दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६ अंकले घटेर २३७.७७ विन्दुमा कायम भएको छ। नेप्सेका अनुसार आज ३३५ कम्पनीको ९७ हजार ४० पटक कारोबारमा २ करोड १० लाख ८७ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । ५१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हाे ।  दोस्रो धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, रिदी पावर कम्पनीको ३८ करोड १४ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३६ करोड ८२ लाख रुपैयाँ र खाँखु खोलाको ३१ करोड ४६ लाख रुपैयाँको  कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । शुक्रबार दुई उपसूचक बढेको छ भने बाँकी घटेका छन् । जलविद्युत ०.०८ र उत्पादन १.५९ प्रतिशतले बढेको छ । बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, म्युचल फण्ड ०.४९, निर्जीवन बीमा ०.४८, अन्य १.३९ र व्यापार १.०६ प्रतिशतले घटेको छ । आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्टका लगानीकर्ताले १० प्रतिशतको दरले कमाएका छन् । त्यस्तै रिज लाइन इनर्जी, शिखर पावरका लगानीकर्ता ९.९९ प्रतिशतले कमाएका छन् ।

८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८ अंकले बढेर २८५१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३३८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावरको भएको छ । नेसनलको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको ४१ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड र एसवाई प्यानलको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, रिलाइन्स स्पिीनिङ, भुजुङ हाइड्रो, रिडिज लाइन र सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।        

सिद्धार्थ बैंकका संस्थापक अग्रवाल र केडिया बाहिरिने, बिक्रीमा राखे सेयर

काठमाडौं । सिद्धार्थ बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जगदिश कुमार अग्रवाल र सुबोध कुमार केडियाले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् ।  बैंकका अनुसार अग्रवालले आफ्नो नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र केडियाले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।  खरिद गर्न इच्छुक लगानीकर्ताहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधि भित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।