साना उद्योगमा ऋणः सरकार अनुदान दिने, बैंक धेरै व्याज लिने

<p>काठमाडौं । सरकारले साना तथा मझौला व्यवसाय (एसएमई) गर्न ऋण लिदाँ अनुदान दिने व्यवस्था मिलाएको छ । तर, बैंकहरुले भने एसएमई ऋणको व्याज नै उच्च राखेका छन् । बैंकहरुले प्रकाशित गरेको ऋणको व्याजदरले यस्तो देखाएको छ । बैंकहरुले अन्य व्यवसायको तुलनामा एसएमई ऋणको व्याज धेरै राखेका छन् । नेपाल बैंक नेपाल बैंकले सजिलो व्यवसाय कर्जा [&hellip;]</p>

काठमाडौं । सरकारले साना तथा मझौला व्यवसाय (एसएमई) गर्न ऋण लिदाँ अनुदान दिने व्यवस्था मिलाएको छ । तर, बैंकहरुले भने एसएमई ऋणको व्याज नै उच्च राखेका छन् ।

बैंकहरुले प्रकाशित गरेको ऋणको व्याजदरले यस्तो देखाएको छ । बैंकहरुले अन्य व्यवसायको तुलनामा एसएमई ऋणको व्याज धेरै राखेका छन् ।

नेपाल बैंक

नेपाल बैंकले सजिलो व्यवसाय कर्जा शिर्षकमा आधार दर (बेस रेट) मा ३.१९ प्रतिशतसम्म थपेर व्याज लिने गरेको छ । नेपाल बैंकको आधार दर ७.८४ प्रतिशत छ । यस्तो आधार दरमा ३.१९ प्रतिशत प्रिमियम थप गर्दा सजिलो व्यवसाय कर्जा लिन ११ प्रतिशतभन्दा बढी व्याज पर्छ ।

यस्तै, नेपाल बैंकबाट समृद्ध व्यवसाय कर्जा लिदाँ आधार दरमा २ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्छ । नेपाल बैंकले सरकारले तोकेअनुसार नै व्याज अनुदान प्रदान गरिने कर्जामा २ प्रतिशत प्रिमियम लिने भनेको छ ।

कृषि विकास बैंक

कृषि क्षेत्रको विकास गर्न स्थापना भएको भनिएको कृषि विकास बैंकले कृषि ऋणमा आधार दरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । कृषि विकास बैंकको आधार दर १०.१८ प्रतिशत छ । यो आधार दर अनुसार कृषि विकास बैंकबाट कृषि उत्पादन गर्न ऋण लिदा १३.१८ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

नविल बैंक

नविल बैंकले प्रकाशित गरेको व्याजदर अनुसार सरकारले प्राथमिकता तोकेको विपन्न वर्ग कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमिय थप लिने गरेको छ । नविलको आधार दर ७.८४ प्रतिशत छ । सो आधार दरमा ५ प्रतिशत प्रिमिय थप गर्दा विपन्न वर्ग कर्जाको व्याजदर १२.८४ प्रतिशतसम्म हुन्छ ।

नविल बैंकबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिने हो भने आधार दरमा ३.५६ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्ने हुन्छ । यसो गर्दा नविलबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिदाँ ११.४ प्रतिशतसम्म हुन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि तथा पशुपंक्षी पालन कर्जामा साढे ४ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । इन्भेष्टमेन्ट बैंकको आधार दर ८.४८ प्रतिशत छ । यो आधार दरमा साढे ४ प्रतिशत प्रिमियम थप गर्दा १३ प्रतिशतको हाराहारीमा व्याज दर पुग्छ ।

हिमालयन बैंक

हिमालयन बैंकले व्यक्तिगत साना व्यवसाय कर्जामा आधार दरमा ५.५ प्रतिशत प्रिमियम थप गरेर ऋण दिने सूचना सार्वजनिक गरेको छ । हिमालयनको आधार दर ८.९३ प्रतिशत छ ।

यो आधार दरमा साढे ५ प्रतिशत प्रिमिय थप गर्दा हिमालयन बैंकबाट व्यक्तिगत साना व्यवसाय कर्जा लिदा १४ प्रतिशतभन्दा बढी व्याज तिर्नुपर्छ ।

यस्तै, हिमालयन बैंकले विपन्न वर्गलाई ऋण दिँदा आधार दरमा साढे ५ प्रतिशत नै प्रिमियम थप गर्ने भनेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले विपन्न वर्ग र एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमिय थप गरेर व्याज लिन्छु भनेको छ । एसबीआई बैंकको आधार दर ९.९४ प्रतिशत छ ।

यो प्रिमियम दर अनुसार नेपाल एसबीआई बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि उत्पादनको लागि दिने ऋणमा ३ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने घोषणा गरेको छ । बैंकको आधार दर ९.८७ प्रतिशत छ ।

बैंकको आधार दरमा उसले लिने प्रिमियम जोड्दा नेपाल बंगलादेश बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ करिब १४ प्रतिशत र कृषि उत्पादन गर्नको लागि ऋण लिदाँ करिब १३ प्रतिशत व्याज तिर्नुपर्छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले विपन्न वर्ग कर्जा दिदा आफ्नो आधार दरमा ७.२५ प्रतिशतसम्म र कृषि कर्जामा ६.५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । एभरेष्ट बैंकको आधार दर ८.४९ प्रतिशत छ ।

बैंकले लिने भनेको प्रिमियम र उसको आधार दर समायोजन गर्दा एभरेष्ट बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदाँ क्रमशः १५.७४ प्रतिशत र १४.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

कुमारी बैंक

कुमारी बैंकले विपन्न वर्ग कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । कुमारी बैंकको आधार दर १०.६२ प्रतिशत छ ।

कुमारी बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ १६.६२ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदाँ आधार दरको ६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्ने बैंकले जनाएको छ । लक्ष्मीको आधार दर १०.२४ प्रतिशत छ ।

बैंकको आधार दरमा उसले लिने भनेको प्रिमियम जोडेर व्याज तिर्दा लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदा १६.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंकले एसएमई कर्जामा आधार दरमा साढे ४ प्रतिशतसम्म प्रिमियम लिन्छु भनेको छ । विपन्न वर्ग कर्जामा पनि ४ प्रतिशतसम्म नै प्रिमियम लिने भनेको छ ।

सिटिजन्स बैंकको आधार दर १०.४४ प्रतिशत छ । यो आधार दरमा उसले लिन्छु भनेको प्रिमियम थप गर्दा सिटिजन्स बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १४.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

प्राइम कमर्शियल बैंक

प्राइम बैंकले विपन्न वर्गमा आधार दरमा साढे ६ प्रतिशतसम्म र कृषि कर्जामा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ ।

प्राइमको आधार दर ९.६७ प्रतिशत छ । यो आधार दरमा साढे ६ प्रतिशत प्रिमियम जोड्दा विपन्न वर्ग कर्जा लिने व्यक्तिले १६.१७ प्रतिशत र कृषि कर्जामा १५.६७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

सनराइज बैंक

सनराइज बैंकले विपन्न वर्ग र कृषि कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर लिने भनेको छ । बैंकको आधार दर ९.९७ प्रतिशत छ ।

सनराइज बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदा करिब १६ प्रतिशत व्याज दिनुपर्नेछ ।

सेन्चुरी बैंक

सेन्चुरी बैंकले कृषि कर्जामा आधार दरमा ३.५ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.४५ प्रतिशत छ ।

सेन्चुरीले आधार दरमा लिने प्रिमियम थप गर्दा सो बैंकबाट कृषि कर्जा लिनेले करिब १४ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै, विपन्न वर्ग कर्जामा भने बढीमा १५.५ प्रतिशतसम्म व्याज तिर्नुपर्ने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले प्रायः सबै प्रकारका कर्जामा आधार दरमा ६ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२२ प्रतिशत छ ।

सानिमा बैंकबाट विपन्न वर्ग वा कृषि कर्जा लिदाँ आधार दरमा ६ प्रतिशत थप गरी १५.२२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले एसएमई कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.५६ प्रतिशत छ ।

माछापुच्छ्रे बैंकबाट एसएमई कर्जा लिनेले बैंकको आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गर्दा साढे १६ प्रतिशतसभन्दा बढी व्याज तिर्नुपर्छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले एसएमई कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै विपन्न वर्ग कर्जामा पनि ७ प्रतिशत नै प्रिमियम लिने भनिएको छ ।

एनआईसी एसिया बैंकको आधार दर ९.५२ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने ७ प्रतिशत प्रिमियम जोड्दा एनआईसी एसिया बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिनेले १६.५२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आईएमई बैंकले कृषि, एसएमई र विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.४४ प्रतिशत छ ।

यो आधार दरमा ६ प्रतिशत प्रिमियम जोड्दा ग्लोबल आईएमई बैंकबाट एसएमई, कृषि, विपन्न वर्ग जस्ता कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

एनएमबि बैंक

एनएमबि बैंकले एसएमई र कृषि कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ ।

बैंकले प्रकाशित गरेको आधार दरमा प्रिमियम थप गर्दा एनएमबी बैंकबाट कृषि र एसएमई कर्जा लिनेले १६.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

प्रभु बैंक
प्रभु बैंकले एसएमई कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२४ प्रतिशत छ ।

यो आधार दरमा ५ प्रतिशत प्रिमियम थप गर्दा प्रभु बैंकबाट एसएमई कर्जा लिनेले १४.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.०२ प्रतिशत छ ।

सिद्धार्थ बैंकबाट विपन्न वर्ग कर्जा लिनेले १६ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

बैंक अफ काठमाडू

बैंक अफ काठमाडूले साना व्यवसाय र कृषि व्यवसाय कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ ।

बैंकले प्रकाशित गरेको सूचनाअनुसार बैंक अफ काठमाडूबाट साना व्यवसाय वा कृषि व्यवसाय गर्न कर्जा लिने व्यक्तिले करिब १६ प्रतिशत व्याज तिर्नुपर्छ ।

सिभिल बैंक

सिभिल बैंकले एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै, विपन्न वर्ग कर्जामा ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.९७ प्रतिशत छ ।

यो आधार दरमा बैंकले लिने प्रिमियम थप गर्दा सिभिलबाट एसएमई कर्जा लिदाँ साढे १६ प्रतिशतभन्दा माथि हुन्छ ।

एनसीसी बैंक

एनसीसी बैंकबाट विपन्न वर्ग कर्जा लिदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिन्छ । यस्तै, कृषि तथा लघु उद्यम कर्जा पनि ५ प्रतिशत नै प्रिमियम छ । बैंकको आधार दर १०.७७ प्रतिशत छ ।

बैंकको आधार दरमा प्रिमियम थप गर्दा एनसीसी बैंकबाट कृषि तथा लघु उद्यम वा विपन्न वर्ग कर्जा लिदाँ १५.७७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । यस्तै, कृषि कर्जामा ३.३ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ ।

बैंकको आधार दर ६.६ प्रतिशत छ । यो आधार दरमा बैंकको प्रिमियम थप गर्दा राष्ट्रिय वाणिज्य बैंकबाट प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जा लिदाँ १०.६ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै कृषि कर्जा लिदाँ करिब १० प्रतिशत व्याज तिर्नुपर्छ ।

मेगा बैंक

मेगा बैंकले विपन्न वर्ग कर्जा र लघु कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम राखेको छ । बैंकको आधार दर १०.१९ प्रतिशत छ ।

यो आधार दरमा बैंकले लिने प्रिमियम थप्दा मेगा बैंकबाट विपन्न वर्ग र लघु कर्जा लिदाँ १६.१९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।

(बैंकहरुले प्रकाशित गरेको आधार दर र प्रिमियमका आधार व्याज दर निकालिएको हो । यो प्रिमियम दर बैंकहरुले प्रकाशित गरेको अधिकतम दर हो । यो दरमा वार्गेनिङ गर्ने हो भने बैंकहरुले घटाउँछन् । त्यसैले ऋण लिन जाँदा बैंकले भनेको आधार दरमा कम गर्न अनुरोध गर्नुहोस् ।)

Share News