एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गर्यो
काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो । यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य सहरहरुमा गरको थियो । यसमा पूर्व फुटबल खेलाडिहरुसँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरुसँग हेरेको थिए । एलजीले राजु काजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको छ । उनीहरुको फुटबलमा नेपालप्रति योगदान गरेकोमा उनीहरुलाई सम्मान गरेको हो । साथै, यस कार्यक्रममा दुई जना बम्पर विक्लि ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएका छन् ।
‘अब पैसाको लागि टाउको बेच्दिन’: नेइमार जुनियर
काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेइमार जुनियरले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएजी) नछोड्ने बताएका छन् । किर्तिमानी मूल्यमा रियल म्याड्रिड जाने हल्ला चलेपछि नेइमारले पिएसजी नछोड्ने बताएका हुन् । म्यड्रिडले क्रिष्टियानो रोनाल्डो बेचेपछि नेइमार किन्ने तयारी गरेको थियो । उनका लागि रियलले किर्तिमानी ३१० मिलयन युरो प्रस्ताव समेत गर्ने तयारी गरेको थियो तर नेइमारले सबै कुरा झुटो भएको दाबी गरेका छन् । नेइमारले फक्स स्पोर्टसँग कुरा गर्दै भनेका छन् -‘मेरो पिएसजी छोड्ने कुनै प्लान छैन किनकी मसँग अझै ४ वर्षको सम्झौता रहेको छ । जति कुरा बाहिर आयो त्यसमा सत्यता छैन यो सबै मिडियाको हो-हल्ला मात्र हो । चुनौतिहरु अझै बाँकी छन्, मैले उच्च गोलकर्ताको रुपमा आफ्नो नाम लेखाउनु छ । म अब टाउको फेर्न सक्दिन चाहे जुनकुनै वस्तुसँग, मलाई विश्वास छ, यो सिजन मेरो निकै सफल सिजन हुनेछ । मैले यो भनिरहदाँ पिएसजीका मिडियाहरु रमाइरहेका छन् । यो कुरा सबैलाई थाहा छ म पिएसजीप्रति कति गम्भिर छु ।’ उनले थपेका छन् -‘भर्खरै विश्वकप जितेर आएका केलियन एम्बाप्पेलाई बधाई दिन चाहान्छु । जो सर्वोकृष्ट युवा खेलाडी बनिसकेका छन् । उनीसँग म प्रत्येक दिन भेट्दा उनमा नयाँ क्षमता म देख्ने गर्छु । नेइमार २२२ मिलियन युरोमा एक वर्षअछि पिएजी गएका थिए ।’
१९ वर्षमै विश्वकप ट्रफी उचालेका एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढ्यो, चुनौति दिदैं पाउलो डिबाला
काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले निकालेको प्रतिवेदन अनुसार सन् २०१७ एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढेको हो । पिएसजीबाट व्यवसायीक खेल खेल्दै आएका एम्बाप्पे विश्व सर्वोकृष्ट खेलाडी घोषणा भैसकेका छन् । दोस्रो नम्बरमा मोहोम्मद साला परेका छन् । उनको मूल्य २७ मिलियनबाट बढेर १५० मिलियन पुगेको छ । तेस्रो नम्बरमा ह्यारी केन पर्दा चौथो नम्बरमा बेल्जियमका केभिन डे ब्रुने परेका छन् । पाचौं नम्बरमा ब्राजिलका फिलिपे कौटिन्हो, छैंटौमा क्रोयोसियाका साभिक सातौंमा नेइमार जुनियर, आठौंमा डेलि अलि नावौं स्थानमा अर्जेन्टिनाका पाउलो डिबाला रहँदा दशौं स्थानमा ग्रबियल जिसस परेका छन् । २४ वर्षिया पाउलो डिबालाको मूल्य १६ देखि ७० मिलियन युरो बढाएकाे छ । उनी एम्बाप्पेपछिको मूल्य बढ्नेमा दोस्रो कान्छो खेलाडी हुन् । यसैगरी आफ्नो मूल्य बढाउनेहरुमा लियोनल मेसि, रार्सफोर्ड, इडेन हाजार्ड, माउरो इकार्डी, थोमस लेमार, लाउरे साने, रोमेलु लुकाकु, मार्को एसेन्सियो र ओसामाने डेम्बेले रहेका छन् ।