विश्वकै सबैभन्दा कान्छो अर्बपतिको उमेर मात्र १९ वर्ष, कति छ उनको सम्पत्ति ?

एजेन्सी । अर्बपति बन्नु ठूलो कुरा हो । तर, सानै उमेरमा अर्बपति बन्नु अचम्मको कुरा हो । फोर्ब्स इन्डियाका अनुसार सन् २०२३ मा इटालीका १९ वर्षीय क्लेमेन्टे डेल वेक्चियो विश्वकै कान्छा अर्बपति बनेका छन् । दोस्रो स्थानमा रहेका किम जङ योङ १९ वर्षका भए पनि उनको कुल सम्पत्ति क्लेमेन्टेको भन्दा कम छ । फोर्ब्सले विश्वका १० युवा अर्बपतिको सूची सार्वजनिक गरेको छ । आजका युवा अर्बपतिहरूले साम्राज्य निर्माण मात्र गर्दैनन्, तिनीहरूले भविष्यलाई आकार दिन्छन्  । उनीहरू हामीलाई स्मरण गराउँछन् कि जोस र लगनशीलतासाथ प्रयास गर्दा सपनाहरू साकार हुन सक्छन् । यी हुन् सन् २०२३ का युवा अर्बपति र तिनका कुल सम्पत्ति मूल्य : १. क्लेमेन्टे डेल वेक्चियो, उमेर १९ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर २. किम जङ युङ, उमेर १९ वर्ष सम्पत्ति मूल्य स् १.३ अर्ब अमेरिकी डलर ३. केभिन डेभिड लेहमन, उमेर २१ वर्ष सम्पत्ति मूल्य स् २.५ अर्ब अमेरिकी डलर ४. किम जङ मिन, उमेर २१ वर्ष सम्पत्ति मूल्य स् १.३ अर्ब अमेरिकी डलर ५. लुका डेल भेचियो, उमेर २२ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर ६. अलेक्जेन्ड्रा एन्ड्रेसन, उमेर २७ वर्ष सम्पत्ति मूल्य स् १.५ अर्ब अमेरिकी डलर ७. लियोनार्डो मारिया डेल भेचियो, उमेर २८ वर्ष सम्पत्ति मूल्य स् ३.९ अर्ब अमेरिकी डलर ८. कथरिना एन्ड्रेसन, उमेर २८ वर्ष सम्पत्ति मूल्य स् १.५ अर्ब अमेरिकी डलर ९. रायन ब्रेस्लो, उमेर २९ वर्ष सम्पत्ति मूल्य स् १.१ अर्ब अमेरिकी डलर १०. गुस्ताव म्याग्नर विट्ज़ोर, उमेर ३० वर्ष सम्पत्ति मूल्य स् ३.५ अर्ब अमेरिकी डलर सर्वाधिक धनी कान्छा अर्बपति क्लेमेन्टेको आय स्रोत इटालीको मिलान निवासी क्लेमेन्टे डेल वेक्चियोको आम्दानीको स्रोत चस्मा व्यवसाय हो। फोर्ब्सका अनुसार क्लेमेन्टे विश्वका शीर्ष १० कान्छा अर्बपतिहरुूको सूचीमा शीर्ष स्थानमा छन् । उनी स्वर्गीय लियोनार्डो डेल वेक्चियोका सन्तानमध्ये एक हुन्, जसले २०२२ मा आफ्नो मृत्यु नभएसम्म एस्सिलोर लक्सोटिकाको अध्यक्षका रूपमा सेवा गरे । आफ्नो बुबाको मृत्युपछि उनले लक्जेमबर्गमा आधारित होल्डिङ कम्पनी डेल्फिनमा १२.५ प्रतिशत स्वामित्व प्राप्त गरे । डेल्फिनको पोर्टफोलियोमा एस्सिलोर लक्सोटिका होल्डिङ्समा सेयर, मेडियोबैंका र यूनिक्रेडिट जस्ता बैंक र रियल इस्टेट डेभलपर कान्विवियोजस्ता बैंक समावेश छन् । आफ्नो बुबाको सम्पत्ति विरासतमा प्राप्त गरेपछि, क्लेमेन्टे १८ वर्षको उमेरमा संसारको सबैभन्दा कान्छो अर्बपति बने ।

अमेरिकामा टाटाको टीसीएस कम्पनीलाई झट्का, साढे १७ अर्ब तिर्न आदेश

एजेन्सी । भारतको सबैभन्दा पुरानो व्यावसायिक घराना टाटा ग्रुप समूहको आईटी क्षेत्रको विशाल टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) लाई अमेरिकामा ठूलो झट्का लागेको छ । वास्तवमा, एक अमेरिकी न्यायिक समूह (जूरी) ले टीसीएसलाई २१ करोड अमेरिकी डलरभन्दा बढी वा लगभग १७ अर्ब ५० करोड भारु तिर्न आदेश दिएको छ । तर, रिपोर्टका अनुसार टीसीएस व्यवस्थापनले अमेरिकी जूरीको निर्णयप्रति असहमति व्यक्त गरेको छ । हालैको रोयटर्सको रिपोर्टअनुसार देशको सबैभन्दा ठूलो आईटी कम्पनी टीसीएसले अमेरिकी आईटी कम्पनी डीएक्ससी (पहिले डीएक्ससी बेन्स भनेर चिनिने) कम्पनीलाई टीसीएस बेन्स नामक सफ्टवेयर प्लेटफर्म विकास गर्न भाडामा लिँदा डीएक्ससीको स्रोत कोडको दुरुपयोग गरिएको आरोप लगाइएको छ । यस विषयमा एक अमेरिकी जूरीले टिप्पणी गरेको छ कि टाटा समूहको कम्पनी टीसीएसले अमेरिकी फर्मको स्वामित्वको प्लेटफर्ममा तोडफोड गरेर व्यापारको गोप्य पहुँच प्राप्त गरेको थियो । यसबारे डीएक्ससीले टीसीएस कम्पनीलाई इपिक सिस्टम्सको वेब पोर्टल बिनाअनुमति पहुँच प्राप्त गरेको आरोप लगाएको थियो । यो कुरा चार वर्ष पुरानो हो । सन् २०१८ मा टीसीएसले आफ्नो डिजिटल क्षमता बढाउन ट्रान्सअमेरिकासँग २ अर्ब ५० करोड डलरको सम्झौता गरेको थियो । तर, जुन महिनामा नै ट्रान्सअमेरिकाले चुनौतीपूर्ण अवस्था उद्धृत गर्दै टीसीएससँग १० वर्षको साढे २ अर्ब डलरको सम्झौता तोडेको हो । २०१९ मा डीएक्ससीले केस फाइल गर्दै टीएससीद्वारा नियोजित धेरैजसो भूतपूर्व ट्रान्सअमेरिका र एमएसआई कर्मचारीहरूले आफ्नो सफ्टवेयर प्रयोग गरेर ट्रान्सअमेरिका र एमएसआईमा नीतिहरू प्रबन्ध गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । अमेरिकी जूरीको हालैको प्रतिवेदनमा २१ करोड डलरको भुक्तानीका सम्बन्धमा टीसीएस जूरीको निर्णयसँग सहमत नभएको बताइएको छ । यो घटनाको फैसला अब अदालतमा हुने भएको छ । जसबाट सबै पक्षसँग थप जानकारी माग गरिएको छ । कम्पनीले यस विषयमा कानुनी लडाइँ जारी राख्ने जनाएको छ । टीसीएस टाटा समूहको सबैभन्दा ठूलो कम्पनी हो र यसको व्यापार संसारभरि फैलिएको छ । बजार मूल्यअनुसार मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजपछि यो देशको दोस्रो ठूलो फर्म हो । यसको बजार पुँजीकरण १२६ खर्ब ५० अर्ब रुपैयाँबराबर छ। गत शुक्रबार कम्पनीको सेयर १।५५ प्रतिशतले घटेर ३ हजार ४ सय ५४ रुपैयाँमा बन्द भएको थियो ।

चीनका बैंकहरूले पनि भोग्दैछन् नेपालको जस्तै समस्या, घरजग्गा लिलाम नहुँदा ऋण असुलमा दबाब

काठमाडौं । पछिल्लाे समय ठूलाे  अर्थतन्त्र भएकाे देश चीनकाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे छ । लामाे समयदेखि घरजग्गा व्यवसायकाे संकटक सामना गरेकाे चीनकाे उक्त असर अहिले बैंक तथा  वित्तीय क्षेत्रमा सरेसँगै अर्थतन्त्र नाजुक बनेकाे हाे । विश्वको दोस्रो ठूलो अर्थतन्त्रबारेमा जुन चिन्ता व्यक्त गरिँदै आएको थियो, त्यो अहिले देखिएको छ । चीनको रियल इस्टेट (घरजग्गा) संकटको असर अहिले बैंकिङ क्षेत्रमा पनि देखिएको छ । चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनीले लगानीकर्ताहरूलाई बिल तिर्न सक्ने अवस्थामा नरहेको समेत बताएको छ कि यसमा ६४ अर्ब अमेरिकी डलरसम्मको दायित्व छ र आफूलाई टाट पल्टिएको घोषणा गरेको छ । चिनियाँ कम्पनीको यस्तो घोषणाले देशको सम्पत्ति ऋण संकट अन्य वित्तीय क्षेत्रमा फैलिने चिन्ता थपिएको छ । रोयटर्सको रिपोर्टअनुसार चीनको कोष व्यवस्थापन कम्पनी झोङझी इन्टरप्राइजेज ग्रुप (जेडइजी) ले तीन दिनअघि आफ्नो अवस्था खुलासा गर्दै कम्पनीसँग ४ खर्ब २० अर्ब युआन वा ६४ अर्ब डलरबराबर दायित्व रहेको बताएको छ, जबकि योसँग २ खर्बको कुल सम्पत्ति छ । लामो समयदेखि ऋण र सम्पत्तिमा फसेको कम्पनीले जनाएको छ । कम्पनीमा तरलता पनि सकिएको छ । कम्पनीले आफ्नो अवस्था पूरै बिग्रिएको जनाएको छ । कम्पनीमा यसको असर भदौदेखि नै देखिन थालेको थियो । जब कम्पनीले अडिटका लागि बिग फोर लेखा फर्महरूमध्ये एकलाई काममा राखेर रणनीतिक लगानीकर्ता खोजेको थियो। त्यो अवधिमा ट्रष्ट कर्पोरेट लगानीकर्ताहरूको भुक्तानीमा चुक्यो । यस कम्पनीले ८७ अर्ब डलरबराबर कुल कोष व्यवस्थापन गर्दछ। यो चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो र यसले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन्छ। यो कम्पनी छाया बैंकिङ क्षेत्रसँग आबद्ध छ । यो ठूलो कम्पनीको ‘दिवालिया’ घोषणापछि छाया बैंकिङ क्षेत्रमा संकट गहिरिएको छ । यसमा देशका मध्यम तथा उच्च मध्यम वर्गीय जनताको लगानी छ, जसले डिफल्ट भए ग्राहकको विश्वास घट्ने र लगानी घट्नुका साथै ठूलो संख्यामा रकम झिक्न पनि सकिन्छ । केही लगानीकर्ताहरू संक्रमणकालमा झोङ्झीको बिग्रिँदै गएको अवस्थाबारे पुनः चिन्ता जागेको छ । यद्यपि, केही विश्लेषकहरू आशावादी छन् कि नियामकहरूले व्यापक परिणामहरू रोक्नका लागि कदम चाल्नेछन् । उल्लेखनीय छ कि चीनको घरजग्गा क्षेत्र केही वर्षदेखि गहिरो संकटमा छ। चीनको अर्थतन्त्रमा यसको २५ प्रतिशत हिस्सा छ, जसका कारण चीनको अर्थतन्त्रमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । धेरै विज्ञहरू भन्छन् कि यो घरजग्गा संकट अन्य धेरै क्षेत्रमा फैलिन सक्छ । एजेन्सीकाे सहयाेगमा ।