डोनाल्ड ट्रम्प भन्छन्: ओबामा र बाइडनलाई जेल हाल्नु पर्छ

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् । उनल्ओे बामा र बाइडन माइकल फ्लिनको मुद्दामा  दोषी रहेको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे, म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने । त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताएका छन् ।

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

बेइजिङ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९ सय ४७ पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २ सय २७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ । रासस/पिटिआई

कोरोना रोक्न नसकेको भन्दै ओबामाले गरे ट्रम्पको आलोचना

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाको संक्रमण फैलिएसँगै वर्तमानलाई लिएर कडा आलोचना गरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन् । स्थानीय समयअनुसार शनिबार राति यो वर्ष कलेजबाट दीक्षित विद्यार्थीको भर्चुअल दीक्षान्त समारोह उद्घाटन क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरे । सत्तामा रहेको व्यक्तिले सधैं आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने गरेको भन्दै पूर्वराष्ट्रपति ओबामाले दीक्षित विद्यार्थीसामु ट्रम्पको नाम नलिईकन आलोचना गरेका हुन् । कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले पर्याप्त प्रयास गर्न नसकेको ओबामाको आरोप छ । एक हप्ताअघि पनि ओमबामले आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेका व्यक्तिहरूसँगको छलफलमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए । शनिबार हिस्टोरिकल ब्ल्याक कलेज तथा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकता छर्लंग पारेको छ ।’