बस्तुगत समूहकाे उपाध्यक्षमा अन्जन श्रेष्ठकाे उम्मेदवारी घाेषणा

<p>काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघकाे बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घाेषणा गरेकाे छन् । विहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घाेषणा गरेका हुन् । तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका श्रेष्ठले अन्तिम समयमा उमेशलाल श्रेष्ठलाई समर्थन गरेका थिए । गत चुनावमा उमेशलाल बस्तुगत समूहमा उपाध्यक्षमा निर्वाचित भएका थिए । पाेखराबाट [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघकाे बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घाेषणा गरेकाे छन् । विहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घाेषणा गरेका हुन् ।

तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका श्रेष्ठले अन्तिम समयमा उमेशलाल श्रेष्ठलाई समर्थन गरेका थिए । गत चुनावमा उमेशलाल बस्तुगत समूहमा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

पाेखराबाट उदाएका युवा उद्यमी अन्जन श्रेष्ठ उद्याेग वाणिज्य महासंघमा ५ पटक कार्यकारीणि सदस्य र विभिन्न समितिमा सभापति, उपसभापति भसकेका छन् ।

महासंघकाे चुनाव आगामी चैतकाे अन्तिम साता हुँदैछ ।

Share News