विकासन्युज

सेलपेमार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाइने

काठमाडौं । ग्राहकले सेलपे मार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाउने भएका छन् । सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपेले क्रिसमस र नियुएयरलाई लक्षित गर्दै सेल-ए-ब्रेसन अफर ल्याएको छ जस अन्तर्गत पहिलो ग्राहकले उक्त छुट पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले ग्राहकलाई खुशीयाली बाड्नको लागि सेल-ए-ब्रेसन अफर ल्याएको हो । जस अन्तर्गत ग्राहकहरुले सस्तोडिल मार्फत प्रथम पटक कुनै पनि सामानकिन्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एप्पमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन्। साथै, ग्राहकले थप १० प्रतिशत डिस्काउन्ट(डीजेआई, डा. ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर, बिबिलभ, इनरगाईजर एण्ड एक्स-एज)को सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् । सस्तोडिलमा सेलपे मार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तोडिल मार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गुर्नपर्ने छ र ‘पे नाउ’ मा ट्याप गर्नुपर्ने छ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गराउनु पर्ने कम्पनीले जनाएको छ ।

भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा बजार खाेज्दै प्लाष्टिक कम्पनी, नेपाल सरकार के गर्ला ?

काठमाडाैं । भारत सरकारले देशव्यापी रुपमा प्लाष्टिक झोला उत्पादनमा प्रतिबन्ध लगाएसँगै भारतीय प्लाष्टिक उत्पादन कम्पनीहरु नेपालमा व्यापार खोज्न थालेका छन् । भारत सरकारले देशभर प्लाष्टिक झोला बन्देज गर्ने लक्ष्य लिएसँगै उनीहरु आफ्नो बजार खोज्न नेपाल आउन थालेका हुन् । भारत सरकारले सन् २०२२ मा भारतमा सिंगल प्लाष्टिक झोला समाप्त गर्ने लक्ष्य लिएको छ । भारत सरकारले यस वर्षदेखि देशब्यापी रुपमा प्लाष्टिक प्रतिबन्ध गर्ने योजना बनाएको हो । भारत सरकारले विदेशबाट आयात हुने प्लाष्टिकमा समेत रोक लगाएको छ । भारतमा प्लाष्टिक उत्पादन र आयातमा रोक लगाएसँगै प्लाष्टिक सम्बन्धि काम गर्ने भारतीय उद्योग तथा कम्पनीहरु नेपाली बजारमा सलबलाउन थालेका हुन् । गत शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा भएको फाइभ पी (प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) प्रदर्शनी मेलाले पनि भारतीय प्लाष्टिक उत्पादन कम्पनीहरु नेपालमा जुर्मुराएको बुझ्न सकिन्छ । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको प्रदर्शनी मेलामा भारतीय प्लाष्टिक कम्पनीहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स प्रदेश तीनको सहकार्यमा पीएचडी चेम्बर अफ कमर्स भारतले आयोजना गरेको थियो । प्लाष्टिकजन्य वस्तुलाई प्रवद्र्धन तथा विक्री वितरणका लागि नेपालमै भारतले फाइभ पी एक्सपो आयोजना गरेर धेरै ग्राहकहरुलाई आफ्नो उत्पादनमा जानकारी पनि गराएको छ । कार्यक्रममा पीएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नवीन सेथले नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं संख्यामा रहेका प्लास्टिक, पेपर खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरूलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ताबीचको सिधा सम्पर्क प्रवर्द्धन गर्ने बताएका थिए । तर नेपालले पनि प्लाष्टिक मुक्त गर्ने लक्ष्य लिएको छ । विदेशी प्लाष्टिक कम्पनीहरू नेपालमा छिरेसँगै नेपालले लिएकाे लक्षयमा धक्का लाग्ने पक्का छ । कार्यक्रमको कोर्डिनेसनको भूमिकामा रहेको मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले नेपालमा आएका सबै प्लाष्टिक कम्पनीहरु रिसाइक्लिङ गर्न सकिने भएकोले यसले वातावरणलाई असर नगर्ने बताए । ‘कुन प्लास्टिक रिसाइक्लिङ गर्न मिल्ने र कुन नमिल्ने भन्ने कुरामा ध्यान दिनुपर्छ, नेपालमा आएका सबै कम्पनीहरु उद्योगहरुलाई चाहिने सामान उत्पादन गर्नेवाला हुन्, हामीले सरकारले गरेको निर्णय वेवास्ता गर्न पनि मिल्दैन, सबै प्लाष्टिक नराम्रो भन्न मिल्दैन,’ उनले भने । प्रदर्शनी मेलामा क्यारी ब्याग उत्पादन, प्रिन्टिङ तथा रिसाइक्लिङ गर्ने कम्पनीहरु सहभागी थिए । लाखदेखि करोडसम्मका मेसिनहरु प्रदर्शनीमा राखिएका थिए । भारतमा प्लाष्टिक बन्देज भएसँगै पहिलाे पटक उनीहरू व्यापार प्रवर्द्धनका लागि नेपाल छिरेका हुन् । नेपाल सरकारले के गर्ला ? नेपाल सरकारले २०७१ मा प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको कार्यान्वयनमा सरकार र प्लाष्टिक झोला व्यवसायीहरुको आ-आफ्नै सिद्धान्तबिचको लडाई माझ रुमल्लिन् पुगेको छ । सरकारले उक्त निर्णय अनुसार २०७२ बाट लागु हुनेगरी काठमाण्डौ उपत्यकामा ४० माईक्रोन मोटाई भन्दा कममा प्लाष्टिकका झोलाहरुमा प्रतिबन्ध लगाएको थियो । प्लाष्टिकको अत्याधिक प्रयोगले वातावरणलाई प्रदूषित र दुर्गन्धित बनाएको सरकारी ठम्याइ थियो । तर यसको कार्यान्वयन भने हुन सकेको छैन । विभिन्न समयमा राष्ट्रियसभा सदस्यहरूले बैठकमा प्लाष्टिकका झोला प्रयोगमा लगाईएको प्रतिबन्ध कार्यान्वयन नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले त्यसप्रति कुनै ध्यान दिएको छैन । बरु विदेशी प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरु सल्बलाउन थालेका छन् । नेपालमा करिब चार सय प्लास्टिक उद्योग छन्, तीमध्ये कुनैले प्लास्टिक उत्पादन बन्द भइसकेका छन् ।

विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षा सम्बन्धि विधेयक यसै अधिवेशनमा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि तीन विधेयकको तयारी भएको जानकारी उनले दिए । उनले बाहिर टिप्पणी गरिएजस्तो सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको जनाउँदै भने, ‘हामी पहिला एकीकृत सङ्घीय शिक्षा ऐनको तयारीमा थियौँ, त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको थियो तर अहिले तीन अलग अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा हामी लागेका छौँ ।’ मन्त्री पोखरेलले देशव्यापीरुपमा शिक्षक दरबन्दी पुनःवितरणको श्वेतपत्र जारी गरिएकाले सोबमोजिम शिक्षकहरु व्यवस्थित हुनुपर्नेमा जोेड दिँदै अपुग शिक्षकको पूर्तिका लागि विज्ञापन गरिने बताए । स्थानीय तहलाई विद्यालय शिक्षाका अधिकांश अधिकार हस्तान्तरण गरिसकिएको र ती तहले कतिपय असल अभ्याससमेत गरेको मन्त्री पोखरेलको भनाइ थियो । कार्यक्रममा समूहले विभिन्न १३ स्थानीय तहमा शिक्षाबारे भइरहेका नीतिगत र अन्य पहलका बारेमा गरेको अध्ययन प्रस्तुत गरिएको थियो ।

गैरकानूनी रुपमा यात्रु बोक्ने चौध निजी सवारी साधन परे कारबाहीमा

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारबाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पुर्याएर भाडा लिँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । “अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारी साधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारवाही गर्नेछौँ”, उनले भने। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गैरकानूनी रुपमा निजी सवारी साधनले यात्रु बोक्न नपाइने बताए । “अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारी साधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ”, उनले भने । निजी सवारी साधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने ? उनले प्रश्न गरे । यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ । रासस

हिमालयन बैंकको नयाँ शाखा लहानमा

काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सञ्चालित उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास गरेका छन् । । उक्त नयाँ शाखासहित बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।

उपेन्द्र यादवले सरकार छोड्ने, संविधान संसोधनकाे विषयमा विवाद

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले सरकार छोड्ने भएको छ । संविधान संसोधनको विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपासँग कुरा नमिलेपछि समाजवादीले सरकार छोड्ने भएको हो । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारका थियो । आज बसेको शिर्ष नेताको बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो । पार्टीको तर्फबाट अध्यक्ष यादव उपप्रधान तथा कानून मन्त्री थिए । यादव यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा थिए । मन्त्रिपरिषद पुनर्गठनमा उनको मन्त्रालय परिवर्तन गरेर कानुन मन्त्रालयमा लगिएको थियो भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संसोधनको प्रस्ताव पेश गर्न चाहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव राख्न नदिएपछि यादव सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।

कुलमान घिसिङ र डा. सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कार

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारमा २०७३ सालकाे पुरस्कार घिसिङ र २०७४ सालकाे पुरस्कार डा. रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो । कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो । घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गर्ने अभियान्ताको रुपमा र डा. सुनदुकलाई नेत्रज्योती विशषेज्ञका रुपमा सम्मानित गर्ने जनाइएको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ । हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०५९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि  उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ । विगतमा यस  पुरस्कारबाट डा. भगवान काेइराला, डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन, भाेजराज पाेखरेल लगायत ११ जना सम्मानित भएका थिए ।

सिटी सेन्टर विन्टर फेष्टमा ८० प्रतिशत सम्मको विशेष छुट

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् । युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।