ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग) प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्,  ‘इरानले अमेरिकालाई सञ्चारमाध्यममा आएका खबरविपरीत हर्मुज स्ट्रेट भएर यात्रा गर्ने जहाजहरूलाई कुनै टोल, बिमा शुल्क वा अन्य शुल्क नलिने जानकारी गराएको छ । ’

साथै उनले अगाडि लेखेका छन्, ‘यदि यो जानकारी गलत साबित भयो भने वार्ता तुरुन्तै अन्त्य गरिनेछ ।’

उल्लेखनीय छ- इरान र अमेरिकाबिच हस्ताक्षर भएको सम्झौताअन्तर्गत ६० दिनसम्म हर्मुज मार्गमा कुनै शुल्क नलिइने उल्लेख छ। 

यद्यपि इरानले यस अवधिपछि ओमानसँगको सम्झौताका आधारमा यसले नेभिगेसन सेवा, सुरक्षा र वातावरणीय संरक्षणका लागि जहाजहरूसँग शुल्क लिइने बताएको छ ।

Share News