धरानमा सुजुकी बर्गम्यान १२५ सीसीको स्कूटर लञ्च
काठमाडौं । धरानमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु.२ लाख २९हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । नेपालभर ७८ ठाँउबाट सुजुकीको प्रोडक्ट नेपालको ठुलो घराना भी जी आटोमोबाइलसले गर्दै आएको हो । धरान तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने नब दुर्गा अटो धरान ले सेल्स, सर्भिस र स्पियर्स सजीलो संग उपलब्ध गराउदै आएको नवदुर्गा आटो प्यालेसका संचालक दुर्गा भुजेलले जानकारी दिए । प्रमुख अतिथि बरिष्ठ तथा अग्रज पत्रकार हर्स सुब्बाबाट विधिवत रुपमा सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ भएको थियो भने भी जी सुजुकीका मार्केटिंग म्यानेजर नवराज कोइराला ले पनि दैनिक जीबन मा मानवको लागी स्कूटर जीबन साथी जस्तै भएको छ सबैलाई समयमा पुर्याउने र यात्रा सहज हुने , समय को बचत , हिमाल पहाड़ तराई सबै ठाउमा चलाउन मिल्ने स्कूटर ल्याएका बताए ।
फागुन १३ गतेदेखि नेपालकै ठूलो अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल हुँदै (तालिका सहित)
काठमाडौं। “सामाजिक रुपान्तरणको लागि रंगमन्च” भन्ने मूल नाराको साथ यहि फागुन १३ गते सोमबारदेखी “नेपाल अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल” हुने भएको छ। फेस्टिभलमा ८ दिनसम्म काठमाडौंको चारवटा थिएटरसँगसँगै पोखरा, जनकपुर र विराटनगरमा चल्नेछ। १८ वटा विदेशी र १२ वटा स्वदेशी नाटक गरी जम्मा ३० वटा नाटक मंचन हुँने फेस्टिभलमा विभिन्न देशका रंगकर्मीहरु अन्तरकृयाका साथै कार्यशालामा पनि भाग लिनेछन्। फेस्टिभलमा करिब २ करोडको खर्च हुने आयोजक समुहको अनुमान छ। यो नेपालकै ठुलो थिएटर फेस्टिभल भएको कलाकार विजय बरालले बताएका छन्। नाटकहरु अनामनगर स्थित मण्डला थिएटरमा ६ बजे , बत्तिसपुतली स्थित शिल्पी थिएटरमा ४:३० बजे, त्रिपुरेश्वोर स्थित कौशी थिएटरमा ३ बजे र किर्तिपुरस्थित थिएटर मलमा १ बजे मन्चन हुनेछ। नाटकको तालिका यस्तो रहेको छ :
क्यान्सर रोकथामको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छः प्रा.डा.पौडेल
काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सर लगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए । क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे । विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागरबहादुर सिँहले वित्तीय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्व अनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए । हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
लघुवित्त कम्पनीको ३२ करोडको आईपीओ यसैवर्ष आउने, १७.४७ करोडको पाइपलाइनमा
काठमाडौं । यो वर्षमात्रै लघुवित्त कम्पनीका थप ३२ करोड रुपैंया बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन हुने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएर निष्कासन बाँकी भएको, पाइपलाइनमा रहेको र पाइपलाइनमा आउन बाँकी गरी उक्त परिमाणको शेयर जारी हुने भएका हुन् । २ कम्पनीको १३ करोड ३४ लाख रुपैंया बराबरका आईपीओ भने यसै आर्थिक वर्षमा स्वीकृति पाई निष्कासन समेत भइसकेका छन् । यो वर्ष थप ११ ओटा लघुवित्त कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७३/७४ सम्म लाइसेन्स पाएका ५३ लघुवित्त कम्पनीमध्ये साधारण शेयर जारी हुन बाँकी रहेको ११ कम्पनीको आईपीओ आउन बाँकी छ । ५३ ओटा कम्पनीमध्ये ४० ओटा कम्पनीका शेयरहरु नेप्सेमा सूचिकृत भई कारोबार हुँदै आएका छन् । आशा लघुवित्तको आईपीओ बिक्री भएर नेप्सेमा सूचिकरण हुने क्रममा रहँदा स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३० कित्ता शेयर धितोपत्र बोर्डबाट स्वीकृत भई निष्कासनको क्रममा छ । त्यस्तै, स्वाभिमान लघुवित्तको १ करोड ९८ लाख, गुराँस लघुवित्तको २ करोड ५० लाख, जनसेवी लघुवित्तको ४ करोड ६३ लाख, नेपाल एग्रोको १ करोड ६१ लाख र इन्फिनिटी लघुवित्तको ६ करोड ७४ लाख रुपैंया गरी कुल १७ करोड ४७ लाख ६८ हजार ८०० कित्ता शेयर नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । आर्थिक वर्ष २०७३/७४ सम्म लाइसेन्स पाएका बाँकी ६ ओटा लघुवित्तले पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को व्यवस्थाअनुसार यसै वर्षभित्र साधारण शेयर जारी गर्न साधारणसभामा प्रस्ताव गर्नुपर्नेछ । ती संस्थाहरुमा घोडीघोडा लघुवित्त, सबैको लघुवित्त, आँधीखोला लघुवित्त, गणपति लघुवित्त, क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्त छन् । घोडीघोडाको चुक्ता पुँजी १ करोड ४१ लाख, सबैको लघुवित्तको ११ करोड २० लाख, आँधिखोला लघुवित्तको ६ करोड, गणपति लघुवित्तको ७ करोड, क्रिएटिभको १ करोड ४० लाख र रामारोशनको १ करोड ३४ लाख चुक्ता पुँजी छ, जुन कुल ४१ करोड रुपैंया हुन आउँछ । बाफियाको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले प्रस्तावित चुक्ता पुँजीको ३० प्रतिशतले हुने गरी आईपीओ जारी गर्नुपर्ने नियम छ । जसअनुसार ४१ करोडलाई ७० प्रतिशत मान्दा ती लघुवित्तले कम्तीमा पनि १७ करोड ४७ लाख रुपैंया बराबरको साधारण शेयर जारी गर्नुपर्नेछ । यसरी आईपीओ स्वीकृत भएका, पाइपलाइनमा रहेका र आईपीओ आउन बाँकी आर्थिक वर्ष २०७३/७४ भित्र सञ्चालन स्वीकृति पाएका लघुवित्तको गरी थप करिब ३२ करोडको आईपीओ यसै वर्ष आउने भएको हो । तर आईपीओ आउन बाँकी रहेका कम्पनीहरुले ३० प्रतिशत भन्दा बढी आईपीओ जारी गरेको अवस्थामा त्योभन्दा बढी परिमाणमा आईपीओ जारी हुनसक्छ । नेपाल धितोपत्र बोर्डले यो वर्ष मात्र चौतारी लघुवित्तको ६ करोड ६० लाख, आशा लघुवित्तको ६ करोड ७४ लाख र स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३ हजार गरी १६ करोड ३ लाख ६३ हजार रुपैंया बराबरको शेयर जारी गर्ने अनुमति दिइसकेको छ ।
सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता, कुन कुन ठाउँमा खुल्दैछ नयाँ उद्योग ?
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो । उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आउनुभएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् । विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिनुभएको छ । कूल पूँजी ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ । यस्तै स्याङजाको वालिङ-१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन् । उद्योगमा कूल पूँजी एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ । कपिलवस्तुको शिवराज नपा-८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराउनुभएको छ । सो उद्योगमा नौ अर्ब ७८ करोड ५८ लाख ९५ हजार बराबरको लगानी गरिनेछ । उद्योगले ३९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै, हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले रु दुई अर्ब ५७ करोड ८८ लाख २५ हजार बराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट छ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ । यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराउनुभएको छ । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले रु ५० करोड लगानी गर्ने भएको छ । कूल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै ग्याँस व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन् । कूल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कूल पूँजी चार अर्ब ८९ करोड १७ लाख ९२ हजार ५०० बराबरको लगानी गर्ने तयारी गरेका छन् । उद्योगले छ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा दुई खर्बको लगानी भएको र वार्षिक एक खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए । संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो । नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कूल उत्पादन वार्षिक चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ । रासस
साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा, टेस्ट ड्राइभमा उपहारको व्यवस्था
काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ । स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ । – गाडीको खरिदमा२ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ । – स्पेश मूल्य र एक्सचेन्जगर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था । – झन्झ्ट मुक्ततरिकाले बैङ्गफाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेनग्यारेन्टी) ११.७२% -फ्रि रोड् ट्याक्स्(२०७५/२०७६ ) -६०,००० किलो मिटर सम्मतिनबर्षे वारेन्टी । -५ बर्ष सम्मफ्रि सर्भिसङ्गि । -गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने । -अन्य आवश्यक उपकरणहरु निःशुल्क । -प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था ।
कञ्चनविद्या मन्दिरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौँ । कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा औपचारिक उदघाटन गर्नु गरेका हुन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण उपस्थिति रहेको थियो । साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लाने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायज्यूले प्रकाश पारे । त्यस्तैगरी बैंकका कामु उपमहाप्रबन्धक चुडामणी तिम्सिनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने बताए । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक श्री हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्यालय, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
राजधानीको चाबहिलमा कामना सेवाकोे शाखा
काठमाडौँ । कामना सेवा विकास बैंकको काठमाडौं महानगरपालिका–७, चाबहिलमा फागुन १२ गते ६६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बताए ।