अर्बपति अडानीको लगानी अब मेटलमा पनि, ५.२ अर्बको लागतमा खोले उद्योग
काठमाडाैं । भारतका उद्योगपति तथा अर्बपति गौतम अडानीले मेडल उद्योगमान पनि लगानी गर्ने भएका छन् । अडानी इएन्टरप्राइजेजले अब मेटल क्षेत्रमा पनि प्रवेश गर्ने घोषणा गरेको हो । अडानी इन्टरप्राइजेजले कुल ५.२ अर्ब भारतीय रुपैयाँ लगानीमा अल्युमिना रिफाइनरी उद्योग स्थापना गर्न लागेको हो । अडानी समुहले गत वर्षको डिसेम्बर महिनामा मुन्द्रा एल्युमिनियम लिमिटेड नामको कम्पनी बनाएको स्थापना गरेको थियो । अडानी समूहले एकपछि अर्को नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । सो समूहले हालै हालै मात्रै दुरसञ्चार क्षेत्रमा पनि प्रवेश गरेको छ । दर्जनौं क्षेत्रमा अडानी समूहको लगानी छ । एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा छन् । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा छन् ।
जापानमा एकै दिन साढे २ लाख सङ्क्रमित थपिए, दुई सय ५१ को मृत्यु
टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।
क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी पुग्यो
ओटावा । क्यानडामा मङ्कीपक्सका बिरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन् । ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् । मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ । रासस