ह्वाइट हाउसमा मास्क लगाउनु पर्छ, ट्रम्पले भने – मेरो लागि अर्डर नगर
काठमाडौं । ह्वाइट हाउसका दुई जना सहायक काेरोना संक्रमणले सकारात्मक पाए पछि सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ । देशभरी नै काेराेनाकाे संक्रमण बढ्दै गएसँगै ह्वाइट हाउसमा काेराेना देखिए पछि राष्ट्रपति ट्रम्पले सबै कर्मचारीहरूलाई मास्क लगाउनु भनेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको सहयोगी बिरामी हुँदा जारी गरिएको हो । यद्यपी जब राष्ट्रपति ट्रम्प आफैं मास्क ब्रीफिंगका लागि कुनै मास्क बिना नै आइपुगे, प्रश्नहरू उठ्न थाले पछि ट्रम्पले भने सो आदेश पालन गर्नु आग्रह गरेका हुन् भने आफूले माक्स लगाउनु आवश्यक नरहेको बताए । किनभने उनी टाढा थिए । उनले भने, ‘हरेक दिन सयौं व्यक्तिहरु व्हाइट हाउस आउँछन् । मलाई लाग्छ कि हामी संक्रमणलाई रोक्नको लागि राम्रो काम गरिरहेका छौं।’ तीन जना व्हाइट हाउसका कर्मचारीहरू एकान्तवासमा रहेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । त्यस्तै २ लाख ६२ हजार उपचारपछि निकाे भएका छन् । (बीबीसीकाे सहयाेगमा)
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना
भारत । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षको छन् । पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ । यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस/एएनआइ)
अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश
काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् । आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उत्कृष्ट ७ को छनोट गरिएको हो । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले आफूलाई प्रतिस्पर्धा गरेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए । अमेरिकन आइडलमा दिवेशको सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा आफ्नो परिवारसँग बस्दै आइरहेका छन् । उनकाे प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुहाेस् ।