काठमाडाैं । नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ । नेपाली उद्योग व्यापारलाई प्रवर्द्दन गर्नका लागि सो मेला आयोजना भएकाे हाे । शुक्रबार सुरू भएकाे प्रदर्शनी मेलाकाे नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मेलाकाे उद्घाटन गरेका हुन् ।
नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाल चेम्बर अफ कमर्सले बताएको छ ।
उक्त प्रदर्शनी मार्फत ती पाँच विधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातको अवसर, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित हुने बताइएको छ ।
यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्द्द गर्ने नेपाल चेम्बर अफ कमर्सले विश्वास लिएको छ ।
भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन।
नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि रहेको छ । मेलामा विभिन्न प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने कम्पनीहरूले अफ्ना स्टल राखेका छन् ।
