्थानीयवासीले आयोजनामा अपनत्व महसुस नगर्दा समस्या आउन सक्छ, अहिलेदेखि नै त्यसमा विशेष ध्यान दिनु जरुरी छ । आयोजना प्रभावित क्षेत्रमध्ये केही छुटे कि भन्ने मेरो बुझाइ छ । त्यसलाई सम्बोधन गरियोस्”, उनले भने । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रभावित क्षेत्रमा अवाञ्छित गतिविधि भएको जानकारी आफूले पाएको भन्दै त्यसलाई समयमै नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, “सरकारले दिने मुआब्जामा आयोजना प्रभावित नागरिकको समान हिस्सा रहन्छ तर केहीले अनावश्यक गतिविधि गरेको भन्ने जानकारी आएको छ । यसलाई नियन्त्रण गर्न सरकारका तर्फबाट मैले पनि पहल गर्छु, आयोजनाले पनि त्यसमा ध्यान देओस् ।” आयोजना निर्माण हुने खबरसँगै केही टाठाबाठाले प्रभावित क्षेत्रमा जग्गा जमिन खरिद गरेको र स्थायी संरचनासमेत खडा गरेको भन्दै स्थानीयवासीले यसअघि नै विरोध गरिसकेका थिए । उनीहरुले स्थानीयवासी आयोजनाबाट लाभ लिन नसक्ने र केहीले भने बढी लाभ लिने अवस्था आएकामा सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । सोही सन्दर्भ जोड्दै मन्त्री बस्नेतले को स्थानीयवासी हो, को होइन भन्ने छुट्याउने दायित्व जिल्ला प्रशासन कार्यालय र आयोजनाको भएको स्मरण गराए । “गलत काम गर्ने कोही कसैले पनि छुट पाउनुहुन्न, स्थानीय प्रभावितले आयोजनामा अपनत्व महसुस गर्नु पाउनुपर्छ”, मन्त्री बस्नेतले भने । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम समयमै सम्पन्न गरेर पठाउने भन्दै उनले कोही कसैले पनि कुनै पनि बहानामा ढिलाइ नगर्न आग्रह गरे । उनले भने, “आजको छलफलका क्रममा उठेका जायज विषयलाई समेटेर प्रतिवेदन तयार हुने र मन्त्रालयमा प्राप्त भएको ४५ दिन भित्रै स्वीकृत गरेर पठाइन्छ । हाम्रो स्पिरिट अनुसार काम गर्नुस् ।” रासस
गरिमा विकास बैंकको बार्षिकोत्सवमा ११स्थानमा रक्तदान कार्यक्रम
काठमाडौं । गरिमा विकास बैंकले १३औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम समापन भएको छ । स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो । उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६गतेसम्म गरिमा विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको जानकारी दिएको छ ।
सिजीले सम्पन्न गर्यो दोस्रो चरणको लक्की–ड्र, तीन जोडीले पाए थाइल्याण्ड जाने अवसर
काठमाडौं । नेपालको नं १ ब्राण्ड सिजीले “सिजीसंग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग” नामक स्किमको दोस्रो चरणको लक्की ड्र सम्पन्न भएको छ । जसमार्फत तीन जना भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका छन् । मंसिर ६ गते गरीएको लक्की-ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्दबहादुर शेन र रुपन्देहिका धनपति न्यौपानेले उक्त अवसर पाएका हुन् । उक्त स्किमको दोस्रो चरणको लक्की-ड्र सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वर स्थित सोरुममा सम्पन्न गरेको छ । यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । भाद्र २० गते देखि लागु गरीएको यो योजनासीमित अवधिको लागि लागु गरिएको थियो ।