एशियाली शारिरीक सुगठन प्रतियोगिता भदौ १५ गते हुने, २५ मुलुकको सहभागिता
काठमाडौं । एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ हुने गते भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो । उक्त प्रतियोगितामा हालसम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेका छन् । एशियाली मुलुकहरुले भाग लिने उक्त प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा हुनेछ । एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ । एक बिधाको खेलमा भने महिला र पुरुष दुबैपक्षलाई समावेस गराईने छ । प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ । महासंघले आयोजना गर्न लागेको यस कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ ।
सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान नजाने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्यानले लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको हो । आगामी भदौ १३ गतेदेखि पाकिस्तानमा हुँदै गरेको एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । मुद्दाका कारण लामिछाने सो टीमसँग मंगलबार नजाने टीमका व्यवस्थापक प्रदीप मजगयाले सम्मेलन मार्फत जानकारी गराए ।
नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, साढे ५३ करोड खर्च
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद सकिएको करिब १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार त्रिपुरेश्वस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सदस्यसचिव टंकलाल घिसिङले बताए । नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो । निर्वाचन र सरकारद्वारा विनियोजित रकम रोक्का हुनु लगायतका कारणले समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलो भएको बताएको । नवाैं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड १० लाख बजेट विनियोजन गरेको थियो । राखेपले आफ्नै स्रोतबाट ५१ लाख ५२ हजार सात सय रकम खेलकुदका लागि छुट्टयाएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सबै रकम खर्च नभएको र बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको घिसिङले बताए । राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उनले बताए । खेल आयोजना हुनुभन्दा एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पारिने उनले बताएका छन् । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।