एमबान स्पोट्र्स मिट २०२२ सम्पन्न

काठमाडौं । नेपालमर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर हेल्दी लाइफस्टाइल’ भन्ने नाराका साथ एमबान स्पोट्र्स मिट २०२२ भदौ १७ गते सम्पन्न भएको छ । स्पोट्र्स मिटको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यता भएको थियो । खेल उद्घाटनमा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले अतिथि तथा सहभागिहरुलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए । साथै उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. काप्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपालब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीको पनि सहभागिता रहेको थियो । स्र्पोट्स मिटमा नेपालमर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्रबोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेकोछ । बिभिन्न खेलकुद प्रतियोगिताहरु अन्तर्गत मिति २०७९ भाद्र १७ गते टेबलटेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्तर्गत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उप विजेतामा नागरिक लगानी कोष भएको छ । त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेतामा ग्लोबल आइएमई क्यापिटल भएका थिए । सोहि दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेताकुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए । त्यसै गरी टेबल टेनिस भेट्रान अन्तर्गत भएका प्रतियोगिताहरुमा विजेता र उप विजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए । उक्त स्र्पोट्स मिट अन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिमबीच प्रतिस्पर्धा सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीने आयोजकले जनाएको छ ।

नेपाल मर्चेन्ट बैंकर संघको आयोजना ‘एमबान स्पोर्टस मिट २०२२’ हुने

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पहिलोपटक ‘एमबान स्पोर्टस मिट २०२२’ आयोजना हुने भएको छ । ‘एमबान स्पोर्टस मिट २०२२’ अन्तर्गत विभिन्न विधामा धेरै प्रकारका खेलकुद प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु, नियामक निकाय र सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । आयोजकका अनुसार सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहेर सञ्चालन हुनेछन् । कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने आयोजकले बताएको छ । त्यस्तै फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने आयोजकले जनाएको छ ।

मुस्ताङको लोमन्थाङमा गल्फ प्रतियोगिता

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । ‘यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ’, उनले भने, ‘यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।’ प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बनेका छन् । अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिए । रासस