ड्युटीकै क्रममा बेहोस भएका प्रहरी खत्रीको मृत्यु

काठमाडौं । कालीकोटमा ड्युटीकै क्रममा एक प्रहरीको मृत्यु भएको छ । सोमबार कालीकोट खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको मृत्यु भएको हो ।

ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएका र तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत्त घोषणा गरेको कालीकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गणेश ज्ञवालीले जानकारी दिए । 

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर- २ स्थायी घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी रहेको थियो । तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा उनलाई खटाइएको थियो ।

Share News