काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री आज पनि आईसीयूमै, अवस्था स्थिर
काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । तर, अहिले उनकाे अवस्था स्थीर छ । प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेकाेले उनलाई भेंटिलेटरमा नराखिएको जनाइएकाे छ। बीबिसी हिन्दी
चीनमा फेरि बढ्यो संक्रमण, पहिलो पल्ट मृत्यु रोकिएपछि फेरि भयो शुरु
काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ६२ नयाँ मामलाहरु अगाडि आएका छन् । यस बाहेक १३७ यस्ता मामला छन् जसको कुनै स्पष्ट लक्षण छैन । यो अघिल्लो दिनको तुलनामा धेरै हो । सोमवार कोरोना भाइरस संक्रमणका नयाँ मामलाहरु ३२ थिए र स्पष्ट लक्षण वाला मामलाहरु चाहिँ मात्र ३० थिए । चीनमा मंगलवार कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भयो जबकि सोमवार पहिलो पल्ट मृत्युको कुनै घटना भएको थिएन । साइघाईमा एक जनाको र हूबे प्रान्तमा अर्को मृत्यु भएको भयो । हूबे प्रान्तमै वुहान शहर पर्दछ जहाँबाट पहिलोपल्ट कोरोना भाइरसको मामला अगाडि आएको थियो । (बीबीसी हिन्दीबाट)
चीनबाट बिदा हुँदै काेराेना, २४ घण्टाभित्र एकको पनि मृत्यु भएन
काठमाडाैं । कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए । चीनमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७४० पुगेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ३३३१ जनाले ज्यान गुमाएका छन् । चीनको सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तमा जनजीवन सामान्य हुन थालेको छ । त्यहाँ लगाइएका अधिकांश प्रतिबन्ध पनि फुकुवा गर्न थालिएका छन् । एजेन्सी