बेल्जियमको एक बिरालोमा देखियो कोरोना भाईरस
बेल्जियम । बेल्जियका स्वास्थ्य अधिकारीहरुले एक बिरालाेमा उसको मालिकबाट कोरोना भाईरस (कोभिड १९) सरेको बताएको छ । मानिसदेखि जनावारमा यसरी रोग सर्नु निकै नै दुर्लभ केस रहेको उनीहरुले बताएका छन् । भाईरोलोजिस्ट स्टेफन भ्यान गच्टले शुक्रबार एक प्रेस सम्मेलनमा बिरालोमा कोभिड १९ पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यम द बे्रसेल्स टाईम्सले जनाएको छ । मालिकले बिरालो बिरामी हुनुभन्दा एक हप्ता अघिदेखि कोभिड-१९ को लक्षण देखिएको बताईएको छ । यसअघि हंङकङमा दुई कुकुरमा कोभिड-१९ देखिएको थियो । तर बिरालोमा संक्रमण देखिनु कुनै नौलो कुरा नभएको र अहिलेसम्म बिरालेबाट मानिसमा संक्रमण हुने कुनै पुष्टि नभएको पशु चिकित्सकहरु बताउँछन् ।
श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ
कोलोम्बो । श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कफ्र्यु लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिडडुल गर्न निषेध गरेको छ । सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६ जना जनालाई पक्राउ गरिएको छ भने, १ हजार १ सय २५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए । प्रहरी नियन्त्रणमा परेका मुिस्लम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ । श्रीलङ्कामा कोरोना भाइरसबाट १ सय ६ जना संक्रमित भएकाले कफ्र्यु लगाइएको हो । रासस/एपी
संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन । बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ । राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै ४ हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन । रासस/एपी