काठमाडौं। ओयो रुम अर्थात ओयो होटल वा रुम भारतको प्रसिद्द होटल चेन हो। सन् २०१३ मा अग्रवालले स्थापना गरेको ओयो भाडामा दिइएको र फ्रान्चाईज भएको हाल विश्वको तेस्रो सबैभन्दा ठुलो हस्पिटालिटी चेन हो।
सन् २०१८ को डिसेम्बरको अन्तयसम्माको डाटा हेर्दा १ करोड ३ लाख व्यक्तिले यसको प्रयोग गरिसकेका छन्। यसको भ्यालु २०१७ मा ४० करोड रहेको थियो जुन २०१८ मा आईपुग्दा १ अर्ब ८० करोड पुगेको छ। प्रत्येक वर्ष यसको भ्यालु ४.३ गुणाले बढिरहेको छ। १ लाखभन्दा बढि मानिसहरुलाई यसले रोजगार प्रदान गर्दै आएको छ।
आफ्नो कुनै पनि होटल नभई सुचना संकलन गरेको आधारमा गरिने व्यवसायले पछिल्लो ५ वर्षको समयमा बजारमा राम्रो स्थान लिएको छ। यस व्यवसायको मोडललाई एग्रिग्रेट बिजनेस मोडल भनिन्छ।
एग्रिगेट बिजनेस मोडल अर्थात समुह व्यापार मोडल एउटा नेटवर्क मोडल हो जस अन्तगर्त एउटा क भन्ने कम्पनिले आफुलाई मनपर्न सेवा प्रदायकको बारेका जानकारि संकलन गर्दछ। तिनीहरुले एउटा ख भन्ने कम्पनिलाई आफुनो साझेदारी बनाउँछन् र आफ्नो कम्पनिको ब्राण्ड मार्फत दोस्रो कम्पिनिको सामन र सेवाहरुको प्रचार र विक्री गर्दछ। यद्यापी ख कम्पनि आफुनो सामनहरुको स्वतन्त्र मालिक हुनेछ। यसको अर्को गतिलो उदाहरण हो एयर बिएण्डबि। एयर बिएण्डबि को आफ्नो कुनै पनि होटल, अपार्टमेन्ट छैन तर पनि यस कम्पनिले विश्वभरका मानिसहरुलाई बस्नको लागि होटलको व्यवस्था गर्दछ।
नेपालमा पनि हाल यस बिजनेस मोडलले राम्रो स्थान बनाउन सफल भएको देखिन्छ। पठाओ, टुटल जस्ता राईड सेयरिङ्ग एपहरुको न त आफ्नै कुनै व्यक्तिगत बाईक अथवा कारहरु छन् यधापी यसले पछिल्लो २ वर्षमा आफ्नो व्यवसायलाई झन् बलियो बनाउँदै लगिएको देख्न सकिन्छ।
पठाओ हाल नेपालमा एक चिरपरिचित नाम हो। यो यस्तो एप हो जसको माध्यमबाट मानिसहरुले सजिलै बाइक अथवा ट्याक्सीलाई आफुभएको स्थानमा बोलाउन सकिन्छ।
यो एक बंगलादेशको पहिलो प्रमुख राइड साझेदारी कम्पनी हो जुन आधिकारिक रुपमा दर्ता भएको छ। पठाओ एक बंगाली शब्द हो जसको अर्थ पठाउनुहोस् हो। यस कम्पनी को स्थापना हुसेन एलियस र शिफत अदनानले गरेका २०१५ मा गरेका हुन्।
३० जना कामदारबाट सुरु गरिएको यस कम्पनिमा ५ सय भन्दा बढि व्यक्ति आवद्द छन्। बंगलादेशमा पठाओले बाइक सेयरिङ सर्भिसबाहेक कार, सामान र खानाको डेलिभरीजस्ता सेवा पनि दिइरहेको छ ।
रेस्टुरेन्टका खाना घरघर पुर्याउने फुडमाण्डु, अनलाईन सपिङ कम्पनी दराज पनि यस बिजनेस मोडलमा सामेल हुन्छन्।
सन् २०१० मा स्थापना भएको फुडमाण्डु घरघर खाना पुराउने फुड डेलिभरि कम्पनि हो जसको न कुनै खाना बनाउने किचन छ न कुनै रेष्टुरेन्ट छ तर यसले ९ वर्ष यता नेपालमा राम्रो पकड जमाउन सकेको छ। १ सय ६० व्यक्तिहरुलाई रोजगार दिँदै आईरहेको यस कम्पनीकाका संस्थापक मनोहर अधिकारी हुन्। फुडमाण्डुका लागि बजार कार्यकारी रहेका अन्कित राज खत्री भन्छन्,’फुड्माण्डुको हरेक वर्ष दुई गुणाले व्यवसाय बढीरहेको छ।’ काठमाडौंका ४ सय रेष्ट्रेन्टहरुसँग आवद्द छन्।