नगरपालिकाले शुरु गर्यो निःशुल्क लोकसेवा तयारी कक्षा
वालिङ । शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । उनले भने, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित यो प्रशिक्षण सञ्चालन गरिएको छ ।” पहिलो चरणमा निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि तयारी गरिरहेको नगरप्रमुख खाँणले बताए । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगरउपप्रमुख कल्पना तिवारीले दाबी गरे । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको भनाइ छ । “तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौं”, अधिकृत सुवेदीले भने, “लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान वालिङ नगरपालिकामै पहिलो पनि हो ।” नायब सुब्बा र खरिदारका लागि सञ्चालन भएको तयारी कक्षा तीन–तीन महिना अवधिका लागि हुने शिक्षा शाखाप्रमुख उपसचिव बाबुराम सापकोटाले बताए । लोक सेवा आयोगको तयारी कक्षाका लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष ननाघेका महिलालाई सहभागी बनाइएको शाखाप्रमुख सापकोटाले बताएका छन् । नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि १५ दिनको सूचना प्रकाशन गरेकामा ३ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट १५५ जना छनौट गरी निःशुल्क तयारी प्रशिक्षण कक्षामा सहभागी बनाइएको छ । सहभागी भएकाहरुलाई बिहान र बेलुकामा कक्षा सञ्चालन थालिएको शिक्षा शाखाप्रमुख सापकोटाले बताए । रासस
पुस १० गते सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाे हो । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । रासस
विमान निर्माता कम्पनी बोइङका सीईओ मालनबर्ग पदबाट बर्खास्त
अमेरिकाको विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ । पछिल्लाे समय मालनबर्गले नेतृत्व गरेकाे कम्पनीका विमानहरू दुर्घटनामा परेपछि उनलाई पदबाट बर्खास्त गरिएकाे जनाइएकाे हाे । बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनामा परेपछि मालनबर्गमाथि समेत दबाब पर्दै आएको थियो । बोइङले संस्थामा आत्मविश्वास पुनर्स्थापनाका लागि यो कदम चालिएको दाबी गरेको छ । यद्यपि उनको स्थानमा नियुक्ति पाएकाप्रति आशंका कायमै छ । ग्राहकसम्म विमान पुर्याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन् । मालनबर्ग सन् १९८५ देखि बोइङ कम्पनीमा थिए । सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए । बोइङले कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा अध्यक्षमा नियुक्त गरेको छ । उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहँदै आएका छन् । उनले १३ जनवरी, २०२० देखि आफ्नो कार्यभार सम्हाल्नेछन् । इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि संसारभर सो मोडलका विमानको उडानमा रोक लगाइएको छ ।
सवा तीन अर्बको लागतमा निर्माणधीन विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै
वीरगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले बताएका छन् । सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा भइरहेको बताइएको छ । रेल्वे विभागले तीन वटा लिंक लाइनसहित पूर्व पश्चिम राजमार्गको एक हजार तीन दशमलव आठ किलोमिटरसम्मको विद्युतीय रेलमार्ग १० वटा प्याकेजमार्फत निर्माण गर्न लागिएको छ । एकदेखि पाँच नम्बरसम्मको प्याकेजको ठेक्का लिएका ठेकेदार कम्पनीले साढे दुई वर्षभित्र सबै काम पूरा गरी सक्नुपर्ने गरी सरकारसँग सम्झौता गरेको छ । सोही सम्झौताअनुसार अहिले ट्रयाक निर्माणसँगै पुल निर्माणको काम पनि शुरु गरेको छ । जसअन्तर्गत सो क्षेत्रको वाग्मती, पौराइ, लमाहा, चाँदी, सत्यारी र अमोमा खोलामा छ वटा पुल निर्माण गरिने बताइएको छ । विद्युतीय रेलमार्ग निर्माणको क्रममा सोही क्षेत्रमा पर्ने हरियो रुख काट्नुपर्ने देखिएकाले सो रुख काटन स्वीकृतिको लागि वन विभागमा पत्राचार गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरले जनाएको छ । अहिले सो क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ ।
एलजीकाे ‘आर३२ रेफ्रिजेरेन्ट’ एसी नेपाली बजारमा
काठमाडौं । एलजीले आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा ल्याएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु दिंदै आएकोमा यसपटक भने आर३२ एसी ल्याएकाे हाे । आर३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ । आर३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता बढी छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ । डुवल कम्प्रेसर भएको यस एसीले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ । साथै, मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । एलजीका एयर कन्डिसनरमा १० वर्षको वारेन्टी पनि रहेको छ ।
नबिलमा पैसाको कमी छैन तर हामी आफैँले रोपेको बिऊको फल खान चाहन्छौं: अनिल शाह
अनिल केशरी शाह , प्रमुख कार्यकारी अधिकृत नबिल बैंक लि. नबिल बैंक अहिले ३५औं वर्षको दौरानमा छ । यो ३५ भन्ने नम्बर हाम्रा लागि धेरै महत्वपूर्ण छ । यो ३५ वर्षको अवधिमा नेपालको ठूलो बजेट, जसले धेरै ऋण लैजानुहुन्छ, त्यो अधिकांश नबिल बैंकको पर्सनल हुन्छ । अर्कोतर्फ, निक्षेप हेर्दा पनि धेरैको बजेट नबिल बैंकमै छ । हामी अझैं पनि पहिले गरेकोभन्दा राम्रो सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौं । गत वर्ष हामीले २० वटा शाखा विस्तार गरेका थियौं । सन् २०२० को जनवरीसम्ममा ४० शाखाहरु विस्तार गर्ने योजनामा छौं । ठूलो पुँजी भएका मात्र होइन, सर्वसाधारण नागरिकले पनि नबिल बैंकमा शून्य रकममा बचत खाता खोल्ने वातावरण हामी सिर्जना गरिरहेका छौं । नागरिकमा जिरो ब्यालेन्सको बचत खाता बढाउनका लागि हामी धेरै ठाउँमा शाखा विस्तार गर्ने प्रक्रियामा छौं । हाम्रो अगाडि बढ्ने रफ्तार चाँडो होस् भन्ने मनासायले हामीले अहिले सक्षमसँग सहकार्य गरेका छौं । सक्षम र नबिल बैंक मिलेर एसएमई हब बनाऔं भन्ने हो । यो एसएमई हबमा नयाँ किसिमको काम गरौं भन्ने मनसायले यो प्रयास सफल भएको हो । हामीले धेरै कुरा अध्ययन गर्यौं । सबै कुरा अध्ययन गरिसकेपछि बैंकमा ऋण लिँदा समय बढी लाग्छ भन्ने कुरा आयो । यो हाम्रा लागि समस्या हो । यसलाई कति दिनमा गर्ने ? कति हप्तामा गर्ने भन्ने कुरामा पनि अन्तरिक गृहकार्य गर्यौं । अन्तिममा हामीले हाम्रो बैंक पनि ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा ३५ घण्टामा कर्जा स्वीकृत अवधि तय गरेर नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक गरेका छौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा आज नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेका छौं । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदैँ जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरीङ मोडल कर्जा अंकन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको व्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युकेएड सक्षम मिलेर सहकार्य गरिरहेका छौं । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । क्रेडिट स्कोरीङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा व्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो । नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । यसको एक वर्षका लागि अधिकतम १०.५ प्रतिशत ब्याजदर हुनेछ । यो नेपालमै पहिलो पटक एसएमई कर्जामा आधारित क्रेडिट स्कोरीङ मोडल हो । नबिल बैंकलाई पैसाको कमी छैन । तपाईले ऋण लिनु भएको छैन वा अब ऋण लिएर कुनै व्यवसाय शुरु गर्न चाहनहुन्छ भने नबिल बैंकको कुनै पनि शाखामा गएर एकछिन कुरा गर्नुस् । यसमा विदेशी सिस्टमलाई आत्मसाथ तथा बुझेर अगाडि बढ्नका लागि हामीलाई सक्षमको साथ चाहिएको हो । मलाई लाग्छ, नबिल बैंकलाई पैसाको कमि छैन । तपाईले ऋण लिनु भएको छैन वा अब ऋण लिएर कुनै व्यवसाय सुरु गर्न चाहनहुन्छ भने नबिल बैंकको कुनै पनि शाखामा गएर एकछिन कुरा गर्नुस् । ३५ वर्ष अगाडि नबिल बैंकबाट ५/१० लाख ऋण लिएर व्यवसाय सुरु गर्नेहरु आज १/२ अर्ब ऋण लिइरहनु भएको छ । कुनै व्यवसाय गर्न चाहनेहरुले नबिल बैंकमा आएर सजिलो एक्सप्रेस कर्जाको बारेमा जानकारी लिन सक्नुहुन्छ । आउने दिनहरुमा एसएमई नै नबिल बैंकको होप इनकमका रुपमा स्थापित हुनेछ । यो दुई चार जनाको प्रयासले एसएमइ सफल हुने होइन, सिंगो टिमले गर्दा नै आज हामी यो सार्वजनिक गर्न सफल भएका हौं । यो धेरै ठुलो रिक्स पनि हो । हामी अहिले जे गरिरहेका छौं, त्यसैलाई मात्र राम्रो गरेपनि हामी धेरै राम्रो गर्न सक्छाैं । तर, अहिले जुन रुखको फल खाइरहेका छौं, त्यो रुख बुढो भइरहेको छ । हामीलाई अब नयाँ रुख चाहिएको हो । अहिले जुन नबिल बैंकमा इन्टर गर्दै हुनुहुन्छ, उहाँहरूले भाेलि के फल खाने भन्ने हो । हामी आफै बिऊ रोपेर त्यसको फल खान चाहन्छौं । यो एउटा नयाँ कन्सेप्ट हो । यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रुपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं । (नबिल बैंकका सीईओ अनिल केशरी शाहले सार्वजनिक कार्यक्रममा बाेलेकाे आधारमा तयार पारिएको)
४५० भन्दा बढी निशान किक्स नेपालका सडकहरुमा, ग्राहकले पाउने भए ५ लाख बराबरको अफर
काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष लाभ सहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली बजारमा भित्रिएको केही महिनामै ग्राहकहरुको मन र विश्वास जित्न सफल भएको छ। यस अवसरमा किक्सले सम्पूर्ण ग्राहकहरुलाई आकर्षक अफरहरु ल्याएको हो । यो अफर मार्फत ग्राहकहरुले लगभग रु ४ लाख ५० हजार बराबरको लाभहरू पाउन सक्नेछन। यसै अन्तर्गत मुख्यतः रु २ लाख ५० हजार सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जी बि) पाउनेछन् । अन्य उपहार स्वरुप ग्राहकहरूले निःशुल्क बश्चको हाई प्रेशर वाशर एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निःशुल्क गाडी सरभिसिंगको सुविधा पाउनेछन्। यस योजनाका केही सर्तहरु भने लागु हुनेछन्।
एग्रिगेटर विजनेस
काठमाडौं। ओयो रुम अर्थात ओयो होटल वा रुम भारतको प्रसिद्द होटल चेन हो। सन् २०१३ मा अग्रवालले स्थापना गरेको ओयो भाडामा दिइएको र फ्रान्चाईज भएको हाल विश्वको तेस्रो सबैभन्दा ठुलो हस्पिटालिटी चेन हो। सन् २०१८ को डिसेम्बरको अन्तयसम्माको डाटा हेर्दा १ करोड ३ लाख व्यक्तिले यसको प्रयोग गरिसकेका छन्। यसको भ्यालु २०१७ मा ४० करोड रहेको थियो जुन २०१८ मा आईपुग्दा १ अर्ब ८० करोड पुगेको छ। प्रत्येक वर्ष यसको भ्यालु ४.३ गुणाले बढिरहेको छ। १ लाखभन्दा बढि मानिसहरुलाई यसले रोजगार प्रदान गर्दै आएको छ। आफ्नो कुनै पनि होटल नभई सुचना संकलन गरेको आधारमा गरिने व्यवसायले पछिल्लो ५ वर्षको समयमा बजारमा राम्रो स्थान लिएको छ। यस व्यवसायको मोडललाई एग्रिग्रेट बिजनेस मोडल भनिन्छ। एग्रिगेट बिजनेस मोडल अर्थात समुह व्यापार मोडल एउटा नेटवर्क मोडल हो जस अन्तगर्त एउटा क भन्ने कम्पनिले आफुलाई मनपर्न सेवा प्रदायकको बारेका जानकारि संकलन गर्दछ। तिनीहरुले एउटा ख भन्ने कम्पनिलाई आफुनो साझेदारी बनाउँछन् र आफ्नो कम्पनिको ब्राण्ड मार्फत दोस्रो कम्पिनिको सामन र सेवाहरुको प्रचार र विक्री गर्दछ। यद्यापी ख कम्पनि आफुनो सामनहरुको स्वतन्त्र मालिक हुनेछ। यसको अर्को गतिलो उदाहरण हो एयर बिएण्डबि। एयर बिएण्डबि को आफ्नो कुनै पनि होटल, अपार्टमेन्ट छैन तर पनि यस कम्पनिले विश्वभरका मानिसहरुलाई बस्नको लागि होटलको व्यवस्था गर्दछ। नेपालमा पनि हाल यस बिजनेस मोडलले राम्रो स्थान बनाउन सफल भएको देखिन्छ। पठाओ, टुटल जस्ता राईड सेयरिङ्ग एपहरुको न त आफ्नै कुनै व्यक्तिगत बाईक अथवा कारहरु छन् यधापी यसले पछिल्लो २ वर्षमा आफ्नो व्यवसायलाई झन् बलियो बनाउँदै लगिएको देख्न सकिन्छ। पठाओ हाल नेपालमा एक चिरपरिचित नाम हो। यो यस्तो एप हो जसको माध्यमबाट मानिसहरुले सजिलै बाइक अथवा ट्याक्सीलाई आफुभएको स्थानमा बोलाउन सकिन्छ। यो एक बंगलादेशको पहिलो प्रमुख राइड साझेदारी कम्पनी हो जुन आधिकारिक रुपमा दर्ता भएको छ। पठाओ एक बंगाली शब्द हो जसको अर्थ पठाउनुहोस् हो। यस कम्पनी को स्थापना हुसेन एलियस र शिफत अदनानले गरेका २०१५ मा गरेका हुन्। ३० जना कामदारबाट सुरु गरिएको यस कम्पनिमा ५ सय भन्दा बढि व्यक्ति आवद्द छन्। बंगलादेशमा पठाओले बाइक सेयरिङ सर्भिसबाहेक कार, सामान र खानाको डेलिभरीजस्ता सेवा पनि दिइरहेको छ । रेस्टुरेन्टका खाना घरघर पुर्याउने फुडमाण्डु, अनलाईन सपिङ कम्पनी दराज पनि यस बिजनेस मोडलमा सामेल हुन्छन्। सन् २०१० मा स्थापना भएको फुडमाण्डु घरघर खाना पुराउने फुड डेलिभरि कम्पनि हो जसको न कुनै खाना बनाउने किचन छ न कुनै रेष्टुरेन्ट छ तर यसले ९ वर्ष यता नेपालमा राम्रो पकड जमाउन सकेको छ। १ सय ६० व्यक्तिहरुलाई रोजगार दिँदै आईरहेको यस कम्पनीकाका संस्थापक मनोहर अधिकारी हुन्। फुडमाण्डुका लागि बजार कार्यकारी रहेका अन्कित राज खत्री भन्छन्,’फुड्माण्डुको हरेक वर्ष दुई गुणाले व्यवसाय बढीरहेको छ।’ काठमाडौंका ४ सय रेष्ट्रेन्टहरुसँग आवद्द छन्।