सिजीले सम्पन्न गर्यो दोस्रो चरणको लक्की–ड्र, तीन जोडीले पाए थाइल्याण्ड जाने अवसर

<p>काठमाडौं । नेपालको नं १ ब्राण्ड सिजीले “सिजीसंग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग” नामक स्किमको दोस्रो चरणको लक्की ड्र सम्पन्न भएको छ । जसमार्फत तीन जना भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका छन् । मंसिर ६ गते गरीएको लक्की-ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्दबहादुर शेन र रुपन्देहिका धनपति न्यौपानेले उक्त अवसर पाएका हुन् । उक्त [&hellip;]</p>

काठमाडौं । नेपालको नं १ ब्राण्ड सिजीले “सिजीसंग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग” नामक स्किमको दोस्रो चरणको लक्की ड्र सम्पन्न भएको छ । जसमार्फत तीन जना भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका छन् ।

मंसिर ६ गते गरीएको लक्की-ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्दबहादुर शेन र रुपन्देहिका धनपति न्यौपानेले उक्त अवसर पाएका हुन् ।

उक्त स्किमको दोस्रो चरणको लक्की-ड्र सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वर स्थित सोरुममा सम्पन्न गरेको छ । यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । भाद्र २० गते देखि लागु गरीएको यो योजनासीमित अवधिको लागि लागु गरिएको थियो ।

Share News