विकासन्युज

विदेशमा पढेर नेपालमा फर्कने वातावरण बनाउनुपर्छ: विक्रम केसी

विक्रम केसी, निर्देशक (स्कोप स्टुडेन्ट सर्भिस) सन् २००६मा स्थापित स्कोप स्टुडेण्ट सर्भिस नेपाली विद्यार्थीको विश्वासको कन्सल्टेन्सीमा पर्दै आएको छ । स्कोपले बेलायत, अष्ट्रेलिया र अमेरिका जाने विद्यार्थीहरुलाई परामर्श सेवा दिँदै आएको छ । प्रस्तुत छ लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा रहेका स्कोप स्टुडेन्ट सर्भिसका निर्देशक विक्रम केसीसँग विकासन्युजका  लागि डाेमी शेर्पाले  गरेकाे कुराकानी । १७ लाख रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थी अष्ट्रेलिया जानुको कारण के हो ? अहिलेको युग प्रतिस्पर्धाको हो । मोबाइलले संसार नै हात–हातमा अट्ने बनाएको छ । सोही कारण विश्वको शिक्षा–प्रणाली विद्यार्थीहरुले सहजै जान्न सक्छन् । तर आफ्नो राष्ट्रमा अन्तराष्ट्रिय स्तरको शिक्षा नपाइने कारण विद्यार्थीहरु देश बाहिर जान इच्छुक हुन्छन् । यो नेपालमा मात्र होइन अन्य देशमा समेत हुने सामान्य प्रक्रिया हो । अमेरिकी विद्यार्थीपनि अन्य देश जान रुचाउँछन् । मानिस भनेको राम्रो नतिजामूखी हुन्छन् । गाउँमा मिठो बाली खान गाई दौडिएको जस्तो मानिसहरु पनि सहज जीवन जिउँन चाहान्छ । समय सुहाउदो शिक्षाकालागि नेपाली विद्यार्थी बाहिरीने गर्छन् । कम्तीमा १२ कक्षा पास भएका र १८ वर्ष उमेर नाघेका विद्यार्थी बाहिर जान्छन् । आफ्नो भविष्य तथा शिक्षाका लागि उनीहरुले बाहिर जानुपर्छ । नेपालमा सीमित रहेका शिक्षापनि बाहिर गएर विद्यार्थीले पढ्न चाहेको हुन्छ । ब्याच्लर्समा बिबिए, बिबिएस, बिबिएम लगायतका विषय मात्र पढन पाइन्छ । होटल म्यानेजमेन्टपनि छ तर समय सापेक्ष छैन । अष्ट्रेलिया नै किन रोजाइमा पर्यो ? पहिले सन् २००६ देखि २००९ सम्म धेरै विद्यार्थी युके (बेलायत) गए । अहिले अष्ट्रेलिया गइरहेका छन् । पहिलेपनि यस्ता प्रश्नहरु उठ्ने गर्थे । यसको कारण भनेको विद्यार्थीहरुले आफ्नो शिक्षा, सुविधा, पार्ट टाइम जब गर्ने अवस्था आदि हेर्नाले हो । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीकोलागि दिने सुविधा राम्रो छ । त्यहाँको इएसएस एक्ट, एजेन्ट एक्टले विद्यार्थीलाई सहज बनाउँछ । यस्तै, आफ्नो नाता–गोता भएको ठाउँमा जान सहज हुन्छ । नेपाली विद्यार्थीले पहिलेदेखि अष्ट्रेलियामा राम्रो गर्दै आएकाले अहिले पनि विद्यार्थी त्यतै आकर्षित हुनु स्वभाविक हो । अष्ट्रेलियामा जाँदा शुल्क समेत सस्तो पर्ने, सुरक्षा स्थिति राम्रो भएकोले अष्ट्रेलियामा विद्यार्थीको आकर्षण रहँदै आएको छ । नेपालीलाई सुहाउँदो मौसम, वातावरणलेपनि अष्ट्रेलिया आकर्षणको केन्द्र बन्दै आएको हो । साथै, अष्ट्रेलियामा गन राइट नहुनुपनि विद्यार्थीहरुको सुरक्षाको दृष्टिकोणले राम्रो मान्न सकिन्छ । कुन उमेरका विद्यार्थी बढि बाहिर जान रुचाउँछन् ? विद्यार्थीको आर्थिक अवस्था अनुसार बाहिर जाने कुरा निर्धारित हुन्छ । यसमा अभिभावकले कसैलाई प्लस टु त कसैलाई ब्याच्लर्सकोलागि बाहिर पठाउने गरेको हामीले पाउने गरेका छौँ । बाहिरको सिप सिक्दा विद्यार्थी दक्ष बन्न अवसर पाउँछन् । ३ वर्षको ब्याच्लर्समा गएको विद्यार्थी समेत २२ वर्षमा जादाँ नेपाल आउने बेलामा २५ वर्षमै केही जान्ने अवसर पाउँछन् । तपाईहरुले विद्यार्थीलाई कुन–कुन अवस्थामा सहयोग गर्दै आउनुभएको छ ? हामीले विद्यार्थीलाई स्वदेशमा रहँदा र बाहिर जाँदाको अवस्थामा सहयोग गर्दै आएका छौँ । विद्यार्थीको छनौट अनुसारको कलेजमा पठाउँने देखि उनीहरुले पाउँने सुविधाहरुसम्ममा हामीले विद्यार्थीको पक्षमा वकालत गर्ने गर्छौ । नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा कति खर्चको आवश्यक छ ? सरकारले एक जना नेपाली विद्यार्थी अष्ट्रेलियाजाँदा लाग्ने योजनाको केही मापदण्ड ल्याएको छ । नेपाली विद्यार्थीहरुले मेलबर्नमा एक महिनामा साथीसगँ एउटा रुममा मिलेर बस्दा ३ सय ४ सय डलर तिर्ने गरेका छन् र एक्लै एउटा रुम लिदा ८ सय डलरसम्म तिर्छन् । ४१ वटा विश्वविद्यालयहरु अष्ट्रेलियामा रहेका छन् । सो मध्ये ३८ वटा विश्व विद्यालय सरकारी रहेका छन् । अधिकांश विद्यार्थी सरकारीमा आकर्षित छन् । स्टेटको सरकारले चलाउने विश्वविद्यालयपनि छन् त्यसलाई टेफ भनिन्छ । पेमेन्ट गर्न विश्वविद्यालयको सुविधा अनुसार हुने गर्छ । कतिपयमा मासिक रुपमा तथा कतिपयमा ३ महिनामा तिर्ने मापदण्ड राखेको हामीले पाउन सक्छौँ । समान्यतया नेपाली विद्यार्थील प्रत्येक वर्ष २० हजार डलर शिक्षण शुल्क तिर्छन् । यो ठाउँ अनुसार फरक हुने गर्छ । बाहिर गएर नेपाली विद्यार्थीले किन कलेज परिवर्तन गर्छन् ? तपाईले राम्रो प्रश्न उठाउनु भयो । सो विषयमा अरुले समेत कुरा उठाउँदै आएका छन् । लोकल एजेन्टको कुरा सुनेर विद्यार्थीले कलेज परिवर्तन गर्छन् । साथै, आफूले नेपालमा सोचेर गएको शुल्क तिर्न नसकेको अवस्थामा सस्तो विषय छानेर कलेज परिर्वतन गरेको पाइन्छ । यस्तै, कतिपयले पहिले पढ्नै पर्छ भनेर जाँदा पिआरको सम्भावना बढ्दै जाँदा अर्कै कलेज छनोट गर्छन् । विषय परिवर्तन गर्दा के कस्तो असर पर्छ त ? साइन्स पढ्न गएको विद्यार्थीले अर्को विषय पढ्यो भने त त्यसको असर त पर्ने नै भयो । यसमा पैसा खेर जाँदा नराम्रो हुन्छ तर इच्छा अनुसार उसले काम गर्न पाउँदा त्यसलाईपनि राम्रो मान्न सकिन्छ । काठमाडौ भित्र र बाहिर रहँदा हाम्रै इच्छा परिवर्तन हुन सक्छ । यसलाई वातावरणले पार्ने प्रभावको रुपमा लिन सकिन्छ । बाहिर जान भन्दा अगाडि विद्यार्थीले के–कस्ता कुरामा सचेत हुनुपर्छ ? विद्यार्थीले आफूले पढ्न लागेको विषय र आफ्नो इच्छा जान्न आवश्यक हुन्छ । करको विषमा विद्यार्थीलाई राहत हुने किसिम कुरा सम्बन्धित ठाउँमा पुर्याउन आवश्यक छ । विद्यार्थीले तिर्ने २ प्रतिशत करको सुविधा उनीहरुले कति पाएका छन् भन्ने कुरा महत्वपूर्ण छ । देशमा गणतन्त्र आइसकेको अवस्थामा सोही अनुसारको काम गर्न आवश्यक रहेको पाइन्छ । दर्ता नभएका निकायका सन्दर्भमा सरकार समेत सचेत रहन आवश्यक रहेको छ । कतिपय अवस्थामा हामीले कुरा उठाउदापनि दर्ता नभएका निकायलाई सरकारले कारबाही गर्न नमिल्ने जानकारी दिएका छन् । स्कोप स्टुडेण्ट सर्भिसेसलाई विद्यार्थीले किन रोज्ने ? हामी २००६ मा स्कोप स्टुडेण्ट सर्भिस हामीले ल्याएका थियौ। अहिले नेपाली विद्यार्थीको विश्वासको कन्सल्टेन्सीमा हामी पर्दै आएका छौँ । यु.के. अस्ट्रेलिया, अमेरिकामा जानेलाई हामीले सेवा दिँदै आएका छाैँ। अङ्ग्रेजी बोलिने देशमा हामीले पठाउँछौ । यहाँ आएका सबै विद्यार्थी विदेश जानै पर्छ भन्ने छैन । हामीले विद्यार्थीलाई पढ्न सिक्न अनुरोध गर्छौ । तर विद्यार्थीहरु नेपाल फर्किनु पर्छ भन्ने कुरा हामीले पोस्टरमा समेत टाँस्दै आएका छौँ । पिआर पाउँनु नराम्रो कुरा होइन । पिआर पाएपछि पनि विद्यार्थीहरु नेपाल आउनुपर्छ भन्ने हाम्रो बुझाई हो। बाहिर ट्रस्ट फण्डहरुपनि संचालनमा छन् । सो मार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले सहयोग पाउने गर्छन् । ट्रस्टमा बास्केट फण्डको पैसा रहने गर्छ । हालसम्म अभिभावक, विद्यार्थी मार्फत राम्रो सल्लाह सुझाव पाउँदै आएका छौँ । हामीले बाहिर गएका विद्यार्थीहरुसँग पनि राम्रो सम्पर्क गर्दै आएका र्छौ। मेलवर्न, सिडनीमा हामीले कम्पनी खोलेका छाैँ । श्रीलङ्का, अमेरिकामा पनि हामीले सेवा बिस्तार गर्ने तयारी गरेका छौँ । अमेरिकामा जाने विद्यार्थीलाई पनि हामीले पूर्ण सहयोग गर्ने छाैँ।

पाटा नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा विभूतिचन्द ठाकूर

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष सहित १८ जना चयन भएका छन् । संघको ४३औँ साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ जना सदस्य चयन गरेको हो । पाटाको ४३ औं बार्षिक साधारण सभा बुधबार काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘डिजाइन थिङ्कििङ्ग–क्रिएटिङ्ग लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष विभूतिचन्द ठाकूरले आगामी दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरुसंग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल सरकारको समृृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधनविकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ माआफ्नो कार्यदिशा अगाडी बढाउनुका साथै पूर्वाधार विकास, पर्यटन सम्बन्धीनीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्तापक्षमा आफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिने बताएका छन् । नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितीय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायुसेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन । त्यसैगरी, कार्य समितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजनपोखरेल (नागरिक उड्यनप्राधिकरण), कृष्णगोपालजोशी (नेपालवायुसेवानिगम), र श्रदा क्षेष्ठ (नेपालपर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपालभ्याकेसन) र रामबारा कोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन । पाटा नेपालले कार्यसतिमा लाक्पा फुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्त माथेमा –एसडियू ट्राभल), पृथ्वीश्रेष्ठ (नेपालखाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ । कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमा प्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखी प्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरिचित रवीन्द्रराज पाण्डे “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्डद्धारा सम्मानित भएका छन् । लामो समयदेखि आवद्ध रहेका उनले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पूर्याएको अतुलनीय योगदान तथा उनको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्यार्टरहरु मध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ । साथै, पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पुर्याएर अवकास लिएकी कर्मचारी मिना खड्का र पाटान नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटेलाई समेत सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो ।

भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौं । नेपाल पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो । पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ, त्यतिनै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ । सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समीक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन् । सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टाछुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै देशको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि: उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।  पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने-नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी नगर्दासम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो पर्छ । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले भने- देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ।  उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ-आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेका छन् भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । उपाध्यक्ष ढकालले तर पनि नयाँ संरचनासँगै निजी क्षेत्रसँग कामगर्ने सरकारी संयन्त्रको मानसिकता भने पुरानो भएकोले राजीतिक संरचनामा परिवर्तनसँगै काम गर्ने पुरानो ‘माइन्ड सेट’ मा पनि परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए ।  उनले भने-‘यस समयमा राजनीतिक नेतृत्वमा विकास निर्माणको इच्छाशक्ति देखिन्छ तर पनि कामगर्ने पुरानो मानसिकताको राज्य संयन्त्रका कारण निजी क्षेत्रका उद्यमीहरुलाई भने सोँचेबमोजिम उत्साहित बनाउन सकिरहेको छैन, त्यसैले यो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ ।’ उनले यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिने र स्थानीय स्तरमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने सुझाव पनि दिए । उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको सही र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

त्रिविको दीक्षान्त समारोहः मञ्चमा स्वरोजगारका कुरा, चौरमा विदेशिने गफ

काठमाडौं । टन्टलापुर घाम । शिरमा कालो टोपी । मलिन मुहार । काखमा बच्चा राखेर एकोहोरो मोबाइलमा व्यस्त थिइन् चितवनकी सुमित्रा पाैडेल (नाम परिवर्तन) । बिहीबार ललितपुरको पुल्चोक क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा देखिएको दृश्य हो यो । हजारौं विद्यार्थीकोबीचमा यस्ता धेरै दृश्यहरु थिए । ती दृश्यहरुमा हर्ष उल्लास र पृथक किसिमको रौनकता पनि थियो । विद्यार्थीहरुको जम्काभेट भएको त्यो मैदानमा कोही आफूले हासिल गरेको शिक्षाको प्रमाणपत्र लिन व्यस्त थिए भने कोही तस्विर खिचाउन तल्लिन । कोही भने वर्षौंदेखि भेट नभएका साथीसँगीहरुसँग गफीरहेका थिए । बिहीबार भएको ४५औं दीक्षान्त समारोहको रौनकता आफैमा रोचक थियो । तिनै रौनकता छाएका दृश्यहरुभित्र पनि बैग्लै किसिमको रौनकता थियो । भनिन्छ नि ! धन,दौलत र पैसा बाँडेर कम हुन्छ तर शिक्षा न चोरले चोर्न सक्छ नत दाजुभाइ दिदीबहिनीहरुबीच बाँड्न सकिन्छ । बरु ज्ञान जति बाँड्यो त्यति वृद्धि हुन्छ । देखिएका दृश्यहरुमा न कुनै अभाव थियो, न कुनै चिन्ता वा पीडा नै । थियो त केबल त्रिभुवन विश्वविद्यालयलयले प्रदान गरेको प्रमाणपत्रभित्र लुकेको खुसियाली । प्रमाणपत्र लिँदै तस्विर खिच्नमा मक्ख थिए विद्यार्थीहरु । त्यही रमाइलाेभित्र अनेकौं सपनाहरु पनि थिए । तर, कतिपय भने आफ्नो सपनासँग अनविज्ञ थिए । विकासन्युजले धेरै विद्यार्थीहरुसँग तपाईले स्नातक, स्नातकोत्तर तहको प्रमाणपत्र पाएर दीक्षित भइसक्नु भयो के छ अब योजना ? के गर्नु हुन्छ ? भन्ने खालका प्रश्न गर्दा धेरैले आफू भविश्यमा के बन्ने र के गर्ने भन्ने कुरामा अन्यौल र अनविज्ञ थिए । त्यही अन्यौलता तिनै चितवनकी सुमित्रा पाैडेलमा पनि थियो । अंग्रेजी विषयमा स्नातकोत्तर गरेर दीक्षित हुन आएपुगेकी उनी आफू भविश्यमा के बन्छु र के गर्छु भन्नेमा भने बेखवर थिइन् । स्नातकोत्तरमा अंग्रेजी विषय पास गर्नु चानचुने कुरा होइन । स्नातकोत्तर तह पास गरिसकेको व्यक्ति देशको मेरुदण्ड हो । उसले जे जस्तो गरेर पनि आफ्नो भविश्यलाई उज्वल पार्न सक्छ । तर, सुमित्राको जवाफले भने एकछिन उनलाई मात्र होइन, नेपाली शैक्षिक संस्थाहरुले पनि सोच्न र मनन गर्न आवश्यक बनायो । ‘श्रीमान अष्ट्रेलिया हनुहुन्छ, सायद म पनि उत} जान्छु होला,’ उनले भनिन् । धेरै विद्यार्थी सहभागी थिए दीक्षान्त समारोहमा । हामीले धेरैका भविश्यका योजनाहरु लक्ष्यहरु बुझ्ने प्रयास पनि गर्यौं । तर अधिकांशहरु आफ्नो भविश्यप्रति अनविज्ञ थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेकी आस्था स्वाँरको भनाइ पनि सुमित्राको भन्दा फरक थिएन । उनले पनि अहिले पढिरहेको तर भविश्यमा यही बन्छु र यही गर्छु भन्ने योजना नभएको सुनाइन् । आफ्नो छोरीको दीक्षान्त समारोहमा उपस्थित भएका त्रिविका एक प्राध्यापक पनि नेपालको शिक्षा पद्धतिलाई सराप्छन् । उनी नेपालको शिक्षा प्रणाली कागजमा मात्र देखिने बताउँछन् । उनले नेपाली शैक्षिक पद्धती वैज्ञानिक नभई सर्टिफिकेटमा मात्र सिमित रहने उनको भनाइ छ । ४५औं दीक्षान्त समारोहमा सहभागी भएका धेरै विद्यार्थीहरुले विदेश जाने योजना भएको सुनाए । विद्यार्थीहरुले देशमा केही अवसर छैन, विदेश जान्छौं भन्ने योजनाहरु सुनाइरहँदा मञ्चमा आसिन विशिष्ठ व्यक्तित्वहरु भने युवाहरुले अब विदेश जानु पर्दैन, देशमै रोजगारको सिर्जना गर्छौं भन्ने आश्वासनहरु बाँडिरहेका थिए । त्यही आश्वासन शिक्षामन्त्री गिरिराजमणी पोखरेलको मुखबाट पनि सुनियो । समारोहमा प्रमुख व्यक्तित्वका रुपमा आसिन शिक्षामन्त्री पोखरेलले पनि युवाहरुलाई मञ्चबाटै स्वरोजगारका सपनाहरु बाँड्न भ्याए । उनले युवाहरुमा धेरै अभिभारा थपिएकोले सरकारले सकेसम्म विदेश जानबाट रोक्ने खालका योजनाहरु ल्याउने बताए आश्वासन पनि दिए । त्रिभुवन विश्वविद्यालयको ४५औ दीक्षान्त समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु सहभागी थिए । दीक्षित हुन योग्य ७० हजार ७७ विद्यार्थी भएपनि १५ प्रतिशत विद्याथीहरु मात्र दिक्षान्तमा सहभागी थिए ।

यस्ता विशेषताले जितायो ‘हिरो एक्सपल्स २००’लाई मोटरसाइकल अफ दि इयरको अवार्ड

काठमाडाैं । हिरो एक्सपल्स २०० लाई सन् २०२० को ‘आईएमओटिवाई’ अर्थात् इण्डियन मोटरसाइकल अफ दि इयर अवार्डबाट सम्मानित गरिएको छ । भारतीय मोटरसाइकल अवार्डहरुको अस्कर मानिने यो अवार्ड वर्षकै सर्वाधिक चर्चित मोटरसाइकललाई दिइने गरिन्छ । भारतीय बजारलाई सुहाउँदो, राम्रो पर्फमेन्स भएको, आरामदायक, राम्रो माइलेज प्रदान गर्ने लगायतका विशेषताहरु समावेश भएको बाइकले मात्र यो अवार्ड पाउने गर्दछ । यस अवार्डका लागि जुरी मेम्वरका रुपमा चर्चित अटो म्यागेजिनहरु तथा अनलाइन पोर्टलहरुका वरिष्ठ मोटरसाइकल पत्रकारहरु चयन गरिएको थियो । उनीहरुले यस वर्षको अवार्डका लागि सुचिकृत बेनेली इम्पेरियल ४००, हिरो एक्स्ट्रीम २००एस, एक्सपल्स २००, होण्डा सिबि ३००आर, जावा, केटिएम १२५ ड्युक, सुजुकी जिक्सर २५० र यामाहा एमटि-१५ मध्येबाट भोटिङ गरी एक्सपल्स २०० लाई विजेता घोषित गरेका हुन् । यस्तो छ एक्सपल्स २०० हिरो एक्सपल्स २०० एउटा अफरोड मोटरसाइकल हो जसलाईलामो दुरीको यात्रा गर्न रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाई माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्वी टायर्स, इञ्जिन गार्ड, विण्ड शिल्ड, माथि रहेको एक्जस्ट पाइप, नकल गार्ड, ठूलो ग्राउण्ड क्लियरेन्स, अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स लगायतको विशेषताले यस बाइकलाई एउटा उत्कृष्ट अफरोडिङ्ग मेशिन बनाएको छ । यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १८.४ पीएसको पावर र १७.९ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५-स्पिड गियरबक्स रहेको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल-च्यानल एबीएस समावेश गरिएको छ ।

के.एल. दुगडको उत्पादन ज्ञान भुजा नेपाली बजारमा

काठमाडौं । के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ । के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल प्रा.लि.बाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ । ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ । उत्कृष्ट खाद्य पदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्यपदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिलप्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ । ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । विकास फ्लोर मिल प्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराइ आएको छ ।

प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने निश्चित, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति-(एक्विजिसन) गर्ने सम्वन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।