सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’
काठमाडौं । शंकरदेव कलेजले आयोजना गरेकाे ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट २०१९’ को उपाधि नेपाल कमर्श क्याम्पस(एनसीसी)ले हात पारेको छ । मुलपानी किक्रेट मैदानमा शुक्रबार(आज) भएको अन्तिम खेलमा सेन्ट जेभियरर्स कलेज (एसएक्ससी)लाई हराउँदै एनसीसीले उपाधि आफ्नो पक्षमा पारेको हो । टस जितेर बलिङ रोजेको एनसीसीले १७ ओभरमा जम्मा ४ विकेट गुमाएर १४० रनको टार्गेटलाई पुरा गरेको हो । उता सेन्ट जेभियरर्सले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । जुन एनसीसीले १७ ओभरमै सजिलै १४० रनको टार्गेटलाई मिट गरी खेल जितेको छ । जितसँगै एनसीसीले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता अर्थात रनरअप बनेको सेन्ट जेभिएरर्सले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै, प्रतियोगिताको ‘म्यान अफ द मेडल’ एनसीसीका कप्तानसमेत रहेका दिपेन्द्र मैनालीले जितेका छन् । मैनालीले ट्रफी सहित सपिङ भौचर र स्पेशल फुडको कुपन प्राप्त गरेका छन् । यस प्रतियोगिता गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । जसमा ७ कलेजका खेलाडीहरु सहभागी भएका थिए ।
सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’
लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी
डिसहोमको सहकार्यमा बैशाख २८ गते रेस्लिङ च्याम्पियनसिप हुने
काठमाडौँ । रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागी हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८-२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडाँै र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।