मड्रिड छोडेपछि इटालीको यस्तो घरमा बस्नेछन्, क्रिस्टियानो रोनाल्डो (फोटोसहित)

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि युभेन्टसले रोनाल्डोको लागि १ सय मिलियन युराको प्रस्ताव गरेको थियो । रोनाल्डोका एजेन्टले पनि युभेन्टस्को पदाधिकारीहरुसँग लगातार छलफल गरिरहेको समाचार बाहिर आएपछि रोनाल्डो युभेन्टस् जाने निश्चित जस्तै भएको हो । २०१८ ०१९ को च्याम्पियान्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो बालोन डि ओरको प्रमुख दाबेदार हुन् । रोनाल्डो युभेन्टस् जाने भएपछि रियल मड्रिडमा भने नेइमार जुनियर ल्याउने तयारी भएको छ । यसका लागि मड्रिडले पिएसजी सामू ३१० मिलियन युरोको प्रस्ताव गरिसकेको छ । यस्तो छ इटालीमा रोनाल्डो बस्ने घरको फोटो

विश्वकपमा बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।

चटकी नेइमारलाई रियल म्यड्रिडको ३१० मिलियन युरो अफर, छोड्लान पिएसजी ?

काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो । स्पेनिस टेलिभिजन टिभिइलाई उद्रित गर्दै नेइमारलाई अहिलेसम्मकै धेरै रकम प्रस्ताव गरेको गोल डटकमले जनाएको छ । नेइमार गत अगस्ट २०१७ मा पिएसजीले २ सय २२ मिलियन युरो तिर्न तयार भएपछि बार्सिलोनाका खेलाडी सेमियोडोसँग झगडा गर्दै फ्रान्स हानिएका थिए । पिएसजीमा आशातित सफलता हासिल गर्न नसकेका नेइमार घाइते भई खुट्टाको अप्रेशन गरी विश्वकपमा फर्किएका छन् । उनलाई बार्सिलोना छोड्न उनको बाबुले निकै बल गरेका थिए । उनको आमाले सार्वजनिक रुपमै आफ्नो छोरो रियल म्यड्रिडबाट खेल्ने बताइसकेकी छिन् । नेइमार बेच्ने नबेच्ने पिएसजीका मालिक नासिर अल खेलाफीको हातमा रहेको छ । पिएसजीसँग १९ वर्षका स्टार एम्बाप्पे रहेकाे छ ।  ठूलो अफरलाई उनले स्वीकार गर्न सक्ने अन्तराष्ट्रिय मिडीयाहरुले जनाएका छन् । खेलाफीले एम्बाप्पेलाई किनेको १ सय ८० मिलियन युरो समेत तिरेका छैनन् । नेइमार अहिले उच्च फर्ममा रसियामा विश्वकप खेलिरहेका छन् । तर उनको शारिरिक भाषालाई आधार मानेर चर्को आलोचकहरुले चर्को आलोचना गरेका छन् । उनी कोस्टारिकालाई हराएपछि मैदानमै रोएका थिए । मेक्सिकोसँगको खेलमा पनि उनी ठुलै घाइते भएझै आत्तिएर मैदानमा पछारिन्थे । मेक्सिकोको खेलाडीले खुट्टामा टेकेपछि उनी छटपटाउँदै मेडीकल टोली बोलाएको थिए । तेती मात्र नभएर रेफ्रीले भिडियो रेफ्रीको समेत सहायता लिएका थिए । तर त्यहा कुनै फल थिएन । तर फुटबल पण्डितहरु भने नेइमारले गरेको चटकी नै मेक्सिकोलाई हराउने आधार भएको बताउँछन् । मेक्सिको विरुद्ध १-० को अग्रता लिएपछि उनले गरेको समय बर्बादले ब्राजिलियन टोलीलाई फाइदा पुगेको थियो । अब सेमिफाइनलको लागि ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।