फुटबलप्रेमीका लागि दुःखद खबरः ब्राजिलका १० फुटबल खेलाडीको मृत्यु
रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ । रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो । रासस/एएफपी
चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी
काठमाडौँ । एकजना स्वयम् सेवक प्रशिक्षकले रौतहटको चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न थालेका छन् । सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक पहाडीले विगत १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । उनले नियमित प्रशिक्षणको अलावा जिल्लाका बिभिन्न किसिमका प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् । स्वयम् सेवक प्रशिक्षक पहाडीको नेतृत्व र बिभिन्न संघ संस्थाको सहयोगमा आउँदो फागुन १६, १७ र १८ गते चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न लागिएको छ । प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र नेपालका सात प्रदेश र तीन बिभागीय टिमको सहभागिता रहने पहाडीले बताए । पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ । जिल्लामा राखेपको प्रशिक्षक नभएपनि पहाडीले प्रशिक्षण गराएका खेलाडीले प्रदेश नम्बर २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय जिल्लाका खेलाडीले म्याटमा प्रशिक्षण लिने गरेका छन । यसरी नियमित म्याटमा प्रशिक्षण लिने प्रदेश २ को यही जिल्ला मात्र हो । अन्य जिल्लासँग म्याट छैन । राखेपले आयोजना गर्ने विभिन्न प्रतियोगितामा स्वयंसेवक प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरूले भाग लिने गरेका छन । पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ । प्रशिक्षणमा साना स्कुले बालबालिका समेत आउने गर्छन् ।
‘एन आईसी एशिया रन फर हेल्थ’ विराटनगरमा सम्पन्न
विराटनगर । एनआई सी एशिया बैंक लिमिटेडको विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ”दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेत सहभागि थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरप्रदान गरिएको थियो ।