गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्न चैत ६ गते बुक क्लोज गर्दै, क-कसले पाउछन् ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो । उक्त दुई बराबर एक अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर इन्स्योरेन्सको गत असार १९ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले पारित गरेको थियो । चैत ५ गतेसम्म नेप्सेमा कम्पनीको सेयर कारोबार गरी बुक क्लाेज भएकाे ७ दिनसम्म सेयर नामसारी गरेका सेयरधनीहरुले उक्त हकप्रदकाे लागि दरखास्त दिन पाउने छन् ।
बीमा कम्पनीमा भूकम्प पीडितले गरे १६ अर्ब दाबी, ६ महिनामा १४ अर्ब रुपैयाँ भुक्तानी
काठमाडौ । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले भूकम्पमा क्षति भएको भन्दै परेको १४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी फछ्र्यौट गरेका छन् । भूकम्पका कारण कूल बीमा दाबी १६ अर्ब २६ करोड ९२ लाख रुपैयाँ परेको थियो । यस्तै, १६ अर्ब ८६ करोड १६ लाख रुपैयाँ भने बीमा समितिको अनुमानित दाबीको रुपमा रहेको उप-निर्देशक ध्रुव तिमल्सिनाले बताए । बीमा कम्पनीहरुले भूकम्पको दाबी फछ्र्यौट गरेको रकम ९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ पुनर्बीमकबाट प्राप्त भएको छ । भुकम्पबाट क्षती पुगेर परेका दाबीको भुक्तान गर्नु अघि १५ हजार ८ सय ३३ जना सर्भेयर खटाईएको थियो । साथै, ती सभेर्यरहरु मार्फत १५ हजार ६ सय ५७ वटा प्रतिवेदन प्राप्त भएको छ । यस्तै, १ सय ७६ वटा प्रतिवेदन भने प्राप्त हुन बाँकी छ । पूनर्बीमा मार्फत कति विदेसियो खुद बीमा शुल्क ? जीवन बीमा कम्पनीहरुको पूनर्बीमा मार्फत आर्थिक बर्ष ०७४/०७५ मा १ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो । सो रकम आर्थिक वर्ष ०७०/०७१ देखि ०७४/७५ सम्ममा सबैभन्दा धेरै रकम हो । यस्तै, आर्थिक बर्ष ०७३/०७४ मा ९९ करोड, आर्थिक बर्ष ०७२/०७३ मा ७६ करोड, ०७१/०७२ मा ७४ करोड र आर्थिक बर्ष ०७०/०७१ मा ६२ करोड बाहिर गएको तथ्याङ्कले देखाउँछ । यस्तै, निर्जीवन बीमातर्फ भने आर्थिक वर्ष ०७४/०७५ मा ७ अर्ब ८७ करोड रुपैयाँ पूनर्बीमा मार्फत बाहिरिएको देखिन्छ । तर, आर्थिक बर्ष ०७३/०७४ मा ८ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको देखिन्छ । आर्थिक बर्ष ०७२/०७३ मा ६ अर्ब ४५ करोड रुपैयाँ, आर्थिक बर्ष ०७१/०७२ मा ५ अर्ब ४३ करोड रुपैयाँ बाहिर गएको देखिन्छ ।
खान मिल्ने सुनको पत्र भएको भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा
काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीहरुलाई बजारमा पाइरहेका भन्दा अद्वितीय अनुभुती प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ । युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा सम्म्श्रिित सुन जर्मनीबाट आयात गरिएको हो । साथै, गुणस्तरीयताको लागि रुसलान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच प्रमाणित ल्याबबाट परीक्षण गरिएको कम्पनीले जनाएको छ । ‘हामीले आफ्नो गुणस्तरीयता र स्वादमा केही सम्झौता नगरी यसको सुपथतामा पनि धेरै ध्यान दिएका छौँ’ कम्पनीका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । ‘विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्याण्डर्ड बनाउँदा र भोड्काको इण्डस्ट्री स्ट्याण्डर्डलाई माथि पुर्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ’ ग्रुप एक्जेक्युटिभ डाइरेक्टर शशिन जोशीले भने । रुसलान गोल्ड रिजर्भ यही महिनादेखि काठमाडौंका चुनिएका स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जहरुमा उपलब्ध हुनेछ । यो भोड्का ७५० मिलि, ३७५ मिलि र १८० मिलिका बोतलहरुको क्रमशः रु. २२००, रु. ११०० र रु ५५० प्रति बोतलको दरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साढे १३ प्रतिशत बोनसपछि नेशनल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको १३.५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको बोनस पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५८९.४३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९०.७१ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछिको आइतबारको कारोबारमा इन्स्योरेन्सको सेयर मूल्य बढिरहेको छ । प्रतिकित्ता ५८९.४३ रुपैयाँबाट कारोबार भएको इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ६११ रुपैयाँसम्म पुगेको छ । आइतबार करिब पौने एक बजेसम्म कम्पनीको पाँच हजार ८५४ कित्ता सेयर कुल १४ हजार ६८० रुपैयाँमा काराबार भएको छ ।
बाराको कोल्हवीमा आशा लघुवित्तले दियो सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७५ फागुन ३०, चैत्र १ र २ गते ३ दिनको सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कोल्हवी, बारामा आबद्ध सदस्यहरु मध्ये६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सञ्जीत चौधरीले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २०० विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य
काठमाडौँ । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परीक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे । १९ हजार ५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।
बैतडीको मेलौलीमा एनसीसी बैंकको नयाँ शाखा संचालन
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले शनिबार संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रचण्ड आज अमेरिका जाँदै, श्रीमती सीता दाहालको जोन हकिङ्स् अस्पतालमा हुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्ने भएका छन् । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।