अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वाेच्चकाे आदेश

<p>काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएका बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतले सोमबार श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले उनलाई एक कराेड रूपैंया धराैटीमा छाड्न आदेश दिएको हो । उनीसँगै बैंक अफ काठमाण्डूका अर्का कर्मचारी किरण कुमार बोहोरालाई [&hellip;]</p>

काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएका बैंकर अजय श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतले सोमबार श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले उनलाई एक कराेड रूपैंया धराैटीमा छाड्न आदेश दिएको हो । उनीसँगै बैंक अफ काठमाण्डूका अर्का कर्मचारी किरण कुमार बोहोरालाई पनि छाड्न आदेश दिइएको छ ।

श्रेष्ठलाई पाटन जिल्ला अदालतले गत असोज १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेशलाई सर्वोच्चले उल्ट्याएको हो ।

मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको निरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो ।

बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठलाई पक्राउ गरेको थियो । सो ऋण प्रवाहमा कर्मचारीहरुको मिलेमतो देखिएपछि सीआईबीले बैंकका अन्य ५ जना कर्मचारीहरुलाई समेत पक्राउ गरेको हो जसमध्ये ३ जना हाल बैंकमा कार्यरत रहेको बैंकले जनाएको छ । ५ करोड रुपैंयाको ऋण स्वीकृतिमा तात्कालिन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठकै हस्ताक्षर थियो । सोही कारण उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

तर हस्ताक्षर गरेका सबै फाइलका आधारमा बैंकरलाई पक्राउ गर्ने हो भने कोही बैंकर पनि बाँकी नरहने भन्दै बैंकरहरुले श्रेष्ठलाई पक्राउ नगर्न आग्रह गरेका थिए ।

Share News