फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटायो

#gallery-1 { margin: auto; } #gallery-1 .gallery-item { float: left; margin-top: 10px; text-align: center; width: 33%; } #gallery-1 img { border: 2px solid #cfcfcf; } #gallery-1 .gallery-caption { margin-left: 0; } /* see gallery_shortcode() in wp-includes/media.php */ एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् । यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको न्युज फिडमाथिको प्रतिबन्ध फुकुवा भएको वासिङटन पोस्टले लेखेको छ । अस्ट्रेलिया सरकारले ल्याएको नयाँ नितीप्रति असहमति जनाउँदै फेसबुकले गत सातादेखि सेयर गर्ने सेवा बन्द गरेको थियो । सोमबार भएको सम्झौतामा दुबैले मध्यमार्गि बाटो रोजेका हुन् । अष्ट्रेलियाको सरकारसँग छलफलपछि हामी प्रकाशकलाई सहयोग गर्ने समझदारीमा पुगेका छौं । त्यसमा साना तथा ठूला प्रकाशकहरु पनि समाबेश हुनेछन् । फेसबुकका क्याम्पबेल ब्रोनले भनेका छन् । गुगल तथा फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत निश्चित रकम तिर्नुपर्ने मुद्दा अष्ट्रेलियाको सिनेटमा विचाराधीन छ । अष्ट्रेलियाको कानुनमा सहमति जनाएर गुगलले निश्चित रकम तिर्न तयार रहे पनि फेसबुक भने पछि हटेको थियो ।

भारतमा ट्वीटरको विकल्प बन्दै कु एप, छिटै १२ भाषामा उपलब्ध हुने

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ एप प्रयोगमा आएको थियो । गत जनवरी २६ मा भारतको नयाँ दिल्लीमा भएको प्रदर्शनका बारेमा अफवाह फैलाएको आरोपमा भारत सरकारले ट्वीटरलाई केही एकाउन्टहरु बन्द गर्न आग्रह गरेको थियो । भारत सरकारको आग्रहलाई ट्वीटरले पालना नगरेपछि द्वन्द्व बढ्दै गएको थियो । मोदी सरकारले विपक्षी दलका नेता, केही मिडिया तथा पत्रकार लगायतको एकाउन्ट बन्द गर्न आग्रह गरेको थियो । त्यसपश्चात सरकारी तहबाटै ट्वीटरलाई वहिष्कार गर्दै नयाँ एप कु को प्रयोग बढेको थियो । हाल ‘कु’ एप अंग्रेजी सहित पाँच भाषामा उपलब्ध छ । डेभ्लपरले यसलाई १२ वटा भाषामा सञ्चालन गर्न लागेको जि न्युजले लेखेको छ । आत्मनिर्भर एप च्यालेन्ज २०२० बाट सम्मानित भईसकेको कु एप आउने दिनमा विश्व स्तरमै उत्कृष्ट बन्ने जि न्युजले दावी उल्लेख गरेको छ । गत वर्षको मार्चमा यो एपको लन्च गरिएको थियो । भारतीय अधिकारीहरुले खुलेर यस एपको प्रयोग गर्न प्रचारप्रसार गरिरहेका छन् ।

फेसबुक अस्ट्रेलियासँग वार्ता गर्न तयार

एजेन्सी । अस्ट्रेलियाली मिडिया र फेसबुक प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न र पढ्न बन्देज लगाएको एक दिन पछि फेसबुक वार्ताका लागि तयार भएको छ । अस्ट्रेलियाका प्रमुख समाचार आउटलेट नाइन इन्टरटेन्मेन्ट को  र न्युज कोर्प  अस्ट्रेलियासँग वार्ताका लागि तयार भएको हो । मिडियाका विषयवस्तु प्रयोग गरेबापत उचित रकम तिर्न फेसबुक तयार रहेको संकेत देखाएको हो । एक महिना अगाडी अस्ट्रेलिया सरकारले अनिवार्य आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको थियो । उक्त मस्यौदामा व्यावसायिक मिडिया कम्पनीले उत्पादन गरेका समाचार, विषयवस्तु प्रयोग गरेबापत फेसबुक र गुगलले निश्चित रकम भुक्तानी गर्न आदेश दिएको थियो । गत बिहिबार सामाजिक सञ्जाल फेसबुकको निर्णयले अस्ट्रेलियाली प्रयोगकर्ताहरु स्तब्ध भएका थिए । फेसबुकले आफ्नो प्लेटफर्ममा समाचार सेयर गर्न, पढ्न बन्देज लगाएको थियो । यस्तै सरकारका स्वास्थ्य र आपतकालिन फेसबुक पेज बन्द गरिएका थिए । फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफै यो निर्णयमा सरिक भएका थिए । अहिले उनै जुकरबर्ग समाचार संस्थासँग वार्ता गर्न र जरिवाना तिर्न तयार भएको अस्ट्रेलियन मिडिया द सन्डे मर्निङ हेराल्ड ले लेखेको छ । ‘मार्क जुकरवर्गसँग रचनात्मक छलफल भईरहेको छ ।’ अस्ट्रेलियन अधिकारी जोस फ्राइडेनबर्गले द सन हेराल्ड  र द सन्डे एज सँग कुरा गर्दै भनेका छन् । फेसबुकको निर्णयले सरकार र मिडिया उद्योग स्तब्ध भएको थियो । यसअघि गुगलले न्युज कर्प, सेभेन वेस्ट मिडिया, गार्जिनयन अस्टेलिया र साना मिडिया आउटलेट जंकी  जस्ता प्लेटफर्मलाई निश्चित रकम तिर्न सम्झौता नै गरिसकेको छ ।