मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका हुन् । उनले यस आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्‍ने बताएका छन् । उनले यो रकम भनेको भारतको कुल जीडीपीको १० प्रतिशत भएकोसमेत जानकारी दिए । भारतको कुल गार्हस्थ उत्पादन २.९ ट्रिलियन डलरबराबर छ। ‘२० लाख करोड रुपैयाँको प्याकेज २०२० मा देशको विकास यात्राको नयाँ गतिशिलता प्रदान गर्नेछ । आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी र ल मा बल दिइएको छ, यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्‍ने छ,’ उनले भने । यो आर्थिक प्याकेजले भारतीय उद्योग जगतका लागिसमेत विशेष भूमिका निर्वाह गर्ने मोदीले जानकारी दिए । मोदीले भारतमा लकडाउन अझै लम्ब्याइने तर त्यो बिल्कुल फरक स्वरुपको हुने बताए। उनले भारत २१ औँ शताब्दीको शक्ति बन्ने हो भने आत्मनिर्भर बन्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

रुसको अस्पतालमा आगो लाग्दा ५ जना काेराेना सङ्क्रमितकाे मृत्यु

काठमाडौं । रूसमा काेराेनाकाे उपचार भइरहेकाे अस्पतालमा आगो लाग्दा ५ जनाकाे मृत्यु भएकाे छ । रुसको सेन्ट पिटर्सबर्गस्थित एक अस्पतालमा आगलागी हुँदा सघन उपचार कक्षमा उपाचाररत ५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा शर्टसर्किट हुँदा आगलागी सुरु भएको रुसी समाचार संस्थाले जनाएकाे छ । अस्पतालबाट १ सय ५० जनाको उद्धार गरिएको र आगलागी नियन्त्रणमा आएको त्यहाँको आपत्कालीन मन्त्रालयले बताएको छ ।

ह्वाइट हाउसमा मास्क लगाउनु पर्छ, ट्रम्पले भने – मेरो लागि अर्डर नगर

काठमाडौं । ह्वाइट हाउसका दुई जना सहायक काेरोना संक्रमणले सकारात्मक पाए पछि सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ । देशभरी नै काेराेनाकाे संक्रमण बढ्दै गएसँगै ह्वाइट हाउसमा काेराेना देखिए पछि राष्ट्रपति ट्रम्पले  सबै कर्मचारीहरूलाई मास्क लगाउनु भनेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको सहयोगी बिरामी हुँदा जारी गरिएको हो । यद्यपी जब राष्ट्रपति ट्रम्प आफैं मास्क ब्रीफिंगका लागि कुनै मास्क बिना नै आइपुगे, प्रश्नहरू उठ्न थाले पछि ट्रम्पले भने सो आदेश पालन गर्नु आग्रह गरेका हुन् भने आफूले माक्स लगाउनु आवश्यक नरहेको बताए । किनभने उनी टाढा थिए । उनले भने, ‘हरेक दिन सयौं व्यक्तिहरु व्हाइट हाउस आउँछन् । मलाई लाग्छ कि हामी संक्रमणलाई रोक्नको लागि राम्रो काम गरिरहेका छौं।’ तीन जना व्हाइट हाउसका कर्मचारीहरू एकान्तवासमा रहेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । त्यस्तै २ लाख ६२ हजार उपचारपछि निकाे भएका छन् ।  (बीबीसीकाे सहयाेगमा)