मनकामना दर्शनले २१औं वार्षिकोत्सव मनायो

<p>काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो २१औं वार्षिकोत्सव एक कार्यक्रम को आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो । कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको [&hellip;]</p>

काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो २१औं वार्षिकोत्सव एक कार्यक्रम को आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।

कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरियो । साथै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो ।

उक्त लक्की ड्र मार्फत प्रथम पुरस्कार एल्जी ४३ ईन्च टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९ त्यसै गरी दितीय पुरस्कार एल्जी ३२ ईन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ्ग स्मार्ट फोन टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो ।

विसं. २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउँदै आएको छ ।

Share News