भारतीय अर्बपति गौतम अडानी बने विश्वको तेस्रो धनी
एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १३७।४ बिलियन डलर ९करिब ११ लाख करोड रुपैयाँ० को सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो। अहिले उनी विश्वका धनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा रहेका छन् । विश्वका शीर्ष १० धनीको सूचीमा अडानी एक मात्र भारतीय हुन्। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१।९ बिलियन डलर ९७।३ लाख करोड रुपैयाँ० को कुल सम्पत्तिका साथ ११ नम्बरमा छन्। गत महिना बिल गेट्सलाई पछि पार्दै अडानी चौथो धनी व्यापारी बन्न सफल भएका थिए । उनले बिल गेट्सलाई पछि पारेका छन् । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०।९ बिलियन डलर थपेका थिए । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । अडानीको कुल सम्पत्ति अप्रिल २०२१ मा ५७ बिलियन डलर थियो । १०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । एक वर्ष पहिले, अप्रिल २०२१ मा अडानीको कुल सम्पत्ति छठ बिलियन डलर थियो। सन् २०२१/२२ मा अडानीको सम्पत्ति सबैभन्दा छिटो वृद्धि भएको जनाइएको छ ।
कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु
फोटो एरियाना न्युजबाट । एजेन्सी । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।
स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी
एजेन्सी । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भने, ‘जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।’ ‘आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ’, कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताए। स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।