काठमाडाैं । नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता – २०८० अन्तर्गत बिहीबार ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर बीच भएको लिग चरणको खेलमा ०-११ गोलले लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर विजयी भएको छ।
जसमा लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरका खेलाडी कृयुष डंगोल २ गोल, प्रसुन तुलाधर ३ गोल, ओस्कर लामा २ गोल, अनमोल सुब्बा १ गोल, निश्चल नेपाली १ गोल, शिलभम मगर १ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो ।
त्यसैगरी बिहीबार नै भएको दोश्रो खेलमा नेपाल पुलीस स्कुल, सागाँले काव्या स्कुल, बुद्धनगर काठमाण्डौलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । नेपाल पुलीस स्कुल, सागाँको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले १/१ गोल गरेका थियो ।
आजको भएको खेलमा लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरका उत्कृष्ट खेलाडी प्रशुन तुलाधरलाई म्यान अफ द म्याच घोषित गरी विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरेका थिए भने दोस्रो खेलमा नेपाल पुलीस स्कुल, सागाँका प्रशान्त मोक्तान म्यान अफ द म्याच घोषित भई सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले ट्रफी प्रदान गरेका थिए ।
शुक्रबार निम्न खेलहरू हुने आयोजकले जनाएकाे छ :
१. हारती शिक्षा मन्दिर सितापाईला, विरुद्ध राई स्कुल, नक्साल
२. ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ, काठमाण्डौ विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकी
३. मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, विरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क)