फिलिपिन्स आँधीमा परी ४७ जनाको मृत्यु, साठी जना बेपत्ता
एजेन्सी । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् । मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् । मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
टेस्ला माथि आपराधिक अनुसन्धान, ‘अटोपाइलट’ मा घातक र झुटाे विज्ञापन
काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी प्रयोगकर्ताहरुले गरेको दावीका आधारमा यस्तो अनुसन्धान शुरु गरिएको हो । गत वर्ष एक दर्जन भन्दा बढी टेस्लाका गाडीहरु दुर्घटनामा परेपछि अमेरिकी न्याय विभागले अनुसन्धान थालेको थियो । टेस्लाको ड्राइभर सहायता प्रणाली ‘अटोपाइलट’ मा केही घातक बस्तु प्रयोग गरिएको र गाडी दुर्घटनाका बेलामा ती बस्तु सक्रिय हुने गरेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत हप्ता मात्र मस्कले टेस्लामा चाँडै नै “फुल सेल्फ–ड्राइभिङ’’ सफ्टवेयरको अपग्रेड गरिने बताएका थिए । त्यसपछि कानुनको पालना गर्न मात्र गाडीको ड्राभिङ सिटमा मान्छे बस्नु पर्ने तर गाडी गुड्न ड्राइभरको कुनै भूमिका नहुने, कार आफै गुड्ने बताएका छन् । कम्पनीका मालिक तथा प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले टेस्लामा प्रयोग भएको ‘अटोपाइलट’ लाई मानव चालक भन्दा ‘सम्भवतः राम्रो’ भनेर बताएका छन् । सन् २०१६ मा आयोजित टेस्ला मार्केटिङ सम्मेलनमा मास्कले यस्तो व्याख्या गरेको थिए । एलाेन मस्क टेस्ला टेक्नोलोजी स्टेयरिङ, ब्रेकिङ, गति र लेन परिवर्तनहरूमा सहयोग गर्न डिजाइन गरिएको हो तर यसको सुविधाहरूले “गाडीलाई स्वायत्त बनाउन होइन’’ कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । तर टेस्लाले यो पनि भनेको छ कि चालकले आफ्नो हात सधैं स्टेरिङमा राख्नुपर्छ, ताकि सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । न्याय विभागले थालेको अनुसन्धानबारे एलोन मस्कले सञ्चार माध्यमहरुसँग बोल्न मानेका छैनन् । टेस्लाको सञ्चार विभागले सन् २०२० पछि सञ्चार माध्यमले सोधेका जिज्ञासामा जवाफ दिन छोडेको पनि समाचारमा उल्लेख छ । अगस्ट २०२१ मा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले दुर्घटनाहरूको शृङ्खलाको अनुसन्धान पनि खोलेको छ । त्यसमा पनि टेस्लाको अटोपाइलत सिस्टममाथि शंका गरिएको छ । यस वर्षको जुलाईमा क्यालिफोर्नियाको साधन विभागले पनि टेस्लामा अटोपाइलट र पूर्ण स्व–ड्राइभिङ क्षमता छ भनी झूटो विज्ञापन भैरहेको आरोप लगाएको थियो । टेस्लाले उक्त आरोपको विपक्षमा अदालत जाने र त्यसको लागि कागजी प्रमाण जुटाइरहेको बताएको छ ।
अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित हुने
एजेन्सी । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैंकले जनाएको छ । सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ । सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जीडीपी) मा प्रारम्भिक तथ्याङ्क देखाउएको बताइएको छ । विगत एक वर्षमा,मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, विश्व बैंकले थप जानकारी दिएको छ ।