काठमाडौं । एलजीले आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा ल्याएको छ ।
सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु दिंदै आएकोमा यसपटक भने आर३२ एसी ल्याएकाे हाे ।
आर३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ ।
आर३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता बढी छ ।
यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ । डुवल कम्प्रेसर भएको यस एसीले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ ।
साथै, मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । एलजीका एयर कन्डिसनरमा १० वर्षको वारेन्टी पनि रहेको छ ।