विश्व स्वास्थ्य दिवस आज, के गर्दै छ स्वास्थ्य संगठन ?

‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा स्थापना गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । “कोही त मर्दा डाक्टरको चाकरी कोही त मर्छन अस्पताल नहेरि, हाम्रो नेपालमा” अहिले हामी विश्व स्वास्थ्य दिवस मनाउनु भन्दा पनि कोरोना कसरी अत्यन्त  बनाउने भन्ने तिर लागेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगाएत विभिन्न राष्ट्रलाई यो कोरोना कसरी निर्मुल  बनाउने भने तिर लागेको छन् । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले १० हजार नागरिकका लागि ५ जना चिकित्सक चाहिने मापदण्ड तोकेको छ । तर, नेपालमा कति बिरामीलाई कति जना चिकित्सक आवश्यक हो भन्ने नीति नै छैन । अझ बिरामीको चाप बढ्दा भुईमै राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ र मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् ।  स्वस्थ्य समस्या समाधानका लागि सबै सचेत हुनुपर्ने अवस्था छ । सरकारले घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य राखेको छ। तर, धेरै नेपालीले अझै पनि अस्पताल नै नहेरी मृत्युवरण गर्नुपर्ने दयनीय अवस्था छ । यो समस्या समाधानका लागि भौतिक संरचना निर्माण, जनशक्ति उत्पादन र औषधिको व्यवस्थापनमा उचित ध्यान दिनु जरुरी छ । विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् । कोरोना महामारी अत्यन्त होस्

काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’मा सारियाे

काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे छ ।

कोरोनाका बिरामीलाई आईसीयूमा राख्नुको मतलव के हो ?

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के हो ? आईसीयू त्यस्तो विशेष वार्ड हो जहाँ गम्भीर रुपका विरामीहरुको इलाज गर्न र उनीहरुलाई बढि ध्यान दिन सकियोस् भन्ने हेतुले बनाइएको हुन्छ । आईसीयूमा बिरामीहरुको संख्या कम हुन्छ र मेडिकल स्टाफहरुको संख्या ज्यादा हुन्छ ताकि आवश्यकता पर्नासाथ विरामीलाई पर्याप्त रुपमा ध्यान दिन सकियोस् । आईसीयूमा विरामीको गहन निगरानीका लागि उपकरण लगाइएको हुन्छ । कस्ता विरामीलाई आईसीयूको जरुरत पर्छ ? कुनैपनि विरामीलाई आईसीयूमा किन भर्ना गरिन्छ ? यसका अलग अलग कारण हुन सक्दछन् । कसैलाई गम्भीर सर्जरीपछि उसको हेरविचारका लागि आईसीयूमा राख्ने गरिन्छ भने कसैलाई चाहिँ गम्भीर दुर्घटनामा परि घाइते भएको अवस्थामा । प्रधानमन्त्री बोरिस जोनसोनलाई चाहिँ यसकारण आईसीयूमा राखिएको हो कि उनको स्वास्थ्यमा कोरोना संक्रमणको लक्षणमा कुनैपनि सुधार आएको थिएन । यसैकारण डक्टरहरुले उनलाई आईसीयूमा भर्ना गर्ने सल्लाह दिए ताकि स्वास्थ्य स्थिती विग्रियो भने समय रहँदै आवश्यक उपचार गर्न सकियोस् । गत आइतवार उनलाई सेंट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको कारण फोक्सोलाई नोक्सान पुग्न सक्छ र प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि श्वास लिन केहि अप्ठ्यारो महसुस भइरहेको थियो । त्यहीपनि अहिलेसम्म उनलाई भेन्टिलेटरमा राख्न आवश्यक परेको चाहिँ छैन । के हुन्छ आईसीयूमा ? आईसीयूमा भर्ना भएका जोसुकै विरामीलाई पनि भेन्टिलेटरमा राख्न जरुरी हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण गरिन्छ ताकी विरामीको श्वास चलिरहोस् । कोहि विरामीलाई श्वास लिनमा मद्दत पुगोस् भनेर सीपीएपी नामको मेशिन पनि लगाइने गरिन्छ । यसमा एउटा मास्कको सहायताले अक्सिजन हल्का दवावको साथ दिइने गरिन्छ । आईसीयूमा भर्ना भएको विरामी विभिन्न किसिमका मेशिन, ट्यूब, वायर र केवलहरुसँग जोडिएका हुन सक्छन् जसको माध्यमबाट उसको शरीरका अंगहरुको हलचललाई नाप्ने गरिन्छ । बिरामीलाई नशाबाट इन्जेक्शन बाहेक पोषक तत्व पनि दिन सकिन्छ । सेंट थोमस अस्पतालको आईसीयूमा यस अघि पनि कोरोना भाइरसका विरामीको उपचार भइसकेको छ । निक्कै गम्भीर मामलामा लाइफ सपोर्ट सिस्टम जसलाई ईसीएमओ भनिन्छ, को पनि प्रयोग गर्न सकिन्छ । यसले मुटु र फोक्सोका लागि काम गर्दछ । आईसीयूबाट ठिक हुँदा आईसीयूमा जसै विरामीको स्वास्थ्य स्थिती राम्रो हुन्छ तव उसलाई अस्पतालकै अरु कुनै वार्डमा सिफ्ट गर्ने गरिन्छ । यसो गर्नाले अन्य विरामीका लागि आईसीयू उपलब्ध हुन पाउँछ । कोहि बिरामीले आईसीयूबाट दुईचार दिनमै विदा पाउँछन् भने कसैले चाहिँ एक देखि दुई हप्ता वा महिना दिन सम्म पनि आईसीयूमै गुजार्नुपर्ने हुन्छ । (बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)