चीनका बैंकहरूले पनि भोग्दैछन् नेपालको जस्तै समस्या, घरजग्गा लिलाम नहुँदा ऋण असुलमा दबाब
काठमाडौं । पछिल्लाे समय ठूलाे अर्थतन्त्र भएकाे देश चीनकाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे छ । लामाे समयदेखि घरजग्गा व्यवसायकाे संकटक सामना गरेकाे चीनकाे उक्त असर अहिले बैंक तथा वित्तीय क्षेत्रमा सरेसँगै अर्थतन्त्र नाजुक बनेकाे हाे । विश्वको दोस्रो ठूलो अर्थतन्त्रबारेमा जुन चिन्ता व्यक्त गरिँदै आएको थियो, त्यो अहिले देखिएको छ । चीनको रियल इस्टेट (घरजग्गा) संकटको असर अहिले बैंकिङ क्षेत्रमा पनि देखिएको छ । चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनीले लगानीकर्ताहरूलाई बिल तिर्न सक्ने अवस्थामा नरहेको समेत बताएको छ कि यसमा ६४ अर्ब अमेरिकी डलरसम्मको दायित्व छ र आफूलाई टाट पल्टिएको घोषणा गरेको छ । चिनियाँ कम्पनीको यस्तो घोषणाले देशको सम्पत्ति ऋण संकट अन्य वित्तीय क्षेत्रमा फैलिने चिन्ता थपिएको छ । रोयटर्सको रिपोर्टअनुसार चीनको कोष व्यवस्थापन कम्पनी झोङझी इन्टरप्राइजेज ग्रुप (जेडइजी) ले तीन दिनअघि आफ्नो अवस्था खुलासा गर्दै कम्पनीसँग ४ खर्ब २० अर्ब युआन वा ६४ अर्ब डलरबराबर दायित्व रहेको बताएको छ, जबकि योसँग २ खर्बको कुल सम्पत्ति छ । लामो समयदेखि ऋण र सम्पत्तिमा फसेको कम्पनीले जनाएको छ । कम्पनीमा तरलता पनि सकिएको छ । कम्पनीले आफ्नो अवस्था पूरै बिग्रिएको जनाएको छ । कम्पनीमा यसको असर भदौदेखि नै देखिन थालेको थियो । जब कम्पनीले अडिटका लागि बिग फोर लेखा फर्महरूमध्ये एकलाई काममा राखेर रणनीतिक लगानीकर्ता खोजेको थियो। त्यो अवधिमा ट्रष्ट कर्पोरेट लगानीकर्ताहरूको भुक्तानीमा चुक्यो । यस कम्पनीले ८७ अर्ब डलरबराबर कुल कोष व्यवस्थापन गर्दछ। यो चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो र यसले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन्छ। यो कम्पनी छाया बैंकिङ क्षेत्रसँग आबद्ध छ । यो ठूलो कम्पनीको ‘दिवालिया’ घोषणापछि छाया बैंकिङ क्षेत्रमा संकट गहिरिएको छ । यसमा देशका मध्यम तथा उच्च मध्यम वर्गीय जनताको लगानी छ, जसले डिफल्ट भए ग्राहकको विश्वास घट्ने र लगानी घट्नुका साथै ठूलो संख्यामा रकम झिक्न पनि सकिन्छ । केही लगानीकर्ताहरू संक्रमणकालमा झोङ्झीको बिग्रिँदै गएको अवस्थाबारे पुनः चिन्ता जागेको छ । यद्यपि, केही विश्लेषकहरू आशावादी छन् कि नियामकहरूले व्यापक परिणामहरू रोक्नका लागि कदम चाल्नेछन् । उल्लेखनीय छ कि चीनको घरजग्गा क्षेत्र केही वर्षदेखि गहिरो संकटमा छ। चीनको अर्थतन्त्रमा यसको २५ प्रतिशत हिस्सा छ, जसका कारण चीनको अर्थतन्त्रमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । धेरै विज्ञहरू भन्छन् कि यो घरजग्गा संकट अन्य धेरै क्षेत्रमा फैलिन सक्छ । एजेन्सीकाे सहयाेगमा ।
हमासले बन्धक बनाएका २४ जना रिहा
तेल अवीव । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा छ, ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन् ।’ इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ । घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर ९५४० र ओहद मोन्डर (९) रहेका छन् । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तरराष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय) बाट लागू भएको थियो । शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भनेका छन्– हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं। त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको ससुरुवात’ भनेका छन् । उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन् । टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ । यद्यपि, गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरूको सानो सङ्ख्या मात्र हो । रासस
चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने
बेइजिङ । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै छन् । कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने उक्त बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएका छन् ।