सञ्चार प्रविधिको सहायताबिना अब शिक्षण पद्धति नै अधुरो, सरकारद्वारा प्रतिविद्यालय साढे ६ लाख अनुदान
काठमाडौं । सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित विद्यार्थी झुम्मिन्थे । शिक्षकका लागि पनि यो नवीन विषय हुन्थ्यो तर अब शिक्षण पद्धतिमा सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य र सहज भइसकेको छ । मुलुकका बहुदलीय व्यवस्थाको पुनःस्थापना भएका बखत शहरी तथा सीमित सार्वजनिक र निजी विद्यालयमा देखिने यस्ता सञ्चारका साधन अहिले विस्तारित भएको छ । आधुनिकताको विकासक्रम, अभिभावक र विद्यार्थीको चेतनास्तर वृद्धि तथा यस क्षेत्रमा राज्यको बढ्दो चासो र लगानीका कारण सूचना तथा सञ्चार प्रविधिको सहायताविना शिक्षण पद्धति नै अधुरो हुने स्थिति निर्माण भइसकेको छ । सरकारले ‘सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि, २०७६’ जारी गरी हालसम्म यस्तो सुविधाबाट वञ्चितमध्ये एक हजार विद्यालयका लागि सञ्चार उपकरणका लागि अनुदान दिने नीति लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत कात्तिक २९ गते स्वीकृत गरेको सो कार्यविधिले सूचना तथा सञ्चारका लागि प्रतिविद्यालय रु छ लाख ५० हजारका दरले एकमुष्ट अनुदान दिने भनेको छ । सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट मानव संसाधनको विकास गर्नेतर्फ अवसर सिर्जना, विद्यालयको सुशासन प्रवद्र्धन, सूचना तथा सञ्चार प्रविधिमा विद्यार्थीको पहुँच वृद्धि, सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास एवं प्रवद्र्धन र विद्यालयमा इन्टरनेटसहितको आधारभूत सुविधा उपलब्ध गराउन सो कार्यविधि जारी गरिएको हो । सूचना तथा सञ्चार प्रविधिको विकासले विश्व नै एक गाउँमा परिणत भइसकेका सन्दर्भमा सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्नमा यसको महत्वपूर्ण भूमिका हुने ठानेर गुणस्तरीय शिक्षामा सहजता प्रदान गर्न कार्यविधि ल्याएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिएका छन् । विद्यालय शिक्षामा भएको लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न पनि यसले भूमिका खेल्नेछ । सार्वजनिक खरिद नियमावली तथा विद्यालय खरिद दिग्दर्शनानुसार प्रक्रिया पूरा गरी अनुदान पाउने विद्यालयले कम्तीमा कम्प्युटर आठ थान, ल्यापटप–प्रिन्टर, फोटोकपी मेसिन –स्क्यानर –एलसिडी प्रोजेक्टर एक एक थान र मल्टिमिडिया स्पिकर दुई थान खरिद गर्न सकिने उल्लेख छ । सरकारको अनुदानले सञ्चार उपकरण र आवश्यक फर्निचर पनि जोड्न सकिने भनिएको छ । इन्टरनेट र सञ्चारसाधनको सहयोगमा विद्यार्थीले कक्षाकोठामै श्रव्यदृश्यसहित विश्वका जुनसुकै प्रकारको सूचना र ज्ञान प्राप्त गर्न सक्नेछन् भने ‘भर्चुअल शिक्षा’को सेवा पनि लिन सक्नेछन् । कतिपय सामुदायिक विद्यालयमा यसअघि नै यस प्रकारको सुविधाका कारण गुणस्तरमा सुधार देखिएको छ । सञ्चार उपकरण आवश्यक हुने विद्यालयले कार्यविधिबमोजिम सम्बन्धित जिल्ला शिक्षा तथा समन्वय एकाइमा प्रस्ताव पठाउनुपर्नेछ । स्थानीय तहबाट इन्टरनेटको पहुँच तथा विद्युत् आपूर्ति भएका विद्यालयबाट कम्प्युटर, इन्टरनेट कनेक्टिभिटी, उपकरण किट्स खरिदका लागि प्रस्ताव माग गर्नेछन् । स्थानीय तहका विद्यालयले यस प्रकारको सञ्चार सामग्रीका लागि अनुदान पाइसकेको भए प्रस्ताव दिने विद्यालयमध्ये उच्च विद्यार्थी सङ्ख्या भएको र अनुमति पाएका आधारमा पुरानो आधारभूत (१–८) सञ्चालित विद्यालयलाई अनुदान उपलब्ध हुनेछ । सरकारको सो कार्यक्रमले शिक्षण सिकाइ प्रक्रियामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ठानिएको छ । कार्यविधिमा माध्यमिक तहमा गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाइरहेका ऐच्छिक विषयका रूपमा अध्यापन एवं आइसिटीसम्बन्धी शिक्षकको क्षमता भएका विद्यालयले प्राथमिकता पाउने र विद्यालयको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कार्ययोजनाको पनि अनुदान दिँदा मूल्याङ्कन गरिने उल्लेख छ । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक समन्वयका लागि शिक्षा तथा मानव स्रोत केन्द्रबाट प्राप्त अनुदानलाई व्यवस्थित बनाउन जिल्लास्तरमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको संयोजकत्वमा कार्यान्वयन समिति गठन हुने कार्यविधिमा व्यवस्था गरिएको छ । सरकारले थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ । हाल ३५ हजार ५५ विद्यालयमध्ये २७ हजार ७२८ सामुदायिक विद्यालय छन् । सरकारले ‘डिजिटल नेपाल’ निर्माण गर्न नागरिक सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सार्वजनिक सेवालाई क्रमशः विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रणालीको विकास गरी आगामी पाँच वर्षभित्र सम्भाव्य सबै नागरिक सेवा र सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट सम्पन्न गर्न ‘डिजिटल नेपाल फ्रेमवर्क’को अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको छ । रासस
बागलुङमा जीप दुर्घटना: घटनास्थलमै १४ जनाको मृत्यु
बागलुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।
गायक बादल श्रेष्ठको ‘तिमी फूल हौ कि जुन’ गीत सार्वजनिक
काठमाडौँ । गायक बादल श्रेष्ठको नयाँ गीत ‘तिमी फूल हौ कि जुन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा बादल श्रेष्ठको स्वर रहेको छ । नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट २०% वोनश शेयर वितरण
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा लालमणी जोशीको अध्यक्षतामा ईटहरी, सुनसरीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन,सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गतवर्षसम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५% नगदलाभांश र २०% वोनश शेयर वितरण गर्ने,४ः१ को अनुपातमा हकप्रद जारी गर्ने र उक्तहकप्रद शेयर पश्चात संस्थाको चुक्तापुँजी बृद्धि गरी ३४ करोड ३५ करोड रुपैयाँ कायम गर्ने, चालु वर्षको लागिबाह्य लेखापरीक्षको नियुक्ती जस्ता प्रस्ताव सभा बाट पारित गरियो । सभामा २ जना सर्वसाधारण सेयर सदस्यहरुबाट केही जिज्ञासा राखीएको थियो र सो जिज्ञासाका बारेमा संस्थाकाअध्यक्ष लालमणी जोशीले प्रष्ट पारे सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु लालामणी जोशी, सदस्यहरु क्रमश, सुरेश कुमार अग्रवाल र निशान्त जोगाईलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभालाई सम्बोधनगर्दै सभाकाअध्यक्ष लालमणी जोशीले नै कर्मचारीहरुनै भएको हुँदायहाँ सम्मआइपुग्न संस्थाकाकर्मचारीहरुको पनि महत्वपुर्ण योगदान रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिन सुझाव सहित संस्थाको पाँचौं वार्षिकसभाले भएको हो । अध्ययन भईरहेको र चालु वर्षमा समेत यस कार्यलाई निरन्तरता दिने जानकारी गराए । सभाको उद्घाटन कार्यक्रम संस्थाका नायवकार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कार्यक्रम संचालनगर्नु भएको थियो भने बन्द सत्रका संस्थाका प्रमुखकार्यकारी अधिकृत/कम्पनी सचिव गोविन्द चापागाईले सभाको समापन पछी बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा लालमणी जोशीलाई अध्यक्षमा चयन गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त संस्था २०७१ साल आश्विन २७ गते स्वीकृती प्राप्त गरी पौष १६ गतेबाट वित्तीय कारोबार सुभारम्भ गरेको यस वित्तीय संस्थाको हालआएर देशभर ४९ वटा जिल्लामा ८४ वटा शाखाकार्यालय मार्फत ७७ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थपशाखाहरु विस्तार गरि वित्तिय पहुँचन पुगेको तथाकंमा पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
यी हुन् एशियाका १० ठूला कम्पनी, नेपाल टेलिमकभन्दा ६० हजार गुणा ठूला
काठमाडौं । नेपाली शेयर बजारमा ठूला कम्पनी कुन हो भनेर हेर्यौ भने पहिलो नम्बरमा आउँछ नेपाल टेलिकम । नेपाल टेलिकमको बजार पुँजीकरण करिब १ खर्ब रुपैंयाँ छ । पछिल्लो समय बजारले उचाइ लिन नसक्दा यो एक खर्ब भन्दा तल झरेको छ । टेलिमकको यो पुँजीकरण नेपाली अर्थतन्त्रको आकारको करिब ३ प्रतिशत हो । तर, एशियाली शेयर बजार हेर्ने हो भने अवस्था अर्कै देखिन्छ । एशियाका १० ठूला कम्पनीको बजार पुँजीकरण नेपाल टेलिकम करिब १८ हजारदेखि ६० हजार गुणासम्म ठूला रहेका छन् । १० ठूला कम्पनीमध्ये एउटा कम्पनी दक्षिण कोरियामा छ । चीनका स्वायत्त राज्यहरु हङकङ र ताइवानमा १÷१ ओटा र बाँकी ७ ओटा कम्पनी चीनमा छन् । भारतका भने कुनै पनि कम्पनी यसमा परेका छैनन् । बजार पुँजीकरणका आधारमा एशियाका दश ठूला कम्पनीहरु अलिबाबा एशियाली शेयर बजारमा सूचीकृतमध्ये सबैभन्दा ठूलो कम्पनी अलिबाबा हो । चीनको हाङझुमा मुख्यालय भएको अलिबाबा विश्वविख्यात अनलाइन ट्रेडिङ कम्पनी हो । यसको बजार पुँजीकरण करिब ५खर्ब ३६ अर्ब डलर छ । हालको नेपाली विनिमय दरअनुसार यसलाई विनिमय गर्दा यसको पुँजीकरण ६०५०० अर्ब रुपैंया हुन आउँछ । जुन नेपालको अर्थतन्त्रभन्दा करिब १७ गुणा ठूलो हो । टेनसेन्ट एशियली बजारमा दोस्रो ठूलो पुँजीकरण भएको चिनियाँ कम्पनी टेनसेन्ट हो । चीनको शेनझेन शहरमा मुख्यालय भएको यो कम्पनीको बजार पुँजीकरण ४ सय १० अर्ब डलर छ । यो एउटा होल्डिङ कम्पनी हो । यो कम्पनीले देशमा रहेका उत्पादन तथा सेवामूलक उद्योगहरुको स्वामित्व लिने काम गर्छ । इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक यो पनि चीनकै कम्पनी हो । चीनको पेइचिङमा मुख्यालय भएको यो बैंकको बजार पुँजीकरण करिब २ सय ९० अर्ब डलर छ । सन् १९८४ मा स्थापना भएको यो कम्पनी विश्वकै सबैभन्दा ठूलो सरकारी कम्पनी हो । यो कम्पनीमा चीन सरकारको करिब ७० प्रतिशत लगानी छ । ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीको बजार पुँजीकरण २ सय ६४ अर्ब डलर छ । यो ताइवानको सिँचु शहरमा १९८७ मा सञ्चालनमा आएको हो । डेढ दर्जन भन्दा बढी निर्माण कम्पनीहरूको स्वामित्व ग्रहण गरेको यो कम्पनीले अहिले करिब ५० हजार कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । सामसुङ विश्वविख्यात इलेक्ट्रोनिक कम्पनी सामसङ दक्षिण कोरियाली कम्पनी हो । दक्षिण कोरियाको राजधानी सोलमा मुख्यालय भएको यो कम्पनीको बजार पुँजीकरण करिब २ सय ६० अर्ब डलर छ । अहिलेको विनिमयको हिसाबले यो करिब २९ हजार अर्ब नेपाली रुपैंया हो । पिङ अन चीनको शेनझेनमा मुख्यालय भएको यो कम्पनी ३१ वर्ष अघि अर्थात् १९८८ मा खुलेको हो । यो पनि एउटा होल्डिङ कम्पनी नै हो । जसले बैंकिङ, जीवन तथा निर्जीवन बीमा, स्वास्थ्य बीमा जस्ता क्षेत्रका कम्पनीहरूको होल्डिङ गर्छ । यसको बजार पुँजीकरण २ सय १७ अर्ब डलर रहेको छ । क्वेइचो यो पनि अल्कोहल उत्पादन गर्ने कम्पनी चिनियाँ हो । चीनको जुनयीमा मुख्यालय भएको यो कम्पनीसँग ३ ओटा अन्य सहायक कम्पनीको होल्डिङ छ । बजार पुँजीकरण २ सय १० अर्ब डलर अर्थात् करिब २३ हजार ५ सय अर्ब रुपैंयाँ छ । चाइना कन्ट्रक्सन बैंक चीनको ४ ठूला सरकारी बैंकमध्ये यो पनि एउटा बैंक हो । करिब ६० ओटा सहायक कम्पनी रहेको यो बैंक अन्तर्गत करिब साढे ३ लाख कर्मचारी कार्यरत छन् । यसको मुख्यालय चीनको राजधानी बेइजिङ शहरमा छ । यसको बजार पुँजीकरण २ सय ७ अर्ब डलर छ । एग्रिकल्चर बैंक अफ चाइना यो पनि चीनका ठूला ४ बैंकमध्ये एउटा बैंक हो । यो बैंकले आफ्ना ३ दर्जन सहायक कम्पनी मार्फत् करिब साढे ४ लाख व्यक्तिलाई रोजगारी दिइरहेको छ । पुँजी बजारमा यसको पुँजीकरण १ सय ७८ अर्ब डलर छ जुन करिब २० हजार अर्ब रुपैंया हो । यो पनि चीनको पेइचिङमै अवस्थित छ । चाइना मोबाइल हङकङमा मुख्यालय भएको चाइना मोबाइल एशियाको दशौं ठूलो कम्पनी हो । यसको बजार पुँजीकरण करिब १ सय ६० अर्ब डलर छ । कम्पनीले आफ्ना ५० सहायक कम्पनी मार्फत् करिब ५ लाखलाई रोजगारी दिँदै आएको छ । एजेन्सीको सहयोगमा
असुरक्षित जनाउँदै प्रभु बैंकले भिषा कार्ड हटायो, पुराना सबै ग्राहकलाई एससीटी कार्ड निःशुल्क दिने
काठमाडौं । प्रभु बैंकले असुरक्षाको कारण जनाउँदै भिषा कार्ड हटाउने निर्णय गरेको छ । आफ्ना उपभोक्ताहरुको अधिकतम सुविधा र सुरक्षित कारोबारका लागि आधुनिक प्रविधि युक्त र थप सुरक्षित कार्ड प्रयोग गर्ने क्रममा भिषा कार्ड विस्थापित गर्न लागेको बैंकले जनाएको छ । बैंकले अब पुराना ग्राहकलाई एसीटी यूपीआई कार्ड निःशुल्क वितरण गर्ने भएको छ । हाल बैंकको ग्राहक संख्या करिव ८ लाख रहेको बैंकले जनाएको छ । नयाँ कार्ड वितरण शुरु भईसकेको बैंकले जनाएको छ । ‘नो नेम कार्ड माग गरेकै दिन पाइन्छ । नामसहितको कार्ड लिन एक साता कुर्नुपर्छ’ बैंक स्रोतले बतायो । नयाँ कार्डमा भिषा कार्डबाहेक यूनियन पेको सुविधा समेत भएको बैंकले जनाएको छ । आगामी माग १ गतेदेखि भिषा कार्ड नचल्ने जानकारी दिदै बैंकले सीटी यूपीआई कार्ड लिने ग्राहक वर्गलाई अनुरोध गरेको छ । कार्डको दुरुपयोग गर्दै बैंक ठगि गर्ने क्रम बढेसँगै प्रभु बैंकले भिषा कार्ड हटाउने निर्णय लिएको हो ।
पुनःनिर्माण प्राधिकरणले गर्याे ४२ हजार ७४२ गुनासो सम्बोधन, चार हजार लाभग्राही थप
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरिएको छ । बाँकी गुनासोको शीघ्र विश्लेषण गरी नजिता निकालिने प्राधिकरणले जनाएको छ । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका करीब ५० इञ्जिनीयरले विश्लेषण गरिरहेका छन् । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो–२, सानो हाकुटोलका ४६ विस्थापित घरधुरी तथा सोही गाउँपालिकाको पाङ्लिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरीद गरी थप पाँच जग्गाधनी मिलेर ५१ घरधुरी एकीकृत बस्ती विकास गर्न लागेका हुन् । प्राधिकरणले एकीकृत बस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रतिघरधुरीका दरले रकम उपलब्ध गराउँछ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत बस्तीका लागि प्रतिघर पाँच लाख रुपैयाँ, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर चार लाख रुपैयाँ र तराईका जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर तीन लाख रुपैयाँको दरले एकमुष्ट रकम उपलब्ध गराउँछ । त्यसैगरी मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५, चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरि गाउँपालिका–६, जोगीतालमा एकीकृत बस्ती विकास गर्दैछन् । कैशाल–१० को न्याम्सेढुङ्गाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ । रासस
नेपाल र भुटानबीच फुटबलमा प्रतिस्पर्धा हुदै, आजै १५ खेलमा प्रतिस्पर्धा
कठमाण्डौं । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ आैं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ । भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो । नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताए । उनले भने, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले तयारी गरेका छौँ ।” शाहीकै कप्तानीमा नेपालले केही साताअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । खेल अपराह्न ४ बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फको भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । खेल अपराह्न १ बजे हुनेछ । फुटबल– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पुरुष फुटबलमा दुई खेल हुनेछ । यसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । उक्त खेल अपराह्न १ बजे हुनेछ । त्यस्तै अर्को खेलमा बङ्गलादेश र माल्दिभ्स भिड्नेछन् । उक्त खेल अपराह्न ५ बजे हुनेछ । राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । क्रिकेट– साग क्रिकेटअन्तर्गत पुरुषतर्फको खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको यू–२३ टोलीसँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलङ्का र बङ्गलादेशबीच खेल हुनेछ । उसु– आजदेखि शुरु हुने उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । सुटिङ–सुटिङ खेल पनि आजैदेखि शुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा हुने खेलमा नेपालको महिला टोलीले दुई खेलमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष टोलीले ५० मिटर थ्री पोजिशन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदै छ । सुटिङतर्फ नेपालले पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । तेक्वान्दो– सोमबारदेखि शुरु भएको तेक्वान्दो खेलमा आज चार स्वर्ण पदकका लागि भिडन्त हँुदैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने खेलमा गेरुगीतर्फ चार स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सोमबार पुम्सेमा सात स्वर्ण पदक जितेको थियो । त्यस्तै ५४ केजीमा मनोज मल्ल र ६८ केजीमा वीरबहादुर महराले नेपालको चुनौती पेश गर्नेछन् । महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले खेल्नेछन् । एथ्लेटिक्स– यसमा सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा हँुदैछ । खेल दशरथ रङ्गशालामा हुनेछ । खेल तालिकानुसार १०० मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै हाइजम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र १०० मिटर दौडको पुरुष महिलाको फाइनल खेल हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाइनल खेल पनि आजै हुनेछ । खोखो– खोखोतर्फ आज सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलङ्का तथा नेपालले बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । कराते– सागअन्तर्गत करातेमा सोमबार सात स्वर्ण जितेको नेपालले आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको कराते हलमा हुनेछ । गल्फ– गोकर्ण फरेस्ट गल्फ क्लबमा आजदेखि शुरु हुने पुरुष व्यक्तिगततर्फ नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बङ्गलादेश र श्रीलङ्का गरी तीन देशको मात्र सहभागिता छ । टेबलटेनिस– सोमबारदेखि शुरु भएको टेबलटेनिसका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । टेनिस– सातदोबाटोस्थित टेनिस कोर्टमा हुने खेलमा टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टिम इभेन्टमा नेपाल र श्रीलङ्का सेमिफाइनलमा पुगेका छन् ।