मन्त्रीपरिषद्को तेस्रो पटक विस्तार, नयाँ मन्त्रीहरूको शपथ आज
काठमाडौं । मन्त्रीपरिषद्को तेस्रो विस्तारबाट थपिने चार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार शीतल निवासमा साँढे २ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ समारोहको तयारी भइरहेको सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । नयाँ मन्त्रिपरिषद् विस्तारमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता समावेश भएको प्रधानमन्त्री सुशिला कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिए । यसअघि प्रधानमन्त्री कार्कीले भदौ २७ गते शपथ लिएकी थिइन् । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक असोज ३० मा रामेश्वर खनाल, ओम अर्याल र कुलमान घिसिङले मन्त्रीको शपथ लिएका थिए । यसैगरी, असोज ९ गते कार्की नेतृत्वको सरकार दोस्रो पटक विस्तार भएको थियो । त्यसपछि अन्तरिम सरकार ९ सदस्यीय बनेको थियो । आइतबार ३ सदस्य थपिएसँगै कार्की नेतृत्वको मन्त्रीपरिषद् १२ सदस्यीय हुनेछ ।
नेपालको अमेरिकाविरुद्ध फिल्डिङ गर्ने निर्णय, कप्तान रोहित पौडेलले जिते टस
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङको विकल्प चयन गरेका छन् । यस निर्णयसँगै नेपाल आफ्नो बलियो खेल प्रदर्शन गर्न चाहन्छ । आइतबार नेपालले देखाउने खेल कौशलले आगामी विश्वकप क्वालिफाइङ चरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल लिग २ मा १६ खेलमा १२ अंक सहित सातौँ स्थानमा रहेको छ । नेपाल यो सिरिजमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा माथि उक्लिन चाहन्छ । अमेरिकासँगको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । यस सिरिजमा नेपालको आगामी रणनीति बलिङ र फिल्डिङको उत्कृष्टतामा आधारित हुने भएकाले कप्तान पौडेलले टोलीलाई आत्मविश्वासका साथ मैदानमा उतार्ने विश्वास गरेका छन् । नेपालका केही प्रमुख क्रिकेटरहरू पनि उत्कृष्ट फर्ममा रहेका छन् । युएईको उष्ण वातावरणमा राम्रो खेल देखाउनका लागि खेलाडीहरूले कडा मेहनत गरेकाले यो खेल नेपालको पक्षमा पार्न सकिने विश्वासमा कप्तान रोहित रहेका छन् ।
मन्त्रिपरिषद् विस्तार हुँदै, ४ जना नयाँ मन्त्री थपिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।