बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन । बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित छन् । यस्तै ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १३५ जना उपचार पछि निको भएका छन् ।  

डब्ल्यूएचओले गर्यो कोरोनाबाट बच्ने उपायको घोषणा, यस्ता छन् तरिका

काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको सूचना निकाल्दै भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय जानकारी गराएकाे छ । हात विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । कुहिनो विश्व स्वास्थ्य सङ्गठनले कुहिनोलाई पनि भाइरस रोक्ने माध्यमका रुपमा लिइएको छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनो, टिस्यु पेपर, रुमाल जस्ता बस्तुको प्रयोग गर्न सकिन्छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोप्दा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुन्छ । कुहिनाको प्रयोग गर्दा अन्य फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको सूचनामा उल्लेख छ । अनुहार भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार हो । विश्व स्वास्थ्य सङ्गठनले विशेषगरी आफ्नो अनुहार, आँखा, नाक र मुखलाई हातले नछुन भनेको छ । हातले धेरै ठाउँमा छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ । यदि अनुहार छुनै परे छुनुअघि हात साबुन पानीले धुन सङ्गठनले आग्रह गरेकाे छ । दुरी विश्व स्वास्थ्य सङ्गठनले अर्को महत्त्वपूर्ण कुरा मानिसबीचको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदम पछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ । हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सूचनामा उल्लेखे छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने सङ्गठनले जनाएकाे छ। महसुस विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

विश्व रुवाउने दर्दनाक भिडियोः जहाँ कोरोनाले मृत्यु भएकी बहिनीको शवसँग भक्कानिन्छन् दाजु

काठमाडाैं ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् । महामारीको रुपमा फैलिरहेको यो भाइरसकै कारण कतिपय आफन्तहरु आफ्नो संक्रमित व्यक्तिको शव पर्खिरहेका हुन्छन् । अझ इटालीमा त दैनिक ६ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ । यस्तै, एउटा भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो भिडियो हो इटालीको । इटालीका एक चर्चित अभिनेता लुका फ्रेंजीले कोरोनाका कारण आफुले भोग्नु परेको दुख भिडियोमार्फत सबैलाई शेयर गरेका छन् । उनले भिडियोमा कोरोनाका कारण बहिनिको अन्तिम संस्कारको लागि कोहि पनि साथ दिन नआएको बताएका छन् । कोरोनाकै कारण सेल्फ आइसोलेसनमा बसेका उनले भिडियोमा कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिनसम्म घरमै राखेको बताएका छन् । उनले बहिनीको मृत्यु भएपछि प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भिडियोमा बताएका छन् । उनले बहिनीको शब देखाउँदै भनेका छन्, ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरी गरुँ ?’ भन्ने प्रश्न गरेका छन् । बहिनीको मृत्यु भएपछि धेरैसँग आफुले सहयोग मागेको तर कोहिले सहयोग नगरेको बताएका छन् । उनले हाल इटालीमा भएको हालतबारे आफुले देखाउन खोजेको भिडियोमा बताएका छन् ।अहिले कोरोना भाइरसले निम्त्याएको विपत र समस्याको बारे बोल्ने मानिसहरुको संख्या सामाजिक सञ्जालमा बढ्दै गएको छ ।