चिनी मिलद्वारा उखुको मूल्य निर्धारण
कञ्चनपुर । बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो । सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ । मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए । उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले रु १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले जानकारी दिएका छन् । रासस
यस्ता छन् नेपालमा पाइने केटिएमका मोटरसाइकलहरु (मूल्य सहित)
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल मेनुफेक्चरिङ्ग कम्पनी केटिएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले केटिएमका १२५ सीसी देखि लिएर ३९० सीसी सम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा केटिएमका नेकेड र फेयर्ड गरी ६ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । कम्पनीका अनुसार यी मोटरसाइकलहरुको मूल्य चार लाख ५० हजार रुपैयाँ देखि लिएर आठ लाख ३० हजार रुपैयाँसम्म पर्दछ । त्यसैगरी, आरसि २०० मा बाहेक उपलब्ध अन्य सवै मोडेलहरुमा एबीएसको फिचर रहेको कम्पनीले जनाएको छ । केटिएमले पछिल्लो समयमा नेपाल भित्र्याएको मोडेल हो १२५ ड्युक । यसमा १२५ सीसी इञ्जिन समावेस छ र यो केटिएमको इन्ट्री लेभल मोटरसाइकलको रुपमा चिनिन्छ । केटिएमले अफरको रुपमा कुनै पनि बाइकको खरिदमा एउटा हेल्मेट उपलब्ध गराइरहेको छ । केटिएम आफ्नो पर्फमेन्स ओरियन्टेड मोटरसाइकलहरुको कारण चर्चित रहेको छ । त्यसैले, आफ्नो एग्रेशिभ र स्पोर्टी डिजाइनका कारण केटिएम युवा वर्गको रोजाइमा पर्न सफल भएको छ । हाल नेपालमा उपलब्ध भइरहेको केटिएमका मोटरसाइकलहरुका मूल्यसूची यस प्रकार रहेको छः
टेलिकमद्वारा डोटीमा फोरजी सिमकार्ड निःशुल्क वितरण
डोटी । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्क रूपमा अति द्रुतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो । सो कार्यालयले सूचना प्रकाशित गरी मंगलकारदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् । फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने जनाएको छ । सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्क रूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताएका छन् । उनले भने, “सबैले फोरजी सेवा लिन पाऊन् भन्ने उद्देश्यले पहिलो चरणमा निःशुल्क रुपमा सिम वितरण गर्न थालेका छौँ ।” यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ । रासस
सेञ्चुरी बैंक र ओम हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।
सञ्चार प्रविधिको सहायताबिना अब शिक्षण पद्धति नै अधुरो, सरकारद्वारा प्रतिविद्यालय साढे ६ लाख अनुदान
काठमाडौं । सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित विद्यार्थी झुम्मिन्थे । शिक्षकका लागि पनि यो नवीन विषय हुन्थ्यो तर अब शिक्षण पद्धतिमा सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य र सहज भइसकेको छ । मुलुकका बहुदलीय व्यवस्थाको पुनःस्थापना भएका बखत शहरी तथा सीमित सार्वजनिक र निजी विद्यालयमा देखिने यस्ता सञ्चारका साधन अहिले विस्तारित भएको छ । आधुनिकताको विकासक्रम, अभिभावक र विद्यार्थीको चेतनास्तर वृद्धि तथा यस क्षेत्रमा राज्यको बढ्दो चासो र लगानीका कारण सूचना तथा सञ्चार प्रविधिको सहायताविना शिक्षण पद्धति नै अधुरो हुने स्थिति निर्माण भइसकेको छ । सरकारले ‘सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि, २०७६’ जारी गरी हालसम्म यस्तो सुविधाबाट वञ्चितमध्ये एक हजार विद्यालयका लागि सञ्चार उपकरणका लागि अनुदान दिने नीति लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत कात्तिक २९ गते स्वीकृत गरेको सो कार्यविधिले सूचना तथा सञ्चारका लागि प्रतिविद्यालय रु छ लाख ५० हजारका दरले एकमुष्ट अनुदान दिने भनेको छ । सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट मानव संसाधनको विकास गर्नेतर्फ अवसर सिर्जना, विद्यालयको सुशासन प्रवद्र्धन, सूचना तथा सञ्चार प्रविधिमा विद्यार्थीको पहुँच वृद्धि, सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास एवं प्रवद्र्धन र विद्यालयमा इन्टरनेटसहितको आधारभूत सुविधा उपलब्ध गराउन सो कार्यविधि जारी गरिएको हो । सूचना तथा सञ्चार प्रविधिको विकासले विश्व नै एक गाउँमा परिणत भइसकेका सन्दर्भमा सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्नमा यसको महत्वपूर्ण भूमिका हुने ठानेर गुणस्तरीय शिक्षामा सहजता प्रदान गर्न कार्यविधि ल्याएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिएका छन् । विद्यालय शिक्षामा भएको लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न पनि यसले भूमिका खेल्नेछ । सार्वजनिक खरिद नियमावली तथा विद्यालय खरिद दिग्दर्शनानुसार प्रक्रिया पूरा गरी अनुदान पाउने विद्यालयले कम्तीमा कम्प्युटर आठ थान, ल्यापटप–प्रिन्टर, फोटोकपी मेसिन –स्क्यानर –एलसिडी प्रोजेक्टर एक एक थान र मल्टिमिडिया स्पिकर दुई थान खरिद गर्न सकिने उल्लेख छ । सरकारको अनुदानले सञ्चार उपकरण र आवश्यक फर्निचर पनि जोड्न सकिने भनिएको छ । इन्टरनेट र सञ्चारसाधनको सहयोगमा विद्यार्थीले कक्षाकोठामै श्रव्यदृश्यसहित विश्वका जुनसुकै प्रकारको सूचना र ज्ञान प्राप्त गर्न सक्नेछन् भने ‘भर्चुअल शिक्षा’को सेवा पनि लिन सक्नेछन् । कतिपय सामुदायिक विद्यालयमा यसअघि नै यस प्रकारको सुविधाका कारण गुणस्तरमा सुधार देखिएको छ । सञ्चार उपकरण आवश्यक हुने विद्यालयले कार्यविधिबमोजिम सम्बन्धित जिल्ला शिक्षा तथा समन्वय एकाइमा प्रस्ताव पठाउनुपर्नेछ । स्थानीय तहबाट इन्टरनेटको पहुँच तथा विद्युत् आपूर्ति भएका विद्यालयबाट कम्प्युटर, इन्टरनेट कनेक्टिभिटी, उपकरण किट्स खरिदका लागि प्रस्ताव माग गर्नेछन् । स्थानीय तहका विद्यालयले यस प्रकारको सञ्चार सामग्रीका लागि अनुदान पाइसकेको भए प्रस्ताव दिने विद्यालयमध्ये उच्च विद्यार्थी सङ्ख्या भएको र अनुमति पाएका आधारमा पुरानो आधारभूत (१–८) सञ्चालित विद्यालयलाई अनुदान उपलब्ध हुनेछ । सरकारको सो कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ठानिएको छ । कार्यविधिमा माध्यमिक तहमा गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाइरहेका ऐच्छिक विषयका रूपमा अध्यापन एवं आइसिटीसम्बन्धी शिक्षकको क्षमता भएका विद्यालयले प्राथमिकता पाउने र विद्यालयको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कार्ययोजनाको पनि अनुदान दिँदा मूल्याङ्कन गरिने उल्लेख छ । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक समन्वयका लागि शिक्षा तथा मानव स्रोत केन्द्रबाट प्राप्त अनुदानलाई व्यवस्थित बनाउन जिल्लास्तरमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको संयोजकत्वमा कार्यान्वयन समिति गठन हुने कार्यविधिमा व्यवस्था गरिएको छ । सरकारले थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ । हाल ३५ हजार ५५ विद्यालयमध्ये २७ हजार ७२८ सामुदायिक विद्यालय छन् । सरकारले ‘डिजिटल नेपाल’ निर्माण गर्न नागरिक सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सार्वजनिक सेवालाई क्रमशः विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रणालीको विकास गरी आगामी पाँच वर्षभित्र सम्भाव्य सबै नागरिक सेवा र सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट सम्पन्न गर्न ‘डिजिटल नेपाल फ्रेमवर्क’को अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको छ । रासस
बागलुङमा जीप दुर्घटना: घटनास्थलमै १४ जनाको मृत्यु
बागलुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।
गायक बादल श्रेष्ठको ‘तिमी फूल हौ कि जुन’ गीत सार्वजनिक
काठमाडौँ । गायक बादल श्रेष्ठको नयाँ गीत ‘तिमी फूल हौ कि जुन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा बादल श्रेष्ठको स्वर रहेको छ । नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट २०% वोनश शेयर वितरण
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा लालमणी जोशीको अध्यक्षतामा ईटहरी, सुनसरीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन,सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गतवर्षसम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५% नगदलाभांश र २०% वोनश शेयर वितरण गर्ने,४ः१ को अनुपातमा हकप्रद जारी गर्ने र उक्तहकप्रद शेयर पश्चात संस्थाको चुक्तापुँजी बृद्धि गरी ३४ करोड ३५ करोड रुपैयाँ कायम गर्ने, चालु वर्षको लागिबाह्य लेखापरीक्षको नियुक्ती जस्ता प्रस्ताव सभा बाट पारित गरियो । सभामा २ जना सर्वसाधारण सेयर सदस्यहरुबाट केही जिज्ञासा राखीएको थियो र सो जिज्ञासाका बारेमा संस्थाकाअध्यक्ष लालमणी जोशीले प्रष्ट पारे सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु लालामणी जोशी, सदस्यहरु क्रमश, सुरेश कुमार अग्रवाल र निशान्त जोगाईलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभालाई सम्बोधनगर्दै सभाकाअध्यक्ष लालमणी जोशीले नै कर्मचारीहरुनै भएको हुँदायहाँ सम्मआइपुग्न संस्थाकाकर्मचारीहरुको पनि महत्वपुर्ण योगदान रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिन सुझाव सहित संस्थाको पाँचौं वार्षिकसभाले भएको हो । अध्ययन भईरहेको र चालु वर्षमा समेत यस कार्यलाई निरन्तरता दिने जानकारी गराए । सभाको उद्घाटन कार्यक्रम संस्थाका नायवकार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कार्यक्रम संचालनगर्नु भएको थियो भने बन्द सत्रका संस्थाका प्रमुखकार्यकारी अधिकृत/कम्पनी सचिव गोविन्द चापागाईले सभाको समापन पछी बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा लालमणी जोशीलाई अध्यक्षमा चयन गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त संस्था २०७१ साल आश्विन २७ गते स्वीकृती प्राप्त गरी पौष १६ गतेबाट वित्तीय कारोबार सुभारम्भ गरेको यस वित्तीय संस्थाको हालआएर देशभर ४९ वटा जिल्लामा ८४ वटा शाखाकार्यालय मार्फत ७७ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थपशाखाहरु विस्तार गरि वित्तिय पहुँचन पुगेको तथाकंमा पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।