साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै

काठमाडौं । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।

९ बलमा अर्धशतक, दिपेन्द्र सिंह ऐरीले रचे इतिहास

काठमाडौं । ९ बलमा अर्धशतक हान्दै दिपेन्द्र सिंह ऐरीले विश्व किर्तिमानी कायम गरेका छन् । चीनमा जारी १९औँ एसियाली खेलको बुधबार भएको खेलमा मंगोलियाविरुद्दको खेलमा उनले ९ बलमा ५० रन पुरा गरेका हुन् । ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले विश्वकिर्तिमानी कायम गरेका छन् । नेपालले मंगोलिया विरुद्द २ सय ७३ रनको कीर्तिमानी जित निकालेको छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले ३१५ रनको लक्ष्य दिएको थियो । कुशल मल्लले पनि विश्वकिर्तिमानी गरेका छन् । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।  

मंगोलिया विरुद्ध नेपालको किर्तिमानी जित, बने तीन रेकर्ड

काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो ।