अमेरिका विरुद्ध आर्थिक र सैन्य गठबन्धन बनाउँदै चीन र रुस
रूस । चीन र रुसले अमेरिका विरुद्ध सैन्य तथा आर्थिक गठबन्धन बनाउन सुरु गरेका छन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका विरुद्ध गठबन्धन तयार पारेका हुन् । अब यी दुई मुलुकले मस्को र बेइजिङले द्धिपक्षिय व्यापारमा डलरको प्रयोग गर्ने छैनन् । चीन र रुसले व्यापारका क्रममा अब डलरको साटो आफ्नै मुद्राको उपायेग गर्नेछन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समयमा दुई देशका प्रमुखबीच यस्तो सहमति भएको हो । रुसले शितयुद्धपछि आयोजनाको गरेको सबै भन्दा ठूलो सैन्य अभ्यासमा ३ हजार भन्दा बढी चिनियाँ सेनाहरुले सहभागीता जनाईरहेका छन् । संयुक्त सैन्य अभ्यास र द्धिपक्षिय व्यापारमा डलरलाई निषेध गरेर यी दुई मुलुकले अमेरिका विरुद्ध गठबन्धन बनाएका हुन् । अमेरिकाले चीन र रुसमा उत्पादिन समानहरुमा कर वृद्धि गरेपछि सम्बन्ध चिसिँदै आएको छ । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए । रासस
विद्युतीय यातायात सम्बन्धी नीति बनाउँदै भारत, नेपालमा कहिले ?
नयाँ दिल्ली । गतिशीलता आर्थिक विकासको महत्वपूर्ण संवाहक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले छिट्टै विद्युतीय तथा यातायातका लागि वैकल्पिक इन्धनबारे नीति ल्याउने बताएका छन। ‘मुभ ग्लोबल मोविलिटी समिट’ लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीले भने, हामीले छिट्टै विद्युतीय गाडीका लागि स्थिर खालको नीति ल्याउने बताए । हाम्रा धरोहर र आगामी सन्ततिप्रतिको प्रतिवद्धता भएकाले त्यसका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । अन्य मुलुकमाजस्तो प्रतिव्यक्ति गाडी सङ्ख्या कम रहेकोले भारतसँग प्राकृतिक शक्ति र तुलनात्मक रूपमा सुअवसर रहेको छ । उनले भने, “गतिशीलता आर्थिक विकासको मुख्य संवाहक हो । राम्रो परिवर्तनले यात्रु र यातायातको भारलाई कम गर्छ र अर्थतन्त्रलाई वढावा दिन्छ । यसले नयाँ पिँडीलाई रोजगारीका अवसर सिर्जना गर्छ ।” भारतीय प्रधानमन्त्रीले भने, “वास्तवमा भारत चलायमान छ । भारतीय अर्थतन्त्र चलायमान छ । हामी विश्वमा शीघ्र आर्थिक वृद्धिका लागि नमूना राष्ट्र बन्न सफल भएका छौँ । हाम्रा शहर र बजारमा वृद्धि छ । हामीले शीघ्र गतिमा सडक, विमानस्थल, रेलमार्ग र बन्दगाह निर्माण गरिरहेका छौँ ।” उनले भारतमा गत बर्ष उल्लेखनीय मात्रामा सामान तथा सेवाकरमा वृद्धि आएको र सामानको बजार कायम भएको बताए । प्रधानमन्त्री मोदीले साझा, जोडिएका, विश्वशनीय, भीडभाडरहित, सफाईजस्ता भारतीय विकासका लागि आफ्नो दृष्टिकोणलाई उक्त अवसरमा सार्वजनिक गरे । शुक्रबार भएको कार्यक्रममा विश्वभरबाट करिब २०० विज्ञहरूले सहभागिता जनाएका थिए ।
ऋणमा डुबेको अफ्रिकालाई जोगाउन चीनको राहत प्याकेज, ६० अर्ब डलर सहयोग
बेइजिङ । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन । राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेका छन र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको सिएनएनले जनाएको छ । यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकहरूमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेज बाहेक पनि अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको पनि अमेरिकी टेलिभिजन न्यूज च्यानल सिएनएनले जनाएको छ । सीले उक्त प्याकेज बाहेक चीन–अफ्रिका व्यापार प्रदर्शनी स्थापना गर्ने, खाद्यान्न सहयोगका लागि एक अर्ब ४६ करोड अमेरिकी डलर सहयोग, अफ्रिकी सामानको चीनमा आयात गर्ने तथा अफ्रिकामा हरित विकास कार्यक्रमका लागि सहयोगको आश्वासनसमेत दिए । चिनियाँ राष्ट्रपतिले चीनले अघि सारेको ‘बेल्ट एन्ट रोड इनिसियटिभ’ (बिआरआई)का लागि पनि अफ्रिकी राष्ट्रहरूलाई आह्वान पनि गरेका छन । उनले अफ्रिकी व्यापारीहरूलाई दशौँ खर्ब अमेरिकी डलर भौतिक निर्माणका लागि लगानी गरिने बिआरआईमा लगानी गर्नसमेत आग्रह गरे । सन् २००० पछि अफ्रिकी मुलुकहरूले एक खर्ब ३० अर्ब ऋण तथा अन्य सहायता चीनबाट लिएका छन् । उनीहरूले उक्त रकम भौतिक निर्माणसम्बन्धि आयोजनाहरूमा लगाएका छन् । अन्तराष्ट्रिय मुद्रा कोषले केही समय पहिले अफ्रिका कर्जा सङ्कटको सामना गरिरहेको भनी चेतावनी दिएको थियो । अहिले चीन अफ्रिकासँगको सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो । अफ्रिकामा चीनपछि क्रमशः फ्रान्स, भारत र अमेरिकाले ठूलो लगानी गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सेनेगल, मौरिसस,रुवाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरी उक्त क्षेत्रमा बेइजिङको सहयोगको महत्वपूर्ण उपस्थितिको औचित्य प्रष्ट पार्ने प्रयास गरेका हुन । रासस