भारतमा काेराेना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो
भारत । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । रासस
बेलायतले आफ्नो पैसामा गोर्खाको तस्वीर राख्ने
लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका छन् । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाए । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।
अष्ट्रेलियामा एकैदिन ५ सय ३६ नयाँ काेराेना संक्रमित भेटिए
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आइतबार एकैदिन ५ सय ३७ नयाँ संक्रमित फेला परेका छन् । याे अष्ट्रेलियामा एकैदिनमा भेटिएकाे हालसम्मकै सबैभन्दा बढि संख्या रहेकाे बताईएकाे छ । यस्तै आइतबार ७ जनाकाे मृत्यु भएसँगै भिक्टोरियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ७७ पुगेकाे छ । हालसम्म अष्ट्रेलियामा १४ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएकाे छ भने ९ हजार १ सय ७० जना निकाे भएर घर फर्किएका छन् । काेराेनाकाे कारण हालसम्म अष्ट्रेलियामा १ सय ७७ जनाकाे मृत्यु भईसकेकाे छ ।