विकासन्युज

भूकम्प प्रभावित जिल्लाहरुमा चैत १५ बाट छुट सर्वेक्षण शुरू, ५५० इञ्जिनियरहरु परिचालन गरिने

काठमाडौं ।  लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत संकलन गरिन लागिएको हो । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए । घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । प्राधिकरणका सहप्रवक्ता एवं यस सर्वेक्षणको समन्वय गरिरहेका प्राधिकरणका उपसचिव मनोहर घिमिरले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिए । ‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।’ प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध गरेको छ । त्यसैगरी, सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यस सर्वेक्षण सम्बन्धमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन इकाईमामा सम्पर्क गर्न वा पैसा नलाग्ने टेलिफोन नम्बरहरु १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न सम्बन्धितलाई अनुरोध गरेको छ । छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिनेछन् । २०७६ बैशाख मसान्तसम्ममा सर्वेक्षण सक्ने कार्यक्रम रहेको छ ।

हेटौँडामा २० दिने जुत्ता चप्पल मेला, छुटै छुटको वहार

हेटौंडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा २० दिने चुत्ता चप्पल मेला सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित जुत्ता चप्पल व्यापार मेला–२०७५ सुरु भएको हो । मकवानपुर उद्योग वाणिज्य संघ र जुत्ता चप्पल उद्योग संघले मेला आयोजना गरेका हुन् । फागुन २९ गते प्रदेश नम्बर ३ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । हेटौंडा–२ स्थित पल्पसा हलमा जारी मेलामा मकवानपुरबासीको उत्साहप्रद सहभागीता रहेको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी बताए । मेलामा देशभरका ७ वटा जुत्ता चप्पल उत्पादन गर्ने कम्पनीका ६० वटा र अन्य स्थानीय व्यवसायी गरि करिब ८५ वटा स्टल रहेका छन। छुट र अफरहरु मेलामा १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट उपलब्ध रहेको छ । निःशुल्क प्रवेश पाइने मेलामा बालबालिकादेखि युवा पुस्ता र वृद्धवृद्धाहरुलाई समेत उपयुक्त हुने जुत्ता चप्पलहरु राखिएका छन् । ३ नम्बर प्रदेशको राजधानी समेत रहेको औद्योगीक नगरी हेटौँडामा नेपाली जुत्ता चप्पलहरुका बजार प्रवद्र्धनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मेला संयोजक उपाध्यायले व्यक्त गरे । यस अघि उनीहरुले विराटनगरमा नेपाली जुत्ता चप्पलको वृहत मेला सफल रुपमा सम्पन्न गरिसकेका थिए । के के पाइन्छन मेलामा ? मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन तथा खरिद गर्न पाइन्छ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री प्रदर्शनीमा राखिएका छन् । मेलामा खरिद गरिएका जुत्ता चप्पलहरुम ६ महिनाको वारेण्टी सुविधा समेत उपलब्ध् रहेको छ । मेलामा बिएफ डियर हिल सुज, कोशेली, हाईलाईफ, क्रस रोड, रोयल सुज, रन सुज र सु ल्याण्डका जुत्ता चप्पलहरु समावेश छन् ।

ब्रिटिश काउन्सिलको नेपालमा ६० वर्ष पुरा

काठमाडौं। सन् १९५९ बाट नेपालमासँग सहकार्य सुरु गरेको ब्रिटिश काउन्सिलले नेपालमा आफ्नो ६० बर्ष पुरा गरेको छ। काउन्सिलले शुक्रबार लैनचौरी स्थित आफ्नै कार्यलयमा कार्यक्रम गरेर अबको १ बर्ष कार्यक्रम गरेर सम्बन्धको ६० बर्षलाई मनाउने जनाएको छ। कार्यक्रममा काउन्सिलले आफुले ६० बर्षमा नेपालमा सम्बन्धको सुरुवातसँगै आफुले गरेका कामहरुको विवरण प्र्स्तुत गरेको थियो। ब्रिटिश काउन्सिल नेपालको लागि परियोजना निर्देशक रहेका जोभान इलिकले नेपालसँग बेलायतले अझ सुमधुर सम्बन्धको अपेक्षा राखेको बताए। १९५९ बाट नेपालमा आफ्नो काम शुरु गरेको ब्रिटिस काउन्सिलले काठमाडौंको लाईब्रेरी बनाएर आफ्नो काम सुरु गरेको थियो। काउन्सिलले नेपालमा शिक्षा र संस्क्रिती क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

डिस मिडियाबाट एमकेडब्लु वेल्ट एण्ड रोड रेस्लिङ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण

नेपाल रिङ रेस्लिङ संघका आयोजनामा नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा २०७६ साल बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना हुन भएको छ । कार्यक्रमलाई वान वेल्ट वान रोड चीनले प्रायोजन गरेको छ । यो प्रतियोगिताले खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने हामीले विश्वास लिएका छौं- नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाले बनाइन् । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा चैत्र १५ बाट छुट सर्वेक्षण शुरु हुने

काठमाडौं । लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ ।यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत संकलन गरिन लागिएको हो । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिए । घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । प्राधिकरणका सहप्रवक्ता एवम् यस सर्वेक्षणको समन्वय गरिरहनु भएका प्राधिकरणका उपसचिव मनोहर घिमिरले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिए । ‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।’ प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध गरेको छ । त्यसैगरी, सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यस सर्वेक्षण सम्बन्धमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन इकाईमामा सम्पर्क गर्न वा पैसा नलाग्ने टेलिफोन नम्बरहरु १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न सम्बन्धितलाई अनुरोध गरेको छ । छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिनेछन् । २०७६ बैशाख मसान्त सम्ममा सर्वेक्षण सक्ने कार्यक्रम रहेको छ ।

स्प्राईट डबल डोज ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफरमा २४ हजार भन्दा बढि विजेता पुरस्कृत

काठमाडौँ । स्प्राईट डबल डोज ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफरले बजारमा उपभोक्तामाझ सनसनी मच्चाएको छ । माघ १९ गतेबाट शुरु भएको उक्त अफरमा फागुन २५ गतेसम्म २४ हजार भन्दा बढी उपभोक्ताले सहभागिता जनाएर २५ लाख बराबरको टक टाइम जित्न सफल भइसकेका छन् । अफर अन्तर्गत सामसुङ ग्यालेक्सी नोट ९ का एक भाग्यशाली विजेता प्रदीप गैरीले भने, “मलाई यस अफरका बारेमा एक जना आफन्तले भन्नुभएको थियो । मलाई यस्ता अफरहरुमा खासै विश्वास लाग्दैन, तर पनि एकपटक भाग्यको जाँच गर्नुपर्यो भनेर स्प्राईट किनेर ल्याए । त्यसपछि१०–२० जित्ने आशाको साथ एसएमएस पठाए तर जब मलाई फोन आयो एकछिन त विश्वास नै लागेन । सामसुङ ग्यालेक्सी नोट ९ पाउँदा म निकै खुसी भएको छु र यस्तो सुनौलो अफर ल्याएकोमा म नेपालको कोका–कोला कम्पनीलाई आभार प्रकट गर्न चाहान्छु ।” उक्त अफर अन्तर्गत उपभोक्ताले कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतल किनेर प्रत्येक दिन१० देखि१० हजारसम्मको टक टाइम र १ थान सामसुङ ग्यालेक्सी नोट ९ जित्न सक्ने कम्पनीले जनाएको छ ।

एभरेष्ट बैंकले गरेको नि:शुल्क स्वास्थ्य जाँच शिविरमा २ सयले लिए सेवा

काठमाडौँ । एभरेष्ट बैंकले १०६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजमा योगदान पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ । एभरेष्ट बैंकले नर्भिक हस्पिटलको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको हो । निःशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए ।

कैलाश विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० % छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ । हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ पुगेको छ । निकट भविष्यमा देशका बिभिन्न ७ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।