‘२५० ड्युक’ र ‘२५० एनके’ मा कसको पल्ला भारी ? भिन्नता चाहिँ यस्ता छन्
काठमाडाैं । हाल नेपाली बजारमा २५० सीसी मोटरसाइकल सेग्मेन्टमा आफूलाई अब्बल तुल्याउन धेरै मोटरसाइकलहरुले प्रतिष्पर्धा गरिरहेको पाइन्छ । तर पनि पर्फमेन्स ओरियन्टेड मोटरसाइकलको उपनाम पाएका दुई मोटरसाइकल ‘केटिएम २५० ड्युक’ र ‘सिएफ मोटो २५० एनके’ ले भने आफ्नो सेग्मेन्टमा छुट्टै पहिचान बनाएका छन् । एग्रेशिभ लुक्स भएका कारणले नै यी प्रिमियम मोटरसाइकलहरु विशेषगरी युवा पुस्ताका माझ चर्चित रहेको छ भन्दा फरक पर्दैन । आज हामी भने यी दुवै बाइकहरुका विशेषता र साथै यिनीहरुका बीच रहेका विभिन्न भिन्नताहरुका वारेमा चर्चा गर्नेछौं जसबाट तपाईंलाई ती दुईमध्ये कुनै एक चयन गर्नुपर्ने अवस्थामा पक्कै सहयोग पुग्नेछ । इञ्जिन २५० ड्युकमा २४९.२ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २७ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । २५० एनकेमा भने २४८.८ सीसी सिङ्गल सिलिण्डर इञ्जिन समावेश गरिएको छ र यस इञ्जिनले ३० बीएचपीको पावर र २४ एनएमको टर्क उत्पादन गर्दछ । यी दुवै बाइकहरुमा ६–स्पिड गियरबक्स दिइएको छ । डाइमेन्सन २५० ड्युकको सिट हाइट ८३० मिलिमिटरको छ भने २५० एनकेको चाहिँ ७९५ मिलिमिटरको रहेको छ । त्यसैगरी २५० ड्युकको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने २५० एनकेको चाहिँ १५० मिलिमिटर छ । २५० ड्युकको कर्ब वेट १४९ के.जी. छ भने २५० एनकेको चाहिँ १५१ के.जी. रहेको छ । त्यसैगरी २५० ड्युकको फ्युल ट्याङ्क क्यापासिटी १३.४ लिटरको छ भने २५० एनकेको चाहिँ १२.५ लिटरको रहेको छ । ब्रेक र सस्पेन्सन उपरोक्त दुवै मोडेलहरुका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने डुअल–च्यानल एबीएस पनि दुवै मोटरसाइकलमा समावेश छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा दुवै बाइकमा अगाडितर्फ अपसाइड डाउनफर्क र पछाडितर्फ भने मोनोशक जडान गरिएको छ । टप स्पिड र माइलेज दुवै मोटरसाइकलको इञ्जिन क्षमता एउटै भएको हुनाले दुवैले लगभग उस्तै टप स्पिड र माइलेज प्रदान गर्दछन् । २५० ड्युकले १५० केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी केटिएमले दावी गरेको छ भने २५० एनकेले चाहिँ १४५ केएमपीएच प्लसको टप स्पिड प्रदान गर्दछ भनी सिएफ मोटोले दावी गरेको छ । त्यसैगरी केटिएमका अनुसार २५० ड्युकले ३० केएमपीएल प्लसको माइलेज प्रदान गर्दछ भने २५० एनकेले चाहिँ ३५ प्लसको माइलेज प्रदान गर्छ भनी सिएफ मोटोले दावी गरेको छ । अन्य २५० ड्युकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश छ भने २५० एनकेमा चाहिँ टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल समावेश रहेको छ । त्यसैगरी २५० ड्युकमा एमआरएफ कम्पनीको टायरहरु प्रयोग भएको छ भने २५० एनकेमा चाहिँ सिएसटि कम्पनीको रेडियल टायर प्रयोग भएको छ । मूल्य केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले नेपाली बजारमा २५० ड्युकको मूल्य छ लाख ४० हजार रुपैयाँ तोकेको छ । त्यसैगरी सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले चाहिँ नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
दुगड ब्रदर्सद्वारा ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न
काठमाडौं । दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि ले शनिबार ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न गरेको छ । नक्सालस्थित अप्रिलियाको स्वरुमबाट शुरु गरी चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो । उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्सका भाईस प्रेसिडेण्ट विजय कुमार महत्तोले गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० का लागि नेपालको प्राकृतिक रमणीय स्थल मध्ये एक मानिने सुन्दर चित्लाङ्ग गाउँको प्रवद्र्धनका निमित्त उक्त राईड आयोजना गरिएको थियो । नेपालको टु ह्विलर्सको ईतिहासमा सम्भवतः पहिलो पटक १ सय जना भन्दा बढी क्रेताहरुलाई नाईट आउट राईडमा लगिएको हो । युवा जमातले रुचाइएको अप्रिलिया ब्राण्डको स्कुटरको उक्त राईडलाई मार्शल सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए । सवारी चलाउँदा धैर्यता, अनुशासन र अनुभव चाहिने हुदाँ मार्शलद्वयले उक्त १ सय जनाको समूहलाई प्रोत्सान गर्दै चित्लाङ्गसम्म पु¥याएका थिए । उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरिएको थियो ।
युनिटी ट्रेडिङ्गकाे दोस्रो शोरुम ललितपुरको ग्वार्कोमा, पाँच नयाँ मोडेल प्रस्तुत गर्दै (मूल्यसहित)
काठमाडौं । बेनेली मोटरसाईकलको लागि ललितपुर जिल्लाको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रा. लि. ले ललितपुरको ग्वार्कोमा दोस्रो बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त शोरुम वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले जनाएको छ । उक्त शोरूममा कम्पनीले पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँनेछ । १५० सीसीको ‘टीएनटी१५’, १५० सीसीको ‘टीएनटी१५आई’, २५० सीसीको ‘बीएन२५१’, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ नयाँ पाँच मोडेल हुन् । कम्पनीका अनुसार नेपाली बजारमा ‘टीएनटी१५’ को मूल्य २ लाख ३० हजार रुपैयाँ, ‘टीएनटी१५आई’को मूल्य ३ लाख १५ हजार, ‘बीएन२५१’ को मूल्य ५ लाख २० हजार, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ दुबैको मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ । यी सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको कम्पनीले जानकारी दिएको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक राजन जोशीेको अनुसार यी मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र यसले १९११ देखिनै मोटरसाइकल पारखीबीच बैग्लै पहिचान बनाएको छ ।
हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई ठूलो असर पर्ने गरी चार बुँदे निर्देशन दिएको छ । हिमालयन बैंकको गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनलाई आइतबार स्वीकृत गर्दै साधारणसभा गर्न पनि बाटो खुला गरिदिएको छ । हिमालयन बैंकको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । हालसम्म यस बैंकमा सार्वसाधारण समूहको सेयर १५ प्रतिशत मात्र छ । राष्ट्र बैंकको निर्देशनसँगै हिमालन बैंकको १५ प्रतिशत प्रमोटर सेयर पब्लिकमा परिवर्तन गरिने भएको छ । प्रमोटरको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वको सवालमा बैंकभित्रको लामो विवादलाई किनारा लगाउन राष्ट्र बैैंकले चुनावी प्रक्रियाबाट सञ्चालक समिति चयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन सँगै २२ वर्ष पुरानो यस बैंकमा पहिलो पटक निर्वाचन हुने भएको छ । बैंकले साधारणसभाको लागि मिति तय गरिसकेको छैन तर आगामी साधारणसभापछि बैंक सञ्चालक समितिमा उथलपुथल हुने जानकारहरु बताउँछन् । हाल बैंक सञ्चालक समितिमा स्थान गुमाएर गुमनाम बसेको खेतान समूह सञ्चालक समितिमा फर्कने सम्भावना देखिन्छ भने हाल सञ्चालक समितिमा रहेका मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दुई दाजुभाई मध्ये एकले सञ्चालक पद गुमाउने जोखिम रहेको छ । चुनावसँग अध्यक्ष श्रेष्ठको पद पनि धरापमा पर्ने जानकारहरु बताउँछन् । दुई भाई मध्ये एक भाई मात्र सञ्चालक समितिमा निर्वाचित भएको अवस्थामा बहुमत गुम्ने र अध्यक्ष पद पनि गुम्ने बताइएको छ । खासगरी हिमालयन बैंकमा रहेको हविब बैंकको २० प्रतिशत सेयर किनेर भित्रन लागेको सीडीसीलाई रोक्न भूमिका खेलेको आरोप अध्यक्ष मनोजबहादुर श्रेष्ठमाथि लागेको छ । उनीहरुको भूमिकालाई लिएर अन्य सञ्चालकहरु, नेपाल राष्ट्र बैंक असन्तुष्ट रहेको बताइएको छ । यस बैंककाे भावी अध्यक्ष कर्मचारी संचय काेषका तुलसी गाैतम हुन सक्ने अनुमान गरिएकाे छ । त्यस्तै, हिमालय बैंकले लघुवित्तहरुमा करिव १३ प्रतिशत सेयर लगानी गरेको देखिएकोले त्यसलाई १० प्रतिशतमा झार्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । संस्थागत सुशासनको विषयमा लेखापरिक्षकले औल्याएको कैफियत र राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षणमा देखिएको कैफियतहरुलाई सुधार गर्न पनि राष्ट्र बैंकले निर्देशन राष्ट्र बैंक सम्बन्ध उच्च स्रोतले जानकारी दिएको छ । सम्बन्धित समाचार हिमालयन बैंकले म्याक्स मनिबाट साढे ३१ करोड पायो, बाँकी पैसा किस्ताबन्दीमा ३० महिनाभित्र
हिमालयन बैंकले म्याक्स मनिबाट साढे ३१ करोड पायो, बाँकी पैसा किस्ताबन्दीमा ३० महिनाभित्र
काठमाडौं । हिमालयन बैंकले म्याक्स मनीबाट ३१ करोड ४६ लाख रुपैयाँ पाएको छ । मलेसियाको केन्द्रीय बैंक ‘बैंक नाग्रा मलेसिया’ले नेपाल राष्ट्र बैंकको खातामा सोमबार पैसा पठाईदिएको हो । बैंक नाग्रा मलेसिया २७ लाख ६० हजार अमेरिकी डलर राष्ट्र बैंकको खातामा जम्मा गरेको जानकारी आफूले राष्ट्र बैंकबाट पाएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । हिमालयन बैंक र म्याक्स मनिबीच रेमिट्यान्स कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ लाख अमेरिकी डलर फसेको थियो । ‘२७ लाख ६० हजार अमेरिकी डलर आयो । बाँकी पैसा ३० महिनाभित्र मासिक किस्तामा भुक्तानी गर्न सहमति भएको छ’ राणाले विकासन्युजसँग भने –‘बाँकी पैसाको व्याज समेत जोडर आउँछ ।’ म्याक्स मनीसँगको पैसा असुलीमा नेपाल राष्ट्र बैंक र गभर्नर डा. चिरञ्जीवि नेपालको भूमिका निकै महत्वपूर्ण रहेको राणाले बताए । हिमालयन बैंकसँगको कारोबारमा विवाद गरेपछि राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न रोक लगाएको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल आफैले बैंक नाग्रा मलेसियाका गभर्नरलाई पत्र लेखि म्याक्स मनिबाट पैसा असुल गर्न सहयोग मागेका थिए ।
नेपाल पुनर्बिमा कम्पनीको सीईओमा शंकरकुमार रायमाझी नियुक्त
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रायमाझीले आगामी चार वर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । उक्त सीईओ पदमा ६ जनाको आवेदन परेको थियो जसमध्ये २ जना पहिलो चरणबाटै बाहिरिएका थिए । बाँकी ४ मध्येमा रायमाझीलाई नियुक्त गरिएको हो । कम्पनीको सीईओ पदको लागि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, नबिल बैकका पूर्व व्यवस्थापक ज्ञानेश्वर आचार्य, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य र युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल र नेपाल पुनर्बिमा कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारीले आवेदन दिएका थिए ।
गोर्खा चाइनिज इटाको डिलरशिप आह्वान, देशभरी विक्री वितरण गर्ने
काठमाडौ । गोर्खा चाइनिज इटाले देशभरी विक्री वितरणको लागि डिलरशिप आह्वान गरेको छ । देशभरकै उपभोक्ताले छिटो छरिताे तथा सहज रुपमा कम्पनीका इटाहरु खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले डिलरशिप खोजेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णराम देउपालाले इटाको माग देशभरि हुन थालेपछि आफूहरुले डिलरशिप खोजेको बताए । यो इटाको आकारप्रकार चिटिक्क मिलेर आकर्षक भई फेसवालको रुपमा लगाउन मिल्ने हुनु, तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने भएकोले यसको माग देशभरिबाट हुन थालेको उनले जनाए । टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटा हालसम्म प्रदेश २ को वर्दिवास, प्रदेश ३ को मुडे र चरिकोट, प्रदेश ४ को पोखरालगायतका ठाउँंहरुमा आपूर्ति भइसकेको कम्पनीले जनाएको छ । इटाको साइज साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटाको साइज ठूलो भएको कारणले गर्दा एक घनमिटर वाल लाउँंदा चार सय १० वटा मात्रै इटा लाग्ने कुरा कम्पनीले जनाएकाे छ । जवकि साधारण इटाबाट एक घनमिटर वाल लगाउँंदा पाँच सय ५० वटा इटा लाग्ने गर्दछ । वाल लगाउँंदा सर्फेस प्लेन हुनाले सिमेन्ट मोर्टारको मात्रा ३० देखि ४० प्रतिशतले कम मात्रै भए पुग्ने गर्दछ । यति मात्रै नभई यो इटा एकैनासको हुन कारणले गर्दा प्लाष्टर गर्नुपर्दा २० देखि ३० प्रतिशत सिमेन्ट मोर्टार वच्दछ । बनेपाको वासडोलबाट इटाको आपूर्ति काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर पठाउदा इटाको दररेटमा खासै तात्विक भिन्नता नआउनेसमेत कम्पनीले जनाएको छ । साधारणतया काठमाडौं उपत्यकाभित्र सानो दुई हजार गोटा इटा बोक्ने गाडीबाट ढुवानी गर्दा प्रतिगोटा दुई रुपैयाँं भाडा लाग्छ भने काठमाडौं बाहिरका सहरहरु पोखरा तथा वर्दिवासमा प्रतिगोटा तीन रुपैयाँं ५० पैसा मात्रै भाडा लाग्ने जनाइएको छ । यो भनेको काठमाडौंमा भन्दा प्रतिगोटा एक रुपैयाँं ५० पैसाले मात्रै वढी हो । उपत्यकाबाहिर आपूर्ति गर्दा काठमाडौंमा सामान लिएर आएका खाली जानुपर्ने ठूला आठ हजार वटा इटा बोक्ने टकहरुबाट हुने गर्दछ । काठमाडौंबाट खाली जानुको सटा मालबाहक टकहरु सस्तै ढुवानी दरमा काठमाडौं बाहिर सामान बोकेर जान्छन् । यसैले उपत्यकाबाहिर पनि कम भाडादरमै इटा पुग्न सकेको हो । कम्पनीले उपत्यकाबाहिरको लागि इटा लोड गर्दा विशेष सावधानी अपनाउने गर्दछ । यसकारण ढुवानीको क्रममा इटाहरु एक आपसमा जढी फुटने, विग्रने सम्भावना ज्यादै कम हुन्छ । यसकारण कारखानाबाटै लोड गरिएका अधिकतम ईटाहरु बाहिरी फेसवालको रुपमा प्रयोग गर्न सकिने कम्पनीको दावी छ । काठमाडौं उपत्यकामात्रै सिमित चाइनिज इटाबाट फेसवाल लगाउने चलन हाल उपत्यकाबाहिर पनि चल्तीमा आएको छ । त्यसकारण काठमाडौं उपत्यकाबाहिर पनि फेसवालको माग दिनदिनै बढ्दो छ ।
प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ को शीर्ष प्रायोजन गर्ने
काठमाडाैं । डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ। प्रोस्टाइलले ग्रुपअफ इभेन्ट ईन्टरटेनर (जीईई) सँग सम्झौता गर्दै उक्त प्रतियोगिताको शीर्ष प्रायोजन गर्न लागेकाे हाे । प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई) सँगै २३ डिसेम्बर २०१९ मा जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्टइन्टरनेशनल नेपाल२०२० को आवेदन खुला गरिएको जनाएको छ।योसँग संगै प्रोस्टाईल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ। सोही प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लग-इन गरी फर्म डाउनलोड गर्न सकिनेछ । त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुन पर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाण्डुमा हुनेछ भने विजेताले नेपाललाई म्यान हन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ।दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। डाबर नेपालका सेल्स एवं मार्केटिंग प्रमुख उपेन्द्र प्रधानले भने, “डाबर नेपालले जीईईसँग साझेदारी गरी धेरै वर्षदेखि सफलतापूर्वक यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । त्यस्तै प्रोस्टाइल डाबर नेपालको पुरुष लक्षित एउटा यस्तो ब्रान्ड हो जुसले स्टाइलिस, कुल र कन्फिडेन्ट बन्न मद्दत गर्छ। म विश्वस्त छु यस वर्षको प्रतियोगिता र प्रतियोगीहरुले पनि ब्रान्डको मूल मन्त्रलाई समातेर अघि बढ्नेछन् ।” साथै सोही समारोहमा प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२०मा फिलिपिन्समा हुन गइरहेको म्यान हन्ट इन्टरनेशनल २०२० का लागि विदाई गरिएको थियो। गत वर्षको प्रतियोगितामा दोस्रो तथा तेस्रो भएका प्रशान्तजंग शाह र आर्यन सिटौलाले क्रमशः मिस्टर इन्टरनेशनल २०१९, फिलिपिन्स तथा मिस्टर ग्लोबल २०१९, थाईलैंडमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्। प्रोस्टाइल एउटा अद्वितीय उत्पादन हो । नेपालमै पहिलो पटक पुरुषका विशेष आवश्यकता लक्षित गरी उत्पादन गरिएको हेयर आयल हो। प्रोस्टाइलसँग अब प्रोस्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर आयल, प्रोस्टाइल सफ्ट एण्ड शैनी हेयर आयल र प्रोस्ट्राइल हेयर क्रीम ब्रान्ड बजारमा विभिन्न प्याकहरूमा उपलब्ध छन् । इच्छुकले https://www.facebook.com/manhuntinternationalnepal/ मा लगइन गरी यो प्रतियोगितामा सहभागी हुन सक्नेछन्।