ईपीएल सुरु, कसले हात पार्ला ५० लाखको पुरस्कार ?
काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सवा १२ बजेदेखि सुरू भएकाे हाे । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेलिरहेका छन् । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएकाे ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएकाे छ । काठमाडौंले टस जितेर बलिङ रोजेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो । इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन् । प्रत्येक टिममा ४–४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।
एचएमडी ग्लोबल काठमाडौंले किंग्स ११ सँग साझेदारी गर्दै
काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग ९ईपीएल० मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ । यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएपनि कोभिड १९ को कारणले यो असोज ९ गते देखि असोज २३ सम्म हुने भएको छ । एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवर केकेएक्सआईसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताए । विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् । केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ । सबै खेलहरु कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ । एचएमडी ग्लोबल फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता हो ।
एनसेल फोरजीका साथ अनलाइनमार्फत हेर्नुहाेस् ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’
काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’को मजा लिन तयार रहनुहोला । भोलि (असोज ९ गते शनिबार) बाट सुरु हुने ईपीएललाई तपाईंले एनसेल फोरजीका साथ अनलाइनमार्फत नै हेर्न सक्नुहुनेछ । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ एनसेलको ईपीएलसँग सम्झौता गरेको छ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास आफुहरुले लिएको एनसेलले जनाएको छ । हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको विषयलाई ध्यानमा राख्दै एनसेलले आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन यो सम्झौता गरेको जनाएको छ । योसागैं क्रिकेट पारखीले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । सन् २०१६ देखि शुरु भएको इपिएल अहिले नेपालको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । य खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी रहेको र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ एनसेलले जानकारी दिएको छ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।