अष्ट्रेलियामा आजबाट लकडाउन सुरु
काठमाडौं । अष्ट्रेलियामा आजबाट लकडाउन सुरु भएको छ । अत्यावश्यक ठाउँहरु बाहेक अष्ट्रेलियामा सबै ठाउँहरु आजबाट बन्द गरिने भएकाे हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आजबाट लकडाउन गर्न घोषण गरेका हुन् । क्यासिनो, बार, नाईटद क्लब, सिनेमा घर, जिम सेन्टर जस्ता मनोरन्जनका स्थानहरु बन्द हुनेछन् भन रेष्टुरेन्टहरुमा टेकअवेको मात्र व्यवस्था हुनेछ । सुपरमार्कट, पेट्रोल स्टेसन, फामेर्सी, अस्पताल, सपिङ मल, बैंकहरु खुला हुनेछन् । यसका साथै पार्क जस्ता सार्वजनिक ठाउँहरु पनि खुला हुनेछन् । यद्यपी विद्यालयहरु बन्द नहुने मोरिसनल बताएका छन् । तर अभिभावकहरुले चाहेको अवस्थामा आफ्ना छोराछोरीलाई घरमै राखेर अनलाईन कक्षाहरु उपल्बध भए लिन सक्ने उनले बताएका छन् । यस्तै अष्ट्रेलिया बासीहरुलाई पुर्ण रुपमा घरबाट निस्कन रोक भने लगाईएको छैन । उनीहरुलाई मानिसहरुसँग बाहिर निस्कँदा कम्तिमा पनि एक मिटरको दुरी राख्न आग्रह गरिएको छ । यस्तै उनीहरुलाई अनावश्यक यात्राहरु पनि नर्गन अनुरोध गरिएको छ ।
अस्ट्रेलिया सरकारले गर्याे ४० अर्ब डलरको राहत घोषणा
सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताएको छ । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको जानकारी दिए । उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७ सय ५० अस्ट्रेलियाली डलर नगद दिइनेछ । अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए। कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ । अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १ हजार ३ सय पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएको छ । रासस/एएफपी
उत्तर कोरियाद्वारा छोटो दुरीका दुई क्षेप्यास्त्र प्रहार
सोल । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ । रासस/एएफपी