
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्रकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख सुरज शर्मा, टाडी शाखाका प्रमुख प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाडी, पर्सा, भरतपुर, भोजार्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कुर्चि हस्तान्तरण गर्दै सुरज शर्माले बैंकको वर्तमान वित्तीय स्थिति, संस्थागत उत्तरदायित्व अन्तरगतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी दिए ।