विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, के होला निर्णय ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ । ‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ, बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ’, घेब्रेयससले भनेका छन् । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाका सञ्चार माध्यामहरुले जनाइएका छन ।

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएकाे जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताए ।  आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने जनाएकाे छ । महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिए । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ । यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ । रासस/एएनआई

दक्षिण कोरियाको एक गोदामघरमा आगलागी हुँदा ३८ जनाको मृत्यु

 सियाेल। दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटको एक गोदामघरमा आगलागी हुँदा ३८ व्यक्तिको मृत्यु भएको छ। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको जनाएका छन् । कम्पनीमा आगलागी हुनु भन्दा अगाडी ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए । यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्टिय संचार माध्यमले जनाएको छ ।