उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान
काठमाडौं । उत्तर र दक्षिण कोरियाको सेनाबीच सिमानामा आइतबार बिहान गोली हानाहान भएको छ । दक्षिण कोरियाले समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको थियाे । साे गाेलीकाे जवाफमा दक्षिण कोरियाले पनि गोली नै हानेको जानकारी बाहिर आएको छ । दुई देशबीचको गोली हानाहानमा कोही पनि घाइते भने भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ। करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ-अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो। दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्
जो कोरोना संकटका वेला अर्बपति बने
काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । उनको जन्म चीनको शानडोंग प्रान्तमा भएको थियो । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर रहेको छ । एरिक बिल गेट्सबाट प्रभावित थिए । उनी संसारको सबैभन्दा धनी मुलुकमा पुग्न चाहन्थे । ९० को दशकमा क्यालिफोर्निया स्थित टेक्नोलोजी कम्पनीमा उनी सामेल हुन चाहन्थे । अमेरिकामा बस्न र काम गर्ने इजाजत पाउनु अघि आठ पटक सम्म उनको भिसा एप्लिकेशन रद्द भएको थियो ।विभिन्न चुनौतिहरुका बाबजुद पनि सन् १९९७ मा २७ वर्षका एरिक नयाँ जिन्दगी शुरु गर्नका लागि अमेरिकाको सिलिकन भ्याली पुगे । त्यहाँ उनले ‘वेबएक्स’ नामक टेक्नोलोजी फर्ममा प्रोग्रामरका रुपमा काम पाए । केही वर्ष भित्रैमा सो कम्पनीलाई अर्को ठूलो कम्पनी ‘सिस्को सिस्टम्स’ ले किन्यो । त्यहाँ भने उनी इन्जिनियरिंग डिपार्टमेन्टको चिफ बने । सन् २०११मा उनले सो कम्पनीका अधिकारीहरुलाई एउटा त्यस्तो भिडियो कन्फ्रेन्सिंग एप डेभलप गर्ने आइडिया दिए जसलाई डेस्कटप र ट्याब्लेटमा मात्र नभई मोवाइल फोनमा पनि एक्सेस गर्न सकिन्थ्यो । तर कम्पनीले उनको आइडियालाई अस्विकार गरिदियो । एरिक रुकेनन्, उनले आफ्नो बिजनेस ‘जूम’ शुरु गर्नका लागि राजिनामा दिए । राजिनामा त दिए तर आफ्नो प्रोजेक्टका लागि पैसा जुटाउनु सवैभन्दा गाह्रो काम थियो । लगानी गर्न सक्नेहरुले पनि यो किसिमको ब्यापारको अब काम छैन भन्दै पन्छिन थाले । तर एरिकले हार मानेनन् र आफ्नो परिवार तथा साथीहरुसँग केही पैसा ऋण लिए । एरिकका अनुसार यदी कुनै व्यापार शुरु गर्नुछ भने त्यसको टाइमिंग एकदम महत्वपूर्ण हुन्छ । स्मार्टफोन तथा क्लाउड कम्पनीहरुको विस्तारले ‘जूम’ जस्तो प्रोडक्टका लागि अनुकूल परिस्थिती बनाइदिएको थियो । उनी भन्छन्, “यो विजनेशको वारेमा मेरी श्रीमती पनि आश्वस्त थिइनन् तर मैले भनें कि यो एउटा लामो र गाह्रो यात्रा हो । मलाई यसको अन्दाजा पनि छ । तर यदी मैले कोशिस नै गरिनँ भने पछि म पछुताउने छु । गत डिसेम्वरसम्म सामान्य रुपमा उनको कम्पनी चलिरहेको थियो । तब अचानक अप्रत्यासित रुपमा अवस्था बदलियो । संसारका सामू कोरोना भाइरस नामको माहामारी देखापर्यो । जब दुनियाँभरीको वित्तीय बजार डुबिरहेका थिए त्यतिवेला ‘जूम’ को सेयर १४ प्रतिशतका दरले बढिरहेको थियो । डिसेम्वरसम्म दैनिक १ करोड यूजर आउने गरेको ‘जूम’ मा मार्च महिनासम्म आइपुग्दा त्यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीका अनुसार अप्रिल महिनामा त अझ यो संख्या बढेर ३० करोड पुगिसकेको छ । अनुमान गरिएको छ कि पछिल्लो ३ महिनामा एरिक युआनको सम्पत्ति ४ अर्ब डलर बढ्न गएको छ । किनकी लगभग पूरै दुनियाँ लकडाउनमा छ र मानिसहरुलाई एकअर्कासँग कुरा गर्नका लागि एउटा प्ल्याटफर्मको आवश्यकता परेको छ । (श्रोत बीबीसी)
२० दिन पछि देखा परे किम जोंग
काठमाडौं । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार त्यहाँका शासक किम जोंग–उन लगभग २० दिनपछि बल्ल देखा परेका छन् । उक्त मिडियाका अनुसार किम आफ्नी बहिनी किम यो जोंग लगायत धेरै जना वरिष्ठ अधिकारीहरुका साथमा एउटा खाद बनाउने उद्योगको उद्घाटन गर्न पुगेका थिए । किमको उपस्थिती थियो भन्ने खालका तस्वीरहरु नबाहिरिएकोले गर्दा उक्त मिडियाको रिपोर्टलाई स्वतन्त्र रुपले पुष्टि भने गर्न सकिँदैन । गत अप्रिल १२ मा सार्वजनिक रुपमा देखापरेका किम त्यसपछि भने महत्वपुर्ण कार्यक्रमहरुमा पनि उपस्थित भएका थिएनन् । लामो समयसम्म नदेखिएका हुनाले उनको स्वास्थ्यको विषयलाई लिएर संसारभर विभिन्न अड्कलवाजीहरु शुरु भएका थिए ।