म्याराडोनाले भने-‘अब अर्जेन्टिनाको प्रशिक्षक मै बन्छु’
काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा दाजुभाई म अझै अर्जेन्टिनाको प्रशिक्षक बन्न सक्छु र दाबेदार पनि हुँ, म सम्झन्छु जब मैले खेलेको, मलाई अझै पनि त्यो शक्ति कायमै छ । तर मलाई किन कसैले पनि बुझ्न चाहदैनन् । मलाई धेरै दुख लागेको छ ति पत्रकार जसले मलाई प्रशिक्षकको सूचिमा राखेनन्, म उनिहरुलाई भन्न चाहान्छु हामी अर्जेन्टाइन हौं ।” म्याराडोनाले सन् २०१० को विश्वकप खेलाएका थिए । अफ्रिकामा भएको प्रतियोगितामा अर्जेन्टिना जर्मनीसँग ४ गोल खादै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । हाल म्याराडोना बेलारुसको डाइनामो फुटबल क्लबसँग ३ वर्षे सम्झौता गरेका छन् ।अर्जेन्टिनाको फुटबल एशोसिएसनले जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।
आशुतोष ध्वजुले जिते क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि
काठमाडौं । शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फष्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवाश कटुवाल भएका छन् । नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ । नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिडेका थिए । पहिले नै यस्तै प्रतियोगितामा भाग लिइसकेका वा अन्य कुनै अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरु मात्र नेसनल च्याम्पियनसिपमा सहभागी हुन सक्ने प्रावधान थियो । त्यसैगरी नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए । पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाहरु बीचमा यस प्रकारको बाइक रेसिङ प्रतियोगिता गराइएको थियो । यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो । विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए । विजयी प्रतियोगीहरुलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपाने लगायतले पुरस्कार वितरण गरे । उक्त च्याम्पियनसिपमा २५० सीसी सम्मका डर्ट बाइकहरु कुँदाइएको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।
तस्विरमा महिला पत्रकारको फुटबल क्रेज
काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्धारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २-१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि उचाल्दै प्रिन्ट मिडिया विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । जितपछिको उमंग- प्रिन्ट मिडिया विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका छन् । खेलाडीहरू सँग खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरेका छन् । खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्सहानस्वरुप १० हजार रुपैयाँ महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरेका छन् । फुटवल क्याप्टेन उपाधि उचाल्दै चमिना भट्टराई नियमानुसार एकपटक खेलाडी परिवर्तन भएर मैदानबाट बाहिर निस्किएका खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन, तर महिला पत्रकार बाहिर निस्केको केहीबेरमै मैदान प्रवेश गर्न पाउनुपर्यो भन्दै रेफ्रीलाई दबाब दिएको दृश्य हेर्न लालयीत हुन्थ्यो । अर्कोतर्फ जब खेलाडी परिवर्तन गर्न खोज्यो खेलाडी बाहिरै आउन नमान्ने दृश्य झनै रोचक थियो । झनै प्रिन्ट मिडियाद्वारा पराजित भएपछि रेडियोका खेलाडीले मैदानमै देखाएको व्यवहार लाजमर्दो नै थियो । पराजय भएपछि उनीहरु रेफ्री र अफिसिलमाथि आइलागेका थिए । तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले शनिबारको खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् । तर कतिपयले सम्झाउँदासमेत नमानेको उनको भनाइ छ । उत्कृष्ट गाेलकिपर- बिजु मर्हजन भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।” त्यस्तै कारोबारकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।” अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।