बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, डाक्टर र नर्सहरुलाई दिए धन्यवाद
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन् । उनलाई कोरोना भाइरस संक्रममण भएको कारण लन्डनको एक अस्पतालमा उपचार भइरहेको छ जहाँ उनलाई केही दिन अघि आईसीयूमा भर्ना गरिएको थियो। उनको अहिले अवस्थामा सुधार आएको अन्तर्राष्ट्रिय स१चार माध्यमले जनाएका छन् । तर, उनले केही समय भने आराम नै गर्नु पर्नेहुन्छ । उनको अनुपस्थितिमा, विदेश मंत्री डोमिनिकले जिम्मेवारी सम्हालिरेहेका छन् । बीबीसी हिन्दी
मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’
क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ । प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताए । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उनको भनाई छ । “हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भने । कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताए । उनले भने, “कोरोना भाइरस विरुद्धको लगाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ ।” मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ । गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो । त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागु हुनेछ । औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गरे । लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्ने अधिकारीहरुले बताएका छन् । शुक्रबारसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ । रासस/एएनआई
कोरियामा रहेका नेपालीले पठाए ४ हजार थान कोरोना परीक्षण कीट
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ । कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर ती सामग्री नेपाल पठाइएको हो । स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आज अपराह्न नेपाल आइपुग्ने बताइएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियन्ताको सहकार्यमा सहयोग सङ्कलन अभियान सञ्चालन भएको थियो । अभियान शुरु गरेको चार दिनमै रु एक करोड ४० लाख ७९ हजार ७७५ सङ्कलन भएको एनआरएन दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए । मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीलाई एनआरएनएले आग्रह गरेको थियो । कोरियामा उत्पादित कीटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिने बताइन्छ । यसको मूल्य प्रतिकीट २० डलर पर्छ । पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीईलगायतका सामान नेपाल पठाइएको हो । कीटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै कीट खरिद गरी बिहीबार दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिए । यसैगरी दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको महासचिव सुवेदीले जानकारी दिए । दोस्रो चरणको सहयोग चार्टर्ड विमानको अभावमा चीनको ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले जनाएको छ । रासस