एक वर्षमा १४८ वटा व्यवसायीको मुद्दा विभागमा
काठमाडौं । एक वर्षको अवधिमा एक सय ४८ वटा व्यवसायीको मुद्दा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयमा आएका छन् । गत वर्षको दुषित, न्यून गुणस्तर, लेवल तथा नियम उलघंन गरेका अधिकांश तेल तथा पानी व्यवसायी रहेका छन् । विभागमा सबैभन्दा बढी वारा जिल्लाका व्यवसायीमा मुद्रा परेको छ । काठमाडौं उपत्यकामा तीन जिल्ला मध्य ललितपुर जिल्लाबाट कुनै मुद्दा परेको छैनन् । पछिल्लो समय खाद्य वस्तुमा देखिएको मिसावट र सम्बन्धित व्यवसायीले नीति उलंघन गरेसँगै गतवर्ष मात्र एक सय ४८ वटा व्यवसायमाथि मुद्दा परेको छ । खाद्यन्न तथा दैनिक जीवनमा आवश्यक पर्ने पानीमा पनि मिसावट तथा गुणस्तरहिन वस्तुको बढ्दो प्रयोगसँगै मानव स्वास्थ्यमा प्रभाव परेको छ । पछिल्लो समय अखाद्य वस्तुलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाका साथ बजार अनुगमनलाई निरन्तरता दिंदै आएको छ । जसमा वारामा ३३ वटा सबै भन्दा बढि छ भने त्यस्तै चितवनमा ३०, मोरङ्गमा २४, पर्सा ११, काठमाडौंमा १२, झापामा सातवाट मुद्दा दर्ता भएका छन् । मकवानपुर, सिराहा, भक्तपुर, बाँके, तनँहु, काभ्रेको पनि ४/४ वटा मुद्दा रहेका छन् । त्यस्तै कास्कीको तीन र नवलपरासी, बाग्लुङ्ग, नुवाकोट, कैलालीबाट १/१ मुद्दा दर्ता भएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । बारा जिल्लाका अधिकांश दर्ता भएका मुद्दाहरु न्यून गुणस्तर भएका तेल तथा घ्यू र दूषित कुखुराको दाना व्यवसायी परेका छन् । उपत्यका बाहिर नै अधिकांश चितवन, मोरङ् रहेका छन् । खाद्य उत्पादनको भण्डारको रुपमा रहेका जिल्ला बढिरहेको तथ्यांकमा प्रष्ट रहेको छ । तयारी दालमोठ, चाउचाउदेखि मह, चुकअमिलो, जिरा, खुर्सानीको धुलो व्यवसायी माथि पनि मुद्दा परेको छ । पछिल्लो समय खाद्य सामाग्री प्रतिको लापरबाही बढ्दै गएको छ । मानव जीवनमा जोडिएर खाद्यन्न व्यवसायीको गलत नियतका कारण स्वास्थ्य असर पुराएको छ । बजारमा पाइने सबै प्रकारका खाद्यन्न वस्तुप्रति उपभोक्ताको विश्वास घट्दै आएको छ । वातावरणमा बढ्दो प्रदूषण, रासायनिक मलको उच्च प्रयोग गरेसँगै बजारमा पाइने तरकारी तथा अन्य खाद्य सामाग्री प्रति विश्वास घटेको हो ।
एफटेक मोटरसाईकलको तीन वटा मोडल नेपाली बजारमा, यस्तो छ सुरुवाती मूल्य
काठमाडौं । एफटेक मोटर्स इण्डिया प्रा.लि. ले आफ्नो उत्पादन एफटेक ब्राण्ड माटरसाईकलको तीन वटा मोडलहरु नेपाली बजारमा ल्याएको छ । भारत सरकारको ‘मेक इन इन्डिया’ को अभियान अन्तर्गत आएको मोटरसाईकल उत्पादक यस कम्पनीले टर्बो, नाइट राईडर र स्कोर्पियन गरी तीनवटा मोडल नेपाल भित्र्याएको हो । टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ र नाईट राईडर तथा स्कोर्पियन मोडलको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । विभिन्न आकर्षक फिचरहरु रहेको यस बाइकमा १७० सीसीको शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ्ग सिस्टम, उच्च माईलेज (४५ कि.मी. प्रतिलिटर), ठूलो इन्धन ट्यांकी (२० लिटर), अतिरिक्त सुरक्षाको लागि साइड स्ट्याण्ड सेन्सर आदि रहेको छ । एफटेक मोटर्स इण्डियाले आफ्ना उत्पादन मोटरसाईकलहरु नेपालभर बिक्री वितरण गर्न म्याक्स भिजन लिमिटेडलाई एकमात्र आधिकारिक बिक्रेता नियुक्त गरेको छ । यस कम्पनीले नेपालभर डिलरहरुको सञ्जाल विस्तार गर्ने लक्ष राखेको छ । म्याक्स भिजन लिमिटेड विगतको एक दशकदेखि नेपालको अटोमोबाईल क्षेत्रमा कार्यरत पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले निकट भविष्यमा १२५ सीसी, ११० सीसी, २५० सीसी तथा ३१० सीसीका मोटरसाईकलहरु, स्कुटरहरु तथा विद्युतीय मोटरसाईकलहरु पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने भएकाे हो । बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस
लुम्बिनीको ओडवलियामा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही जिल्लाको ओडवलियामा एनआईसी एशिया बैंकको नयाँ शाखा संचालन गरेको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा ४३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त भएका हुन् । ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य हुने बैंकले जनाएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहकले बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । त्यस्तै वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा संचालन गर्दै आएको छ ।
डिशहोमको सिनेमा घरमा चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुँदै, मंसिर १३ गतेदेखि शुरु
काठमाडौं । चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्य कलाकार दिपक राजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गतेदेखि प्रदर्शन हुने छ । डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमाबसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । यस सुुविधाअन्तर्गत संचालन भईरहेको सिनेमाघर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वाहलमा लागेको केहि समयपछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँदिन मनाउने तयारीमा रहेको छ ।
गोरखकाली रबरलाई मन्त्रालयले ३० करोड दिने, कर्मचारी तलबमा खर्चिदै
काठमाडाैं । लामो समयदेखि तलब नपाएर समस्यामा परेका गोरखकाली रबर उद्योगका कर्मचारीहरुले तलबवापत ३० करोड रुपैयाँ पाउने भएका छन् । कर्मचारीको चार वर्षदेखि रोकिएर रहेको तलबको केही रकम दोस्रो किस्तामार्फत पाउने जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अुनसार उनीहरुले तलबको दोस्रो किस्तामार्फत ३० करोड रुपैयाँ पाउने भएका हुन् । नेपालकै एकमात्र रबर उद्योग विगत चार वर्षदेखि पूर्ण रुपमा बन्द भएपछि त्यहाँका कर्मचारीहरुले विभिन्न आम हड्ताल गर्दै आएका थिए । तर तलब पाउन सकेका थिएनन् । पूँजीको अभावका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको कारण उद्योग बन्द भएको थियो । कर्मचारीहरुले पहिलो किस्तावापत ३० करोड रुपैयाँ प्राप्त गरिसकेका छन् । उनीहरुले पुनः दोस्रो किस्तावापत ३० करोड रुपैयाँ पाउने भएका छन् । मन्त्रालयले उद्योगका अवकाश प्राप्त कर्मचारीहरुको दोस्रो किस्ताको हर हिसाव भुक्तानी गर्ने सुचना समेत प्रकाशित गरिसकेको छ । उद्योग सञ्चालन भएको अवस्थामा कामको चापले फुर्सद नपाउने कर्मचारीहरु र मजदुरहरु पछिल्लो समय हाँजिर लगाएर घर जान थालेका थिए । २०४१ सालमा स्थापना भएको उद्योग सञ्चालनका लागि पटक पटक प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन । मन्त्रालयले उद्योगमा काम गर्ने कर्मचारी र मजदुरहरुको करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाइएको छ । ‘पहिलो किस्तावापत ३० करोड रुपैयाँ भुक्तानी भइसकेको छ’ स्रोतले भन्यो, अझै ३० करोड भुक्तानी गर्ने तयारी भइरहेको छ ।’ उद्योग बन्द हुने ताका उद्योगले करिब २ अर्ब नोक्सानी नाघेको जनाइएको थियो । उद्योगमा १ सय ३५ मजदुर र ९७ कर्मचारी कार्यरत थिए । उनीहरुले चार वर्षदेखि तलब नपाएको बताउँदै आएका थिए । हाल मन्त्रालयले जारी गरेको सुचनामा कर्मचारी र मजदुर गरी ३ सय २८ जनाको नामावली निकालेको छ । रबर उद्योग टायर उत्पादनभन्दा राजनीति गर्ने थलोका रुपमा विकास भएपछि उद्योगको अवसान हुन पुगेको आरोप जानकारहरुको छ । गण्डकी प्रदेशले पुनः उद्योग सञ्चालन गर्ने भनेपनि त्यसको कुनै सुनुवाइ छैन । उद्योगले २४ घण्टामा ६ सय २४ थान ट्रक टायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्थ्यो । [pdf id=181697]
मिस नेपाल श्रृंखलाको सपना पूरा, मकवानपुरमा बन्याे ङिकाे स्वास्थ्य चौकी
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफ्नो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो । मिस नेपाल खतिवडाको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ ताम्लाङमा ङिकाे स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको सहयोगमा भवन निर्माण पूरा भएको हो । इको प्यानलले भवन निर्माणका लागि आवश्यक इको प्यानल सहयोग गरेको हो । स्वास्थ्य चौकी भवनको उद्घाटन एक समारोहबीच संघीय साँंसद विरोध खतिवडाले गरे । कार्यक्रममा मिस नेपाल श्रंखलासहित प्रदेश सभा सदस्य ओमबहादुर घलान, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भवतती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायतले खुशी व्यक्त गरेका थिए ।
सरकारी छाप किर्ते मुद्दाका फरार कसुरदार पक्राउ
काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका फरार कसुरदार छविलाल तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको पत्र जाहेरीअनुसार कसुरदार चितवन कल्याणपुर घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २६ वर्षका छविलाल तामाङलाई मंसिर ५ गते रातोपुलबाट पक्राउ गरिएको हो । सरकारी छाप दस्तखत किर्ते मुद्दामा तामाङसमेत भएकाले १ वर्ष कैद फैसला भएको फरार कसुरदार सो दिन पक्राउ परेका हुन् । कसुरदार छविलाल तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएका थिए ।